20220519

बिष्फोटन गराई आतङ्क मच्चाउने ४ जना ब्यक्तिहरु पक्राउ



 सडकमा LPG सिलिण्डर बिष्फोटन गराई आतङ्क मच्चाउने गिरोहमा संलग्न ४ जना ब्यक्तिहरु पक्राउ परेको नेपाल प्रहरीले पुस्टि गरेको छ । नेपाल प्रहरिको केन्द्रिय समाचार कक्षका अनुसार मिति २०७९।०१।३० गते स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा अं. ०२:०० बजेको समयमा का.जि.का.म.न.पा वडा नं. ३१ स्थित नयाँ बानेश्‍वरबाट तीनकुनेतर्फ जाने सडकखण्डमा अज्ञात ब्यक्तिहरुद्वारा LPG सिलिण्डरमा आगो लगाई विष्फोटन गराउन लागेको सूचना प्राप्‍त हुन आएको र तत्कालै प्रहरी बृत्त नयाँ बानेश्‍वरबाट प्रहरी निरीक्षकसहितको प्रहरी टोली परिचालित भएकोमा प्रहरी टोली पुग्नु भन्दा केहि मिनेट मात्रको अन्तरालमा आगो लगाइएको उक्त LPG सिलिण्डर बिष्फोटन भएको, प्रहरी टोली ठूलो क्षति हुनबाट जोगिएको थियो । बिष्फोटन गराउने कार्यमा संलग्न ब्यक्तिहरु भागी फरार भएका थिए ।

प्रहरी भन्छ : 

बिष्फोटनबाट B. K. Complex मा रहेको दृष्टि आँखा केन्द्र लेखिएको भवन तथा Shine Global Educational Consultancy रहेको घरको शिशा फुट्न गई क्षति भएको ।

राजधानी काठमाण्डौमै बिष्फोटन गराई मुलुकभर आतङ्क फैलाई सोही दिन हुन गई रहेको स्थानीय निर्वाचनलाई अवरुद्ध पार्ने दुषित मनसाय ‘Malafide Intention’ सहितको कार्यमा संलग्न ब्यक्तिहरुको पहिचान तथा खोजतलासको लागि उपत्यकामा बिशेष प्रहरी टोली संलग्न ‘Operation Eco Sierra’ परिचालन गरिएको ।

अनुसन्धानका बिविध बिधि तथा प्रविधिहरुको प्रयोग गरी सुक्ष्म अनुसन्धान गर्ने कार्यमा संलग्न प्रहरी टोलीद्वारा उक्त बिष्फोटन कार्यमा संलग्न निम्न लिखित ब्यक्तिहरुलाई निम्न लिखित दशीसहित पक्राउ गरिएको ।

निम्न:

(क) पक्राउ परेका ब्यक्तिहरु:

१. जिल्ला गोरखा, लखन गा.पा वडा नं.५ घर भई हाल का.जि. कपन बस्ने दुर्गा बहादुर थापाको नाति, धन बहादुर थापाको छोरा वर्ष  २९ को हरि कृष्ण थापा ।

२. जिल्ला काभ्रे, तेमाल गा.पा. वडा नं.९ घर भई हाल जि. ललितपुर, महालक्ष्मी न.पा. वडा नं. ५ टिकाथली बस्ने विष्णु बहादुर श्रेष्ठको नाति, गणेश बहादुर श्रेष्ठको छोरा वर्ष २८ को करण श्रेष्ठ ।

३. जिल्ला भोजपुर, राम प्रसाद राई गा.पा. ६ घर भई हाल जि. भक्तपुर, चागुनारायण न.पा. १ दुवाकोट बस्ने सम्शेर बहादुर थापाको नाति, गोविन्द बहादुर थापाको छोरा वर्ष २८ को युवराज थापा ।

४. जिल्ला खोटाङ कोटेहाङ गा. पा. वडा नं. ८ घर हुने बर्ष ३६ को बि. के. सिं भन्ने भरत कुमार राई । 

द्रष्टब्य:

 निज भरत कुमार राई उपर यस अघि समेत बिभिन्न मितिमा हातहतियार खरखजना, बैकिङ कसूर तथा कर्तव्य ज्यान मुद्धामा पक्राउमा परी कारवाही भएको,

  Social media मा Face Book ID Communist Party of Nepal Xian रहेको,

   पछिल्लो समयमा निज राईद्वारा मिडियाको आवरणमा छद्मभेषी स्वरुप (disguise) धारण गरी जनताको सुसुचित हुन पाउने अधिकारलाई तोडमरोड (distort) गरिनुका साथै छुट्टै समूह बनाई बिष्फोटनमार्फत सर्वसाधारण जनतामा डर, त्रास फैलाई स्थानीय तहको निर्वाचन बिथोल्ने र भुमिगत गिरोहको नाममा जनतामा आतङ्क मच्चाई आर्थिक उपार्जन गर्ने कुत्सित उद्देश्य रहेको खुल्न आएको । 

(ख) बरामद दशीहरु:

१. घटनास्थलबाट नेपाल कम्युनिष्ट पार्टी (सिवादी) लेखिएको पर्चा, पम्प्लेट, LPG सिलिण्डर बिष्फोटन पश्‍चात भएको टुक्राहरु, कालो रातो कपाससहितको डसनाको टुक्राहरू ।

२. बिभिन्न कम्पनिका मोबाइल थान-८ ।

३. युवराज थापाको डेरा कोठाबाट नेपाल कम्युनिष्ट पार्टी (सिवादी) लेखिएको पर्चा पम्प्लेट लगायतका बिभिन्न कागजात ।

४. बि.के. सिं भन्ने भरत कुमार राईको साथ तथा डेरा कोठाबाट  बरामद:

 बा २२ प २४१९ न को रातो स्कुटर थान-१ ।

 ल्यापटप थान-१ ।

 कम्प्युटर CPU थान-१ र मनिटर थान १ ।

 क्याननको क्यामेरा थान-१ र क्यामेराको ट्राइपट थान २ 

 माइक्रोफोन थान- ५ । 

 कम्ब्याट ज्याकेट थान-१, कम्ब्याट झोला थान १, कम्ब्याट टोपी थान-१ र हरियो रंगको रेनकोट १ जोर ।

 काठमाण्डौ भ्यालीको नक्शा थान-१ ।

 प्रेष लेखिएको ज्याकेट थान-१ ।

 नेशनल लिडर पार्टी सिवादी लेखिएको परिचय पत्र झुण्ड्याउने  डोरी थान-२० । 

 हँसिया हथौडा अंकित रातो झण्डा थान-५ ।

 नेकपा सिवादी केन्द्रीय समिति लेखिएको रातो ब्यानर थान-१ ।

 बिभिन्न किसिमका रबर स्ट्याम्पहरु थान-२४ । 

 नक्कली प्लाष्टिकको पेस्तोल थान-२ ।

 प्रमोसन मास मिडियाको बोर्ड थान-१ र ऐ. को फ्लेक्स प्रिन्ट थान-५ । 

 सहि र सक्षम राष्ट्र सेवकको खोजी लेखिएको ब्यानर थान-१ ।

 PM TV लेखिएको फ्लेक्स ब्यानर थान-१ ।

 सियान इन्भेष्टमेन्ट कम्पनि लेखिएको रसिद प्याड-९ ।

 प्रमोशन मास मिडिया प्रा.लि लेखिएको रसिद प्याड-८ ।

 लाइफ एकेडेमी इन प्रा. लि. लेखिएको रसिद प्याड-१५ । 

 योङ होटल एसोसियसन नेपाल लेखिएको रसिद प्याड-२ लगायत बिविध कागजात ।

उक्त घटनामा प्रकरण (ख) मा बरामद दशीसहित प्रकरण (क) मा पक्राउ परेका ४ जना ब्यक्तिहरु उपर मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-७, बिष्फोटक पदार्थ सम्बन्धी दफा १४१ को कसूरमा सम्मानीत काठमाण्डौ जिल्ला  अदालतबाट दिन-७ को म्याद थप अनुमति लिई प्रहरी बृत्त नयाँ बानेश्‍वरबाट थप अनुसन्धान कार्य भई रहेको ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक