20221217

नेपालको प्रधानमन्त्री कसलाई बनाउने भन्ने आदेश दिल्लीबाट आउँछ, नेपालको राजधानी काठमाडौं नभई दिल्ली : नारायणमान बिजुक्छे

 
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेंले नेपालको प्रधानमन्त्री कसलाई बनाउने भनेर दिल्लीबाट आउने बताएका छन् । अध्यक्ष बिजुक्छेंले नेपालको राजधानी काठमाडौं नभई दिल्ली भइरहेको बताए । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको शनिबार भएको नयाँ भवन उद्घाटन कार्यक्रममा उनले स्थानीय निकायलाई स्वायत्तता र विकेन्द्रिकरणको अधिकार दिने हो भने प्रदेश सरकारको आवश्यकता नरहेको बताए । दुर्गम ठाउँहरुमा स्थानीय निकायलाई अधिकार सम्पन्न बनाई सक्रिय रुपमा काम गर्न सकेको खण्डमा केन्द्र सरकारले गर्नुपर्ने आधा काम सम्पन्न हुने उनको भनाई थियो ।


देशको परिस्थिति निकै विकराल बन्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले भारतको प्रभाव नेपालमा बढिरहँदा नेपालको अवस्था झन् झन् नाजुक बन्दै गएको बताए ।


नेपालमा दिल्लीको प्रभाव बढ्दै जाँदा नेपालमा राजनीतिक अस्थिरता बढ्दै गएको बताउँदै अध्यक्ष बिजुक्छेंले नेपालमा रसायनिक मल कारखाना स्थापना गर्न पनि भारतकै सहयोगमा हुनुपर्ने अवस्था आउनु देशको लागि घातक भएको बताए ।


न्याय प्रशासनलाई राजनीतिबाट अलग राख्ने कुरा आफैमा गलत भएको औंल्याउँदै उनले नेपालको कार्यपालिका र विधानपालिकामासमेत भारतको छायाँ परेको हुँदा संघर्षको निम्ति देशभक्त जनता एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक