20230710

मकवानपुरको मनहरी गाउँपालिकामा दुईवटा ट्रक एकआपसमा ठोक्किएर आगलागी हुँदा ३ जनाको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिकामा दुईवटा ट्रक एकआपसमा ठोक्किएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । गएराति पौने २ बजे मनहरी ६ नयाँवस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम राजमार्गमा विपरित दिशाबाट आएका दुईवटा ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.६ ख ६६६७ नम्बरको ट्रक र विपरित दिशातर्फबाट आउँदै गरेको ना.६ ख ६३१ नम्बरको ट्रक एक आपसमा ठोक्किदा दुबै ट्रकमा आगलागी भएको थियो ।

मकवानपुर प्रहरीका अनुसार ना ६ ख ६६६७ नम्बर ट्रक चालक चितवनके राप्ति नगरपालिका ८ का २८ वर्षका रिहान रुम्बा तामाङ र सहचालक गोरखा गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ तथा बा ६ ख ६३१ नम्बरको ट्रकका सहचालक मकवानपुर मनहरी ३ का २० वर्षीय अमृत प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका दुई जनालाई चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक