20230711

सोलुखुम्बुमा भएको मनाङ् एयरको हेलिकोप्टर दुर्घटनामा परी चालक दलका सदस्यसहित ६ जनाको मृत्यु


 सोलुखुम्बुमा भएको मनाङ् एयरको कल साईन ९एन–एमभी (एएस–५०) हेलिकोप्टर दुर्घटनामा परी चालक दलका सदस्यसहित ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको सुर्केबाट आज बिहान काठमाडौँ उडान भरेको उक्त हेलिकोप्टर दिउँसो सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ लाम्जुरापास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक एवं उद्धार समन्वय समितिका संयोजक प्रतापबाबु तिवारीका अनुसार दुर्घटनामा हेलिकोप्टरका पाइलट क्याप्टेन चेतबहादुर गुरुङसहित ६ जनाको शव भेटिएको हो । 



आज बिहान सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन–एएमभी कलसाइन रहेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५को भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटना भएको थियो । मृत्यु हुनेमा क्पाप्टेन सीबी गुरुङ र मेक्सिकोका नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक छन् ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक