20231216

नेपालमा रोजगारदाता नभएर, रोजगारी नभएर हैरान छ, यता अमेरिकामा रोजगारी दिने मान्छे धेरै र काम गर्ने मान्छे कम र इमान्दार नभएर हैरान छ !


 अमेरिकामा नेपालीहरू इमान्दार, लगनशील, खटेर राम्रो सँग काम गर्ने, नठग्ने, रोजगारदाताको मन जित्नेमा पर्दथे । अहिले पनि, अझै पनि केही खराब ब्यक्तिका उदाहरणहरु छोडेर नेपाली भन्दा पुरै इमेज बिग्रिसकेको छैन र असाध्यै राम्रा इमान्दार नेपालीहरुको सँख्या पनि उत्तिकै छ ।  मलाई याद छ केही वर्ष अघि सम्म नेपाली हुँ मात्र भने पछि धेरै जसो ठाउँ वा कम्पनीमा बिना अन्तर्वार्ता काम पाइन्थ्यो । भारतीय, पाकिस्तानी, बङ्गाली देखी एसियन हुँदै अमेरिकन रोजगारदाताले पनि नेपाली कामदार भने पछि हुरुक्कै हुने गरेको सुनिन्थ्यो । 

सन २००७ मा अमेरिका आए पछि म एक ठाउँमा काम खोज्नका लागि जाँदा नेपाली हुँ भनेकै आधारमा ल आजै देखी काम सुरु गर भनेर इरानी र पाकिस्तानी रोजगारदाताले मलाई भनेको मेरो मानसपटलमा अझै ताजै छ । म भन्दा अघि आएका नेपालीहरूको धेरैको यस्तै अनुभव सुन्ने गरेको छु । तर अहिले नेपालीहरू जति सङ्ख्या बढ्दै गयो रोजगारदातालाई चिट गर्ने, चोरी गर्ने, माया गर्दा विश्वास गर्दा, काँध थाप्दा पनि त्यस्ता रोजगारदाताको विश्वास माथि पनि खेल्ने, विश्वासघात गर्ने घटना धेरै बढेको सुने देखेको छु ।

स्पन्सर गरेर, ग्यारेन्टी बसेर नेपालबाट अमेरिका ल्याएका, थात बास दिएका, कैयौँ समय काममा लैजाने, ल्याउने, अभिभावकत्व दिने, सिकाउने, पर्दा खेरी हर प्रकारको साथ दिने र रोजगारी दिने रोजगारदातालाई धोका दिने, अरू कामदार हरूलाई पनि भड्काउने गरेका घटना न्युयोर्क, टेक्सस, क्यालिफोर्निया हुँदै मेरिल्यान्ड, भर्जिनिया, डिसी सम्म आइसकेको म जस्तै बिजनेसमा रहेका धेरै बिजनेस अनरहरु बाट गुनासो सुनेको छु । यो एकदम दुःखद कुरा हो ।

नेपालमा रोजगारदाता नभएर, रोजगारी नभएर हैरान छ, यता अमेरिकामा रोजगारी दिने मान्छे धेरै र काम गर्ने मान्छे कम र इमान्दार नभएर हैरान छ । अमेरिकामा रहेका हरेक नेपालीहरूलाई एक नेपाली हुनुको नाताले म यत्ति भन्छु - इमान्दार बनौँ, रोजगारदाताले होस वा रोजगारी प्राप्त कामदार दुवैले दुबैलाई सपोर्ट गरौँ । नेपालीहरू इमान्दार, लगनशील, खटेर राम्रो सँग काम गर्ने, नठग्ने, रोजगारदाताको मन जित्नेमा पर्दथे र अब पनि पर्नु पर्दछ भनेर काम गरौँ ।

 विश्वास साह्रै ठुलो कमाइ हो, सम्पत्ति हो, विश्वास नगुमाऊँ । कुनै एक ठाउँमा एउटा गलत काम गरियो र म्यानेजर वा रोजगारदाताले त्यो रेकर्डमा राखिदियो भने त्यो रेकर्डले उक्त व्यक्तिको जीवनभर क्रेडिट र वर्क हिस्ट्रीमा असर गर्छ, उ गल्ती अनुसार सरकारी सेवा, रिन धन, घर गाडी किन्न मात्र होइन अन्यत्र काम गर्न समेत अयोग्य हुन सक्छ र जीवन बर्बाद हुन सक्छ । गलत काम गर्दा मान्छे क्रेडिट र वर्क हिस्ट्रीमा असर परेर सडकमा पुगेको, जीवन बर्बाद भएको हामी सबैले यहाँ देखे सुनेकै छौँ । आगे सम्बन्धित सबैको जो मर्जी ! 

- रामप्रसाद खनाल    

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page                                         

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक