20231218

त्रिभुवन विश्वविद्यालयबाट ७३ हजार ७ सय ४९ जना विद्यार्थी दीक्षित, दीक्षान्त समारोहले विश्व कीर्तिमान समेत बनायो !


 त्रिभुवन विश्वविद्यालयबाट ७३ हजार ७ सय ४९ जना विद्यार्थी दीक्षित भएका छन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित ४९ औं दीक्षान्त समारोहमा सहभागी भएका १२ हजार ४ सय १५ जना सहित उनीहरु एकैपटक दीक्षित भएका हुन् । दिक्षान्त समारोहमा स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ जना विद्यार्थी सहभागी भएका हुन् । गत वर्षहरूमा पनि त्रिविले ६० देखि ७० हजारको हाराहारीमा वार्षिक रूपमा विद्यार्थी दीक्षित गर्दै आएको थियो । गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए ।

यसैबीच दीक्षान्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा नीति समाजसापेक्ष, बजारमुखी र प्रतिस्पर्धी बनाउन आग्रह गर्नुभएको छ । उहाँले प्रसिद्ध विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, कर्मचारीका सामुन्ने नेपालीले हासिल गरेको ज्ञान, कला, कौशल, सीप र क्षमतामा कुनै कमी हुन नहुने उल्लेख गर्नुभयो । प्राप्त गरेका ज्ञान, सीप, प्रविधि राष्ट्र निर्माणका लागि उपयोग गर्न समेत राष्ट्रपति पौडेलले आग्रह गर्नुभयो । दीक्षान्त समारोहमा सहभागी भएका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयमा राजनीतिक भागबण्डा बाहिर रहेर उपकुलपति नियुक्त गर्ने प्रतिबद्धता जनाउनुभएको छ । दाहालले विश्वविद्यालयमा हुने राजनीतिक भागबन्डाको अन्त्य गर्ने र मेरिटको आधारमा उपकुलपति लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन समेत आव्हान गर्नुभयो । यसैबीच आजको दीक्षान्त समारोहले विश्व कीर्तिमान समेत बनाएको छ । समारोहमा भौतिक रुपमा विद्यार्थी र अभिभावक सहित २६ हजार उपस्थित भएको भन्दै विश्व कीर्तिमान प्रदान गरिएको हो ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page                          

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक