20231218

विपक्षी दलका ३३ सांसद निलम्बन, नरेन्द्र मोदी नेतृत्वको सरकारले संसद् र लोकतन्त्रमाथि आक्रमण गरिरहेको भन्दै विरोध

 
अराजकता मच्चाएको भन्दै भारतको संसद्मा हिउँदे अधिवेशनको बाँकी समयका लागि विपक्षी दलका ३३ सांसदलाई निलम्बन गरिएको छ । निलम्बित सांसदहरूमा कांग्रेसका अधीर रञ्जन चौधरी, डीएमकेका सांसदहरू टीआर बालु, दयानिधि मारन र टीएमसीका सौगता रोयसहित हुनुहुन्छ । यसअघि डिसेम्बर १४ मा १३ जना लोकसभा सांसद र एक राज्यसभा सांसदलाई पनि निलम्बन गरिएको थियो । 

राज्यसभाका एक सांसदसहित ४७ विपक्षी सांसदलाई भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको सरकारले हिउँदे अधिवेशनको बाँकी अवधिका लागि निलम्बन गरेको हो । विपक्षी दल कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले संसद् र लोकतन्त्रमाथि आक्रमण गरिरहेको भन्दै विरोध गरेको छ ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page                          

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक