20240104

भैरहवामा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेब सरकार भन्दै बर्तमान राजाकै रुपमा नागरिक अभिनन्दन, देशको दूरावस्थाप्रति चिन्ता प्रकट गर्दै सबै जनता एक ठाउँमा उभिन "राजा" को अपिल !

 पूर्वराजाको सम्वोधन : 
उपस्थित महिला तथा सज्जनवृन्द । आज यस सभामा केही शब्द बोल्ने मौका मिलेकोमा खुशी लागेको छ । 
आज हामी कताकता हराइरहेका छौं । कताकता आफैं हारिरहेका छौं । म जता जाउँ, जहाँ पुगुँ, जनआवाज उठेको सुन्छु । मलाई आउ हाम्रो देश बनाउ र देश बचाउ, देशको सभ्यता र समृद्धी बढाउ । यहाँ उभिएर म भन्दछु । म बोलिरहेछु । देश बनोस, देश बचोस भन्ने आफ्ना पुख्र्यौली भावना इच्छा आकांक्षा पोखिरहेछु ।

म कतै अन्त गएको छैन । सदा–सदा नेपालीको साथमा छु । नेपालभित्रै छु । नेपालीहरुको सुखदुख, सुविधा–असुविध वाधा पीडा तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु ।

समाज कानून र व्यवस्थाबिना अस्तित्वमा रहनु हुँदैन । देश सग्लो र बलियो रुपमा अघि बढ्नुपर्छ । तर आज देश जर्जर भएको छ । बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवा जनशक्ति विदेशिएको छ । देशको माया नभएर होइन, अस्वस्था बिगे्रेर, असन्तोष, आक्रोश तथा विवश भएर हाम्रा युवा बाहिरिएका छन् । यस्तो अवस्थाको अन्त्य हुनैपर्छ ।

देशमै उत्पादन, उद्यम, इलम, सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नु परेको छ । देशलाई खोक्रो पार्ने चलिरहेको आजको चलनचल्तिमा व्यापक हेरफेर र सुधार गर्नैपर्छ । राष्ट्रिय उत्साह प्रतिभाको महान निवास हो । वीरता, पराक्रम, पुरषार्थ र उच्च मूल्य–मान्यतामा रहेको हाम्रो गौरवशाली देश अहिले सबैले हेप्ने, छड्के आँखाले हेर्ने अपमानितजस्तो बन्दै गएको स्वाभिमानी जनताले अनुभूत गरेका छन् ।

हाम्रा बुढापाका, अनुभवीहरुको विचार भन्नुपर्दा हाम्रो राष्ट्रको अस्तित्वमाथि आज खिया लाग्दै गइरहेको छ । हामी झन् परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौं । हाम्रो विचारमा यसप्रकार हामी खिइदै जानु किमार्थ पनि राम्रो होइन । सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचिरहेका छौं । नेपालभित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँ–बायाँ, भित्री तथा बाह्य शक्तिको टेको चाहिन्छ भन्ने भाष्य हामीकहाँ छ ।

तर हामीलाई लाग्छ, नेपाल राष्ट्रको एकीकरणदेखि आधुनिकीकरणसम्मका यावत प्रक्रिया हामी नेपालीहरुकै बलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्पादन भइआएका हुन् । त्यसैले के गर्दा र के–कस्तो विधि–अवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ, त्यो हामी आफैंले तय गर्ने विषय हो ।

हामी सबैको दृढ प्रयत्न यसै अनुरुप हुनुपर्छ भन्ने हामीलाई लाग्छ । त्यसैले म भन्छु, आउ अब हामी सबै एकै ठाउँमा उभिऔं । (राजा आउ देश बचाउ भन्दै होहल्ला हुन्छ)

अनि सोचौं र सबै कुराको समिक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौं । देश हामीले नै बनाउने हो । हाम्रो स्रोत र साधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो । हामीमात्र ठीक अरु बेठीक, हाम्रो बाटो मात्रै सुबाटो अरुको कुबाटो भन्ने द्वन्द्व, विग्रह, विवादबाट उठेर हामी नेपालको माटो र नेपाली बाटो समातेर हिँडौं । हामी सबैको भविष्य सुख-शान्ति यसैमा छ । विगतका सबै दुख विर्सिदिउँ, मायाले मायालाई भरिदिउँ । घृणाको आगोलाई कतै जलाइदिउँ ।

भाग्यको सिमा हुँदैन । हुनु पनि हुँदैन । अब भाँचिएको टुक्राहरु जोडिदिउँ । उत्पिडनको गुनासो कहिलेसम्म सुन्ने ? पहिले अन्याय अत्याचारबाट मुक्त गरिदिउँ । अनुहार फेरि–फेरि षडयन्त्र नगर । त्यस्ताको चालबाट आफूलाई बचाइदिउँ ।

सबैमा फेरि एकपटक हाम्रो धन्यवाद । जय नेपाल ।







विगतको सबै दुःख बिर्सिदेउँ ,
मायाले मायालाई भरिदेउँ,
घृणाको आगोलाई कतै जलाइ देउँ,
पहिले यो आगोलाई मिलेर निभाइ देउँ,
भाग्यको सीमा हुँदैन, हुनु पनि हुँदैन,
अब भाँचिएको टुक्राहरू जोडी देउँ,
उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने,
पहिले अन्याय अत्याचार मुक्त गरिदेउँ,
अनुहार फेरि फेरि षडयन्त्र नगर,
त्यस्ताको चालबाट आफूलाई बचाइदेऊँ 
- जी शाह

नवलपरासी बर्दघाटको कालिका मन्दिर प्रांगणमा स्वागत अभिनन्दन : 








अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक