20100802

अपिल र कानुनी लडाईं पछी अन्तत: पन्डित दिनबन्धु पोखरेलले फेरी अमेरिकी भिसा पाए, हिन्दू धर्मालम्बीहरु पनि प्रसन्न !

Exclusive News......
अन्तत नेपाल स्थित अमेरिकी राजदुताबास् ले आफुले जर्मन दुताबासबाट खिचेर रिभोक गरेको पण्डित दिनबन्धु पोखरेलको अमेरिकि भिसालाई फेरी मान्यता दिन वाध्य भएको छ। नेपाल मदर डट कम् ले यस अघिनै भिसा सहित् प्रकाशन गरेको पहिलेको समाचार मै हामीले भनेका थियौँ कि रिभोक गर्नु न्यायपूर्ण थिएन र अमेरिकन दुताबासले यसो किन गरेको होला ? भनी हामीले नेपाली जनहरुको अभिमत सहित् प्रश्न पनि उठाएका थियौँ । पन्डित पोखरेललाई भिसा.....
 दिन अमेरिकी दुताबासलाई वाध्य पार्ने कानुनी लडाईं र जोहो गरेका थिए न्यूयोर्क स्थित रिजउड नेपाली सोसाइटी परिवार र अध्यक्ष्य श्री पराजुलीले । अन्तत दुताबासले पन्डित पोखरेललाई फेरी अर्को भिसा दिएकोछ । यस् बाट नेपाली हिन्दू धर्मालम्बीहरु पनि प्रसन्न भएका छन । पन्डित पोखरेल पनि हर्सित छन । अमेरिकी दुताबासलाई यस् का लागि धन्यवाद । अझ धेरै धन्यवाद त श्री पराजुली र रिजउड नेपाली सोसाइटी परिवारलाई हाम्रो तर्फ बाट पनि, जसले कानुनी लडाईं र अपिल गरेर पन्डित पोखरेलको रिभोक भएको भिसा फेरी मान्य बनाउन सफल भयो, संगै यस् अभियानलाई साथ दिने सबैलाई पनि धन्यवाद दिनै पर्छ जसले प्रत्यक्ष्य अप्रत्यक्ष्य सहयोग गरे । अब न्यूयोर्क को भागवत पुराण पनि सफल हुने भएको छ । यो पुराण बाचन् पछी न्यूयोर्कमा पनि नेपाली मन्दिर बनोस हाम्रो कामना ।

हामीले पहिला यस् बारेमा प्रकाशन गरेको समाचार यस्तो थियो हेर्नुस् ....




अमेरिकाले भिसा खोसिदियो पन्डित दिनबन्धु पोखरेलको, न्यू योर्कको आयोजित कार्यक्रम अप्ठ्यारोमा



Breaking News........नेपालका सर्बाधिक लोकप्रिय स्वर्गिय पन्डित नारायण पोखरेलका सुपुत्र एबम हालका चर्चित पन्डित दिनबन्धु पोखरेल अमेरिका आएर गएपछी र फेरी अमेरिकाको न्यू योर्कमा भागवत् पुराणका लागि आउने तयारी गर्दै गर्दा अमेरिकि राजदुताबास् ले पहिला दिएको ५ बर्से भिसा क्यान्सिल गरिदिएकोछ । न्यू योर्क मा नेपाली मन्दिर बनाउने र त्यसका लागि महायज्ञ को तयारी गर्दै गरेका रिज उड नेपाली सोसाइटीका अध्यक्ष्य श्री पराजुलीका अनुसार दुताबासको यो निर्णयले आफुहरुलाई समेत् अप्ठ्यारो परेको बताउदै आफुहरु कानुनी उपचार् मा लागेको र दुताबासलाई पुन भिसामा पुनर्बिचार् गर्न आबेदन गरेको बताउनुभयो। जर्मन जान अप्लाई गरेको पासपोर्ट नक्कली काग्जात भएको भन्दै अमेरिकि दुताबासले जर्मन दुताबास बाटै खिचेर अमेरिकि भिसा रिभोक गरिदिएको बताइन्छ। अमेरिकि दुताबास् ले किन यस्तो गरेको हो बुझ्न सकिएको छैन, यस् ले नेपाली स्वाभिमान र इमान्दारिता माथि धक्का पुगेकोछ, दुताबासले यस्तो नगर्नुपर्थ्यो सबै नेपाली यसै भन्दैछन ।हिन्दू धर्मालम्बि हरु पनि दुताबासको यो निर्णय ले आहत भएका छन । अमेरिकी दुताबास ले यो निर्णय गलत गरेको छ र सच्याउनु पर्छ भन्ने हामीलाई पनि लाग्छ । यस् सम्बन्धमा के भएको हो ? वास्तविकता बुझ्दैछौ, पत्ता लाग्ना साथ पेस गर्नेनै छौं नेपाल मदर डट कम् हेर्दै गर्नुहोला ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक