20100801

शोभराज मात्र होइन उनकी कथित पत्नी निहिता र वकिल सासु पनि जेल जान बेर छैन, अदालत को कडा आदेश !
Breaking News.....
हामीले अस्तीको दिन जे भनेका थियौँ नेपाल मदर डट कममा नभन्दै त्यही भयो, हेर्नुस् अस्तिको हाम्रो समाचार http://www.nepalmother.com/2010/07/blog-post_1234.html
कुख्यात अपराधी चार्ल्स शोभराज को फैसलापछी बौलाएकी एक नौटँकी बाज प्रेमिका हुन कि पत्नी हुन या कुनै मोहरा २१ बर्से निहिता र उनकी आमाले अदालत बाहिर कानुन र न्यायालयका बिरुद्ध गरेको अपहेलना कानुन र न्याय प्रती आस्था राख्ने कसैलाई पनि चित्त बुझेको थिएन । त्यसै अबहेलनाको मुद्दामा अब उनी हरुले अब महँगो मुल्य चुकाउनु पर्ने भएको छ। .......

न्यायालय र न्यायाधीशविरुद्ध गालीगलौज गरेकोमा चार्ल्स शोभराजकी पत्‍नी निहीता विश्वास तथा उनकी आमा शकुन्तला थापालाई ३ दिनभित्र सर्वोच्च अदालतमा उपस्थित हुन आदेश दिइएको छ। आफैं उपस्थित नभए प्रहरीमार्फत् पक्राउ गरी उपस्थित गराउन आइतबार सर्वोच्चले निर्देश गरेको छ। सोभराजविरुद्ध आजीवन कैद र सर्वस्वसहितको फैसलापछि उनीहरुले न्यायाधीश र न्यायालयलाई गाली गरेकोविरुद्ध परेको रिटमा आइतबार सर्वोच्चले यस्तो निर्णय गरेको हो। रिटमा निवेदक शान्ता सेढाईं सापकोटा र राजन अधिकारीले शोभराजकी श्रीमती र सासूलाई एक वर्षको जेल साजय र जरिवाना माग गरेका छन्। 'तीन दिनभित्र यस अदालतमा उपस्थित हुनु, तारेख थाम्न पाइने छैन', 'वारेस लाग्नै छैन भनी निजहरुको नाउमा छिटो सूचना दिनु।' सर्वोच्चले उनीहरु समयमा उपस्थित नभए प्रहरीमार्फत पक्राउ गरी उपस्थित गराउन आदेश दिएको छ। यस सम्बन्धमा अदालतको सहयोगीको रुपमा बहस गर्न इमिकस क्युरीको रुपमा कम्तिमा ३ जनाको दरले वरिष्ठ र अधिवक्ता तोकी पठाउन नेपाल बार र सर्वोच्च बारलाई अनुरोध गरिएको छ। साथै सर्वोच्चले अदालत परिसरमा निहीता विश्वास र सकुन्तला थापाले न्यायालय र न्यायाधीशविरुद्ध बोलेको भिडियो तथा अडियो टेप उपलब्ध गराएर सहयोग गर्न इलेक्ट्रोनिक मिडियाहरुलाई आग्रह गरिएको छ।
सोभराज पत्नी विश्वासले आफ्नो पक्षमा फैसला नआएको झोँकमा राष्ट्रिय-अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधि सामु 'भ्रष्ट न्यायाधीशलाई जेल हाल्नुपर्ने' प्रतिक्रिया दिएकी थिइन्। उनले सर्वोच्च परिसरमै 'ब्लडी जजेज' भन्दै न्यायाधीशले खुस खाएर चार्ल्सविरुद्ध फैसला गरेको आरोप लगाएकी थिइन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक