20100810

१६ लाख अमेरिकि डलर बराबरको लागतमा निर्माण गर्न लागेको नेपाली सामुदायिक भवन र दुर्गा मन्दिरकालागि न्यू योर्क सप्ताहको पहिलो दिन झन्डै ३३ हजार, दोस्रो दिन ५० हजार डलर चन्दा !

अध्यक्ष श्री पराजुली र उहाँकी धर्मपत्नी राजुदेबी पराजुली २२ हजार २२२ डलर, जगन्नाथ पराजुली र सुमित्रा पराजुलिले ७ हजार ७७७ डलर, कृष्ण पोख्रेलले ३ हजार एक सय, सप्त केसी र राजु केसीले १५ सय डलर, लोकनाथ तिवारीले १ हजार १०१ डलर र इस्वरी भण्डारीले १११ डलर चन्दा स्वरुप प्रदान गरे, सबै नेपालीले धन्यवाद दिनै पर्छ अध्यक्ष्य श्री पराजुली र वहाँको सोसाइटिका सबै लाई, जसले रातदिन खटेर यो कार्यक्रमलाई आयोजनामात्र गरेनन आँफै अग्रसर भएर चन्दा दान पनि गर्दैछन । बधाईछ श्री जि र आयोजक सबैलाई अनी पन्डित दिनबन्धु पोखरेल लाई हाम्रो तर्फबाट पनि ....
न्यू योर्क- नेपालमा छोटो समय मै धार्मिक प्रबचन गरेर सामाजिक कार्यकालागि झन्डै १० अर्ब नेपाली रुपैयाँ संकलन गर्न सफल नेपालका चर्चित युबा पंडित दीनबन्धु पोख्रेल ले अगस्ट ९ तरिखदेखी १५ तारिख बिच न्यू योर्कमा आयोजना गरिएको श्रीमद् भागवत महापुराण सप्ताहको पहिलो दिन उपस्थित नेपाली उपासकहरुलाई मान्छेको चोला, उसको लोभ, लालच र कर्मबारेमा बोलेर मर्मान्त मात्र पारेनन् बल्की हँसाउदै र नचाउँदै मिठो भजन पनि गाए:  "कर्कलाको पानी जस्तै हाम्रो जीवन छोडि जाने संसारलाई मेरो नभन"

Nepalese worshipers at Shrimadbhagwat Mahapuran Saptah in New York. Photos: eEyeCam.com
"मनै बाराल्यो, बाराल्यो
कृष्ण जिको बाँसुरीले मनै बाराल्यो"
"जय नारायण, जय परानी
यो जीवन मरेपछि हुन्छ खरानी"

र यि मार्मिक र कर्ण प्रिय भजनहरुसंगै उनको प्रबचन सुनेर भक्तालुहरुले रिज्वूड नेपालीज सोसाइटिले १६ लाख अमेरिकि डलर बराबरको लागतमा निर्माण गर्न लागेको नेपाली सामुदायिक भवन र दुर्गा मन्दिरकालागि मनग्गे दान भेटी चढाए।

Famous Nepali Pandit Deenbandhu Pokhrel delivering his discourse in New York on August 9, 2010. Photos: eEyeCam.com



उक्त सप्ताहको पहिलो दिन झन्डै ३३ हजार डलर चन्दा उठेको सोसाइटिले जनाएको छ। सोसाइटिका अध्यक्ष श्री पराजुली र उहाँकी धर्मपत्नी राजुदेबी पराजुली २२ हजार २२२ डलर दिएका थिए भने अन्य दाताहरुमा, जगन्नाथ पराजुली र सुमित्रा पराजुलिले ७ हजार ७७७ डलर, कृष्ण पोख्रेलले ३ हजार एक सय, सप्त केसी र राजु केसीले १५ सय डलर, लोकनाथ तिवारीले १ हजार १०१ डलर र इस्वरी भण्डारीले १११ डलर चन्दा स्वरुप प्रदान गरेका थिए।

Photos: eEyeCam.com
प्रबचन शुरु हुनु अघीको उद्घाटन सत्रमा सोसाइटिका अध्यक्ष श्री पराजुलीले सप्ताहबारे प्रकाश पार्नु भएको थियो भने संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई नियोगका डेप्युटी प्रतिनिधि शंकर बैरागी, न्यू योर्क शहर को कम्प्ट्रोलर कार्यालयकी कम्युनिटी संयोजक मर्था आयोन र पंडित दीनबन्धु पोख्रेलले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।

Ridgewood Nepalese Society President Shree Parajuli. Photos: eEyeCam.com
भजनतर्फ गायिका सपना श्री, गायक तिलक श्रेष्ठ, संगितकारहरु बिमल बुढाथोकी, राज कपुर आदिले पंडित पोख्रेललाई साथ दिनु भएको थियो। सप्ताह अगस्ट १५ तारिखसम्म हरेक दिन 3 बजे बेलुकीदेखी 10 बजे रातीसम्म हुनेछ।

Shrimad Bhagwat Mahapuran Saptah, New York, August 9, 2010, Part-II
Shrimad Bhagwat Mahapuran Saptah, New York, August 9, 2010, Part-III
Shrimad Bhagwat Mahapuran Saptah, New York, August 9, 2010, Part-IV
Shrimad Bhagwat Mahapuran Saptah, New York, August 9, 2010, Part-V



Deputy Representative of Permanent Mission of Nepal to the UN Shankar Bairagi. Photos: eEyeCam.com









Photos: eEyeCam.com




Photos: eEyeCam.com










Photos: eEyeCam.com




Photos: eEyeCam.com


*Source -Pradeep Thapa Magar, Usnepalonline


यसै सँग सम्बन्धित अन्य समाचारहरु : 

अपिल र कानुनी लडाईं पछी अन्तत: पन्डित दिनबन्धु पोखरेलले फेरी अमेरिकी भिसा पाए, हिन्दू धर्मालम्बीहरु पनि प्रसन्न !

Exclusive News......
अन्तत नेपाल स्थित अमेरिकी राजदुताबास् ले आफुले जर्मन दुताबासबाट खिचेर रिभोक गरेको पण्डित दिनबन्धु पोखरेलको अमेरिकि भिसालाई फेरी मान्यता दिन वाध्य भएको छ। नेपाल मदर डट कम् ले यस अघिनै भिसा सहित् प्रकाशन गरेको पहिलेको समाचार मै हामीले भनेका थियौँ कि रिभोक गर्नु न्यायपूर्ण थिएन र अमेरिकन दुताबासले यसो किन गरेको होला ? भनी हामीले नेपाली जनहरुको अभिमत सहित् प्रश्न पनि उठाएका थियौँ । पन्डित पोखरेललाई भिसा.....
 दिन अमेरिकी दुताबासलाई वाध्य पार्ने कानुनी लडाईं र जोहो गरेका थिए न्यूयोर्क स्थित रिजउड नेपाली सोसाइटी परिवार र अध्यक्ष्य श्री पराजुलीले । अन्तत दुताबासले पन्डित पोखरेललाई फेरी अर्को भिसा दिएकोछ । यस् बाट नेपाली हिन्दू धर्मालम्बीहरु पनि प्रसन्न भएका छन । पन्डित पोखरेल पनि हर्सित छन । अमेरिकी दुताबासलाई यस् का लागि धन्यवाद । अझ धेरै धन्यवाद त श्री पराजुली र रिजउड नेपाली सोसाइटी परिवारलाई हाम्रो तर्फ बाट पनि, जसले कानुनी लडाईं र अपिल गरेर पन्डित पोखरेलको रिभोक भएको भिसा फेरी मान्य बनाउन सफल भयो, संगै यस् अभियानलाई साथ दिने सबैलाई पनि धन्यवाद दिनै पर्छ जसले प्रत्यक्ष्य अप्रत्यक्ष्य सहयोग गरे । अब न्यूयोर्क को भागवत पुराण पनि सफल हुने भएको छ । यो पुराण बाचन् पछी न्यूयोर्कमा पनि नेपाली मन्दिर बनोस हाम्रो कामना ।

हामीले पहिला यस् बारेमा प्रकाशन गरेको समाचार यस्तो थियो हेर्नुस् ....




अमेरिकाले भिसा खोसिदियो पन्डित दिनबन्धु पोखरेलको, न्यू योर्कको आयोजित कार्यक्रम अप्ठ्यारोमा



Breaking News........नेपालका सर्बाधिक लोकप्रिय स्वर्गिय पन्डित नारायण पोखरेलका सुपुत्र एबम हालका चर्चित पन्डित दिनबन्धु पोखरेल अमेरिका आएर गएपछी र फेरी अमेरिकाको न्यू योर्कमा भागवत् पुराणका लागि आउने तयारी गर्दै गर्दा अमेरिकि राजदुताबास् ले पहिला दिएको ५ बर्से भिसा क्यान्सिल गरिदिएकोछ । न्यू योर्क मा नेपाली मन्दिर बनाउने र त्यसका लागि महायज्ञ को तयारी गर्दै गरेका रिज उड नेपाली सोसाइटीका अध्यक्ष्य श्री पराजुलीका अनुसार दुताबासको यो निर्णयले आफुहरुलाई समेत् अप्ठ्यारो परेको बताउदै आफुहरु कानुनी उपचार् मा लागेको र दुताबासलाई पुन भिसामा पुनर्बिचार् गर्न आबेदन गरेको बताउनुभयो। जर्मन जान अप्लाई गरेको पासपोर्ट नक्कली काग्जात भएको भन्दै अमेरिकि दुताबासले जर्मन दुताबास बाटै खिचेर अमेरिकि भिसा रिभोक गरिदिएको बताइन्छ। अमेरिकि दुताबास् ले किन यस्तो गरेको हो बुझ्न सकिएको छैन, यस् ले नेपाली स्वाभिमान र इमान्दारिता माथि धक्का पुगेकोछ, दुताबासले यस्तो नगर्नुपर्थ्यो सबै नेपाली यसै भन्दैछन ।हिन्दू धर्मालम्बि हरु पनि दुताबासको यो निर्णय ले आहत भएका छन । अमेरिकी दुताबास ले यो निर्णय गलत गरेको छ र सच्याउनु पर्छ भन्ने हामीलाई पनि लाग्छ । यस् सम्बन्धमा के भएको हो ? वास्तविकता बुझ्दैछौ, पत्ता लाग्ना साथ पेस गर्नेनै छौं नेपाल मदर डट कम् हेर्दै गर्नुहोला ।








No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक