20110712

बोस्टन दोहोरिएनछ यसपटक, ए एन ए डिसी सम्मेलन नाफामा गएको घोषणा, ९५ हजार आम्दानी, ८४ हजार डलर खर्च भयो

फाईदा भए बाउन्स भएका चेक भुक्तान गर्छौँ भन्नुहुन्थ्यो आयोजकहरु, अब ANA बाट केही हुन्छ कि त !
ए एन ए डिसी सम्मेलन आयोजक समितिका तर्फ बाट संचार संयोजक गुणराज लुइटेलले हालै एउटा प्रेस रिलिज जारी गर्नु भएको छ, उक्त प्रेस रिलिज जस्ताको तस्तै तल प्रस्तुत छ :
  "उत्तर अमेरिका स्थित नेपालीहरुको छाता संस्था एसोसिएसन अफ नेपलिज् इन अमेरिकाज् (एएनए)को २९ औं सम्मेलन विविध प्रतिकूलताहरुको बावजूद पनि नाफमा सञ्चालन हुन सफल भएको छ । एएनएको इतिहासमै धेरै नयां र अविस्मरणीय कार्यक्रमहरु सम्पन्न गरेर वेग्लै पहिचान कायम गर्न सफल यो सम्मेलनले अमेरिका र क्यानडा स्थित सवै नेपालीहरुलाई एक भएर अगाडि बढ्नु पर्छ भन्ने सन्देश पनि दिएको छ । सम्मेलन तयारी समितिका आर्थिक संयोजक लक्ष्मण प्रधानले तयार पार्नु भएको घाटा नाफाको पछिल्लो रिपोर्ट अनुसार सम्मेलन आयोजक समितिको पूर्व अनुमानकै हाराहारीमा आर्थिक गतिविधि भएको छ । जसअनुसार  आय तर्फ ९५ हजार एक सय १२ देखिएको छ भने व्यय ८४ हजार ८ सय ३० भएको छ । अघिल्ला सम्मेलनहरुको तुलनामा दर्ता गर्नेहरुको संख्या कम भएता पनि यस पटक कडा आर्थिक अनुशासन र खर्च कटौतिमा जोड दिइएकोले
सम्मेलन मुनाफामा गएको कुरा आर्थिक संयोजक प्रधानले बताउनु भयो ।
जुलाई १, २ र ३ गरेर तीन दिन चलेको यस सम्मेलनमा पहिलो र दोस्रो दिन शुल्क सहित दर्ता गरिएको थियो भने तेस्रो दिनको लागि आतन्तुकहरुको विशेष अनुरोध र आय व्ययको मध्यावधि विश्लेषणको आधारमा दर्ता शुल्क हटाइएको थियो । दर्ता शुल्क हटाइएको कारण आइतबार बेलुकाको सांस्कृतिक कार्यक्रम र डिजे नाइटको टिकट शोल्ड आउट भएको र उक्त दिनका फोरमहरुमा पनि उल्लेख्य रुपमा सहभागिता बढेको थियो ।
आय तर्फ दर्ताको अलावा विज्ञापन, बुथ भेण्डर, सांस्कृतिक कार्यक्रम, ट्यालेण्ट शो, डिजे नाइट, फेशन शो, खेलकूद लगायत फोरम स्पन्सरबाट समेत उल्लेख्य सहयोग भएको थियो । सम्मेलन घाटामा जान सक्ने प्रसस्त संभावना भएकोले पटक पटक ब्यवस्थापनको स्वरुप (मोडेल) परिवर्तन गर्नु परेको कुरा पनि आर्थिक ब्यवस्थापक प्रधानले बताउनु भयो । यस सम्मेलनका कुनै पनि आयोजकहरुले होटेलको कोठा, कार्यक्रमहरुका टिकट, खाना खर्च, दर्ता शुल्क तथा सानातिना भैपरिआएका खर्चहरु आफैले व्यहोरेको र एएनएलाई आर्थिक भार हुनबाट जोगाएको कुरा सम्मेलन आयोजक हेमन्त श्रेष्ठले बताउनु भयो । सांस्कृतिक संयोजक सरोज खनालले आर्थिक मन्दी र स्वयं एएनएमा देखिएको असहमतिको अवस्थामा पनि आयोजकहरुको अनुरोध र कलाकारहरुको उपस्थितिलाई ध्यानमा राखेर कार्यक्रममा आएर सहयोग पु¥याउनु हुने सवै नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक धन्यबाद दिनु भयो ।
आयोजक समितिले यस सम्मेलनमा घाटा भए आफूहरुले ब्यक्तिगत रुपमा व्यहोर्ने र नाफा भए सवै नाफालाई सामाजिक काममै खर्च गर्ने प्रतिवद्धता पहिले नै जारी गरिसकेको र सो अडानमा अझै पनि दृढ रहेको कुरा सवै आयोजकहरुले बताउनु भएको छ । आयोजक समितिले सवै सहभागीहरु, अतिथिहरु, संचार माध्यम, कलाकारहरु, स्वयंसेवकहरु, विज्ञापनदाताहरु, स्पोन्सरहरु तथा उपस्थित नभएर पनि सम्मेलनको सफलताको लागि प्रत्यक्ष परोक्ष रुपमा सहयोग पु¥याउनु हुने सवैलाई हार्दिक धन्यबाद ज्ञापन गरेको छ । सम्मेलनको हिसाव किताव पूर्ण रुपमा पारदर्शी गर्ने हेतुले आय व्ययको पूर्ण पाठ यसै साथ पिडिएफ फाइलमा समावेश गरिएको छ । आर्थिक हिसाव किताव संग सम्बन्धी कुनै पनि थप जानकारी चाहिएमा आर्थिक संयोजक लक्ष्मण प्रधानलाई फोन नं. ३०१ ८०१ ४४८४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।   - गुणराज लुइटेल,   संचार संयोजक,  २९ औं एएनए सम्मेलन आयोजक समिति २०११, सम्पर्क ७०३ ७२०  ०३६०"

ए एन ए सम्मेलन बारेका नेपाल मदर डट कमले प्रकासित गरेका सबै समाचार, भिडियो फोटो र यथार्थ विवरण हेर्न तलका लिंकहरु क्लिक गर्नुस्       


 >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि ! August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही  कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House


 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
                                                                    ***************
                                                   
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net,
nepalmother.com.

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक