20160306

आफ्नै भाषाबाट ठगिन्छन् अमेरिकाका नेपाली !


भाषाको सन्दर्भमा नेल्सन मण्डेलाको एउटा प्रख्यात भनाई छ–‘तिमीले अर्को मानिससँग उसले बुझ्नेमात्र भाषामा कुराकानी गर्‍यौ भने त्यो कुरा उसको दिमागमा जान्छ। यदि तिमीले उसैको भाषामा कुराकानी गर्यौं भने उसको हृदयमा बस्छ।’
यतिखेर अमेरिकामा रहेका नेपाली समुदायमा चर्चाबहसको शिखरमा छ– ‘जीवन बिमा’ का नाममा बेचिँदै आएका ‘प्रोडक्ट’ को। यो बीमामा नेपाली श्वेत अमेरिकन, अश्वेत अमेरिकन, मेक्सिकोबाट आएका, अन्य एसियाली देश वा भारतबाट आएकाबाट होइन नेपाली भाषी नै ठगिएका छन्। मातृभूमिबाट सारा परिवार, वन्धुबान्धवबाट छुट्टिएर सात समुद्रवारी आइपुग्दा भाषाले गराएको निकटताका आधारमा आफूहरु ठगिएको अभिव्यक्त नेपालीहरुले दिइराखेका छन्। 
भनाई नै छ, मानिसलाई सबैभन्दा नजिक अनि टाढा बनाउने भाषा नै हो। संसारको कुनैपनि कुनामा पुग्दा नेपालीमा कसैले बोलेको सुनेपछि टक्क अडिएर कताबाट आवाज आइरहेको छ भनेर आँखा नचाइन्छ। त्यसपछि जति नै व्यस्त भएपनि बोल्ने मानिस नजिक गएर सोधिन्छ,‘तपाई पनि नेपाली हो ?’ यति भएपछि दोहोरो कुराकानी, चिनापर्ची सुरु हुन्छ । भाषा जति मानिसलाई नजिक बनाउने अरु माध्यम केहि छैन र हुँदैन । भाषापछि नजिक तुल्याउने माध्यममा भूगोल, धर्म त्यसपछि
विस्तारै जात, क्षेत्रीयता आदी आउँछन्।
अमेरिकामा भाषा, भूगोलकै कारणले एक नेपालीले अर्का नेपालीलाई शोषण र अनुचित लाभ लिइरहेको तथ्य बीमाको सन्दर्भमा मात्र लागु हुँदैन। धेरैतिर आफ्नै नेपालीले फसाए, सगोत्रीले डुबाए, साथीले धोका दिए भनेजस्ता अभिव्यक्ति जताततै सुन्न पाइन्छ आजभोलि।
नेपालसँग सीमाना जोडिएको भारतीय शहर रक्सौलबासी भन्दा भुटानको थिम्पुमा बस्ने नेपालीभाषी कोहीकसैसँग अमेरिकामा भेट भयो भने छिटै आत्मिय हुन्छ। भाषाकै कारणले गाँसिएको यस्तै आत्मियता स्वार्थसिद्धिको माध्यम बनिरहेको छ प्रवासमा।
भाषाकै कारणले गाँसिएको आत्मियताको शिकार अमेरिकामा थुप्रै नेपाली भइरहेका छन्। जसको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ।
डिभी परेर पाँच वर्ष अघि एक नेपाली परिवार अमेरिकी राज्य मिचिगन आइपुग्यो। डिभी पर्नेवालाको बच्चाबच्ची थिएनन्। उनीहरु नेपालमा रहेको व्यवसाय राम्रो मूल्यमा बेचेर केही रकम यता ल्याउनेगरी विस्तारै आउने योजनामा थिए । यता अमेरिकामा रहेको साथीले तारन्तार फोन गरेर भन्न थाले–‘लौ तुरुन्तै आइहाल, तिमीहरुलाई यहाँ बस्ने घर, काम गर्ने जागिर सबै खोजिसक्या छु मैले । जतिसक्दो चाँडो गर है । नत्र यो अपार्टमेन्ट, काम सबै गुम्नसक्छ ।’
हो न हो साथीले भनेको कुरामा डिभी पर्नेले विश्वास गर्यो। जे जति व्यवसाय छ सबै कौडीको मोलमा मिल्काएर ऊ हतारिँदै अर्को महिना अमेरिका उड्यो।
यताको साथीले आफ्नै अपार्टमेन्टमा लगेर राख्यो। चार दिनपछि भन्यो–‘हामी त तिमीहरुलाई पर्खेरमात्र बसेका हौं। नत्र अघिल्लो महिना नै हामी न्यूयोर्क सर्ने निधो भएको थियो। अब यो अपार्टमेन्ट मेरो नाममा भएपनि तिमीहरुकै हो। यसको भाडा पाँचसय डलर पर्छ महिनाको। मलाई हरेक महिनाको तीन तारिकसम्म तिमीहरुले चेक पठाइदिनु हुलाकबाट। म मेरै खाताबाटै तिरिदिन्छु यसको भाडा। तिमीहरुमध्ये एकजनालाई एउटा काम खोजिदिएको छु इण्डियन रेष्टुरेन्टमा। बिस्तारै त्यहाँ काम गर्दै गएपछि मान्छे चिनिन्छ। भाउजूलाई पनि काम त्यही मिल्छ। म चाँही अब पर्सी न्यूयोर्क जान्छु।'
साथीको कुराले भरखरै अमेरिका छिरेको ऊ इन्तु न चिन्तु बन्यो। कत्रो सपना बोकेर उताको व्यापार व्यवसाय हतारमा बन्द गरेर, कौडीको भाउमा मिल्काएर हिँडेको । यता जो साथी भनेर आएको उही डेरा र त्यहाँ भएका थोत्रा सामानको समेत मूल्य तोकेर छाडेर अर्को राज्य सर्‍यो।
अर्को सन्दर्भ,
६ महिना लगाएर दलाललाई २४ लाख बुझाएर एक नेपाली गत वर्ष मेक्सिको हुँदै पश्चिम अमेरिकी राज्य क्यालिफोर्नियाको सेक्रामेन्टो आइपुगे। ती नेपालीका नजिकका आफन्त कोही थिएनन् अमेरिका। पल्लोगाउँका एक व्यक्ति त्यहाँ छन् भन्ने सुनेका थिए। फोन गर्दै उनी पुगे।
एक हप्तापछि तिनै दाइले काम खोजिदिए रेष्टुराँमा। पञ्जाबीले चलाएको त्यो रेष्टुराँमा मेनेजर र केही वेटर नेपाली पनि थिए । बिहान ११ बजेदेखि राति ९ बजेसम्म काम थियो ।
दिनभरी काम गर्दा रेष्टुराँमा आएका ग्राहकले थुप्रै डलर टिप्स दिन्थे। त्यो टिप्स सबै ‘वेटर’ले जम्मा गर्ने भाँडोमा राख्थे। अनि राति रेष्टुराँ बन्द गर्ने बेलामा सबै टिप्सजति मेनेजर रहेका नेपालीले आफ्नै खल्तीमा हाल्थे र निस्कन्थे। रेष्टुरामा काम गर्ने अरु वेटर, कुक कसैले एक पेनि पनि टिप्स देख्न पाउँदैनथे। सबै टिप्स नेपाली मेनेजरले कुम्ल्याउँथे।
ग्राहकलाई खुशी तुल्याउन जति सेवा गर्ने ‘वेटर’ को भूमिका हुन्छ त्यो भन्दा कम्ता खाना बनाउने ‘कुक’ को हुँदैन । त्यसो हुँदा ग्राहकबाट प्राप्त टिप्स सबैले सन्तुलित रुपमा बाँडिचुँडी गरेर लिनुपर्नेमा मेनेजर आफैं लिएर हिँड्थे। किनकी साहूले उनलाई भनेको थियो–टिप्स कसरी बाँड्ने तपाईनै निर्णय गर्नुस्। मेनेजरले निर्णय त लिए सबै आफूले नै राख्नेगरी।
‘ग्राहक रिसायो भने वेटरले गाली खानुपर्ने, अनि खुसी हुँदा दिएको टिप्सचाँही हामीले नपाउने भएपछि यस्तो नेपाली मेनेजरसँग बसेर काम गर्नुभन्दा बरु अन्तै जान्छु भनेर म सानफ्रान्सिस्को सरेँ,’ एक वर्षअघि मसँग ती नेपालीले गुनासो पोखेका थिए। यहाँ पनि एउटा नेपालीले अर्को नेपालीलाई मौका मिल्दा कसरी पेटमा लात्तीले हान्दो रहेछ भन्ने गतिलै उदाहरण फेलापर्‍यो।
तेस्रो सन्दर्भ,
डिभी मार्फत गत वर्ष अमेरिका आइपुगेका अर्का एक नेपालीले बसेको ठाउँभन्दा १५ माइल टाढा काम पाए। बसमा झण्डै डेढ घण्टा लाग्ने भयो। उनले कार नकिनी सुखै पाएनन्। बसमा आवतजावत गर्न नै एकातिर तीन घण्टाको समय लाग्ने अर्कातिर कहिलेकाँही रात्री सिफ्टमा काम पर्दा त बस नै नपाउने भयो।
उनले गाडी सिकेर लाइसेन्स पनि लिए। अनि सेकेण्ड ह्याण्ड कारको खोजीमा लागे। ती नेपालीले कारको खोजि गरिराख्या छन् भन्ने सुनेर अर्का एक नेपाली आइपुगे।
‘ल मेरो कार छ, दुइलाख माइलमात्र कुदेको। २००६ को मोडल। म तीनहजार डलरमै दिन्छु। अरुलाई भए पाँचहजार घटि दिने थिइनँ। नयाँ किनिहालेँ, यसलाई किन राखिरहनु भनेरमात्र बेच्न लाग्या नि। तपाईं आफ्नै मान्छे पर्नुभयो। अँ नेपालमा कुन ठाउँ रे घर? अँ ल म त त्यो ठाउँमा धेरैपटक गएको छु नि। ज्यादै राम्रो ठाउँ पो हो त।’
कारको खोजीमा लागेका नेपालीलाई लाग्यो–ओहो यी दाई त सारै बेस मान्छे पो रहेछन् । मेरो गाउँठाउँ बारे पनि जान्दा रहेछन्। उनले नेपालबाट ल्याएको र यता कमाएको समेत गरी जम्मा गरिराखेको एकसय दरका ३० वटा नोट दिए। कारको उनको भयो।
अब उनी कार चलाएर काममा जानथाले। तर दोस्रो हप्तानै कारमा खराबी आयो। मेकानिक्समा देखाउँदा एकहजार चारसय डलर लाग्ने, चारवटै टायर फेर्नुपर्ने अवस्थामा पुगेकोले त्यसका निम्ति थप ६ सय डलर गरी झण्डै दुईहजार डलर लाग्ने इस्टिमेट आयो। कार किनेकै अर्को हप्ता दुईहजार डलर मर्मतमा खर्चिनुपर्‍यो। बेच्ने नेपालीले कारलाई मर्मत गरेर चलाउनुभन्दा नयाँ किन्नु ठीक भएर नयाँ किनेका रहेछन्। उनले कोही नपाएर नेपालीलाई नै फसाए।
यी तीनवटा त सतहमा आएका र पीडितले व्यक्त गरेपछि थाहा भएका तथ्यमात्र हुन्। एउटा नेपालीले अर्का नेपालीलाई दिएका पीडा सयौं होइनन् हजारौं छन्। तर ‘आफ्नो आङ कन्याएर आफ्नै आङ्गमा छारो किन उडाउनु’ भन्दै धेरैले सहेर बसेका छन्। जसले गर्दा धेरै घटना बाहिर आउँदैनन्।
चौथो सन्दर्भ,
डिभी मार्फत अमेरिका आएका साथीलाई लिन साथी सानफ्रान्सिस्को एअरपोर्ट पुग्यो । साथी आफूलाई लिन एअरपोर्ट आएको देखेपछि नेपालबाट आउने साथी निकै खुसी पनि भए।
तर उनको खुसी पाँच मिनेट पनि टिक्न पाएन । जब अमेरिकामै ८ वर्षदेखि बस्दै आएको साथीले भन्यो–‘तिमीहरुलाई लिन आउँदा मैले पुलिसको टिकट पाएँ। दुईसय डलर जरिवानाको तिमीहरुले तिरिदिनुपर्छ। किनकी तिमीहरुलाई लिन आउनु नपरेको भए यो टिकट मैले पाउनेनै थिइनँ।’
भएछ के भने साथीको परिवारलाई लिन भनेर गाडी हाँक्दा ‘ओभरस्पिड’ भएछ। अनि पुलिसको टिकट पाएछन् साथीले। पहिलोपटक विदेशीभूमिमा टेकेका डिभीवाला साथी जरिवानाको रकम सुनेर झण्डै बेहोस भए। जरिवाना पनि चानचुने हो र? नेपालीमा गणना गर्दा त्यतिखेरको झण्डै १८ हजार रुपैयाँ। उनीहरुले त्यो जरिवाना तिर्नका लागि ‘हुन्छ’, ‘हुँदैन’ केही पनि भन्न सकेनन्।
सहयोग गरेको जस्तो पनि देखाउने र भित्री रुपमा आफ्नो व्यावसायीक स्वार्थ बोकेका थुप्रै नेपालीहरुको जमघट भइसकेको छ अमेरिकामा पनि । निस्वार्थी भावनाले सहयोग गर्नेहरुको संख्या नगण्य छ । सहयोगी स्वभावका मानिसहरु सितिमिति नेपाली समाजका कार्यक्रममा समेत सरिक हुँदैनन्। किनकी मञ्चमा विराजमान हुने, खादा ओढ्ने प्रवृत्तिबाट उनीहरु दिक्क छन्।
अब बीमाको सन्दर्भ:
नेपाली समाजमा बीमाका नाममा बिक्री हुँदै आएको पिरामिड शैलीको योजना धेरै वर्षदेखि गुम्सिएर बसेको एउटा पीडा थियो । एकाध वर्ष प्रिमियम तिरेपछि ‘फसिएछ’ भन्ने जानेपछि चुपचाप लागेर बस्ने पद्धतिको विकास भएको थियो नेपाली समाजका सदस्यबीच। सामान्यका के कुरा गर्नु यो समाजमा आफूलाई ‘चल्तापूर्जा’ ठान्नेहरु नै नबुझिकन सदस्य बनेका छन्। बुझिसकेपछि समयमै सूचना हुन सकेको भए समाजका सदस्यहरुको ठूलो क्षति हुनबाट जोगाउन सकिन्थ्यो। तर धेरैजना ‘म त फँसिहाले, अरु पनि फँसुन् न’ भन्दै जोखाना हेरेर बसेको अवस्था रह्यो।
अहिले एकपछि अर्कोगर्दै ‘म पनि फसे’, ‘मलाई सपनाको महल देखाइयो’, ‘मैले त साथीको नाताले विश्वास गरेँ र पढ्दै नपढी सही धस्काएर डलर तिरेको थिएँ’ देखि लिएर ‘मेरा बच्चाहरुको भविष्य देखाएर सेन्टिमेन्टल व्ल्याकमेलिङ गरियो’ भन्नेसम्मका अभिव्यक्ति नेपाली समुदायबाट बाहिर आइरहेका छन्।
बीमाका नाममा यस्ता पिरामिड शैलीका चिज नेपालीले नेपालीलाई बेचेछन् कि किन्ने आफैं पनि लाजले गर्दा भन्न सकेका थिएनन्। ‘मलाई २० वर्षपछि साढे दुईलाख डलर लिन पाउनुहुन्छ भनेर बीमा बेचियो, तर मैले चार हजार डलर तिरिसकेपछि थाहा पाएँ कि त्यति रकम पाउन म प्रिमियम तिर्न सुरु गरेको २० वर्षभित्र मरिसक्नु पर्थ्यो।’ कोलोराडोको डेनभरमा बस्दै आएका शैलेश पोखरेलले यो टिप्पणीकारसँग भने। अर्थात् आफू जति चाँडो मर्नसक्यो उतिनै फाइदा। २० वर्षभित्र नमरेमा जति रकम तिरिएको छ त्यो सबै ‘ढुस’ हुने। ‘आफू चाँडै मरियोस् भनेर कामना गर्नुपर्ने पनि कहिँ बीमा हुन्छ ?’ पोखरेलले भने–‘यस्तो खालको बीमा त ‘टर्म इन्सुरेन्स’ का नाममा महिनाको १०/१२ डलर तिर्नेगरी न्यूयोर्क लाइफले पहिल्यैदेखि गर्दै आएको छ।’
बीमाका नाममा ‘प्रोडक्ट’ बेच्नका लागि यतिखेर नेपाली समुदायले सुरुमै उद्धरण गरिएको नेल्सन मण्डेलाले भनेका–‘तपाईं मान्छेले बुझ्ने भाषामा कुरा गर्नुस् त्यो उसको हृदयमा बस्छ’ भन्ने वाक्यको सहारा लिए। जन्मेदेखि बोलेको, बुझेको भाषाको सहारामा नेपालीले नेपालीलाई कुनै समय नेपालमा बदनाम भएर बन्द भएको युनिटी जस्तै प्रोडक्ट बेचे।
नेपाली समुदायका कुनै पिकनिक, भेला, बिबाह, ब्रतवन्ध, भोज छाडेनन् एजेन्टहरुले। अनि त्यहाँ पुगेर नेपालीलाई नै 'मुर्गा बनाउन' सुरु गरे।
नेपालीसँग नेपालीमै बोलेर, फुलबुट्टा भरेर त्यसका विशेषता बताएपछि ‘म लिन्नँ, मलाई चाहिदैनँ’ भनेर पन्छिने कठोर मान्छे भेटिन मुस्किल पर्छ। त्यसमाथि बालबालिकाको भविष्यका बुट्टा देखाएपछि कसको पो मन पग्लिदैन र?
भाषाकै बलमा नेपाली भाषा बोल्ने भुटानी पनि जालमा परिरहेका छन्। चाहे चिठ्ठा परेर आउने नेपाली हुन् या बोर्डर पार गरेर आउने नै किन नहुन्। कतिपयलाई त उनीहरुको ‘सोसियल सेक्युरिटी नम्बर’ समेत हातमा नपरिक नै यो योजनामा सहभागी बनाएका छन्। यी सबलाई केही वर्षदेखि यता बसेर आफूलाई ‘रैथाने’ भन्न रुचाउनेले शोषण गरिराखेका छन्। कतिसम्म भने आफ्नो नाममा अपार्टमेन्ट भाडामा लिएर भरखर आएका नयाँलाई त्यो अपार्टमेन्ट भाडामा लगाउँछन् महिनाको दुईतीनसय डलर कमिशन लिएर। टेलिफोन लिँइदिँदा कमिशन, गाडी किन्दा कमिशन नेपाली समाजमा केही व्यक्तिका पहिलेनै स्थापित नियमित धन्दा हुन्। 
नेपालीलाई यस्तो निकम्मा भनिएको बिमा अरु कुनै समुदायका व्यक्तिले बेचेका, भिडाएका छैनन्। नेपालीबाट आएकालाई यही केही वर्ष, केही दशकदेखि बसेर केही जानेका, बुझेकाले नै बेचेका छन्।
अब कस्लाई विश्वास गर्ने, कतिसम्म विश्वास गर्ने ? लेखाजोखा आफैले गरेर अघि बढ्नु नै उचित होला।
 - Source : Setopati.com
- http://global.setopati.com/america/1561/
उहिलेको युनिटी अहिलेको बीमा !

नेपाल समाचारपत्र दैनिकमा काम गर्दाताकाको सन्दर्भ हो । सिन्धुलीतिरका दुईजना थिए ‘मार्केटिङ’ विभागमा काम गर्ने । उनीहरुसँग दैनिकजसो क्यान्टिनमा भेट हुन्थ्यो । सारै मिजासिला र भद्र थिए दुबैजना । 
‘तपाईले यो युनिटीको बारेमा केही सुन्नुभएको छ ?’ एकदिन उनीहरुमध्य एकले मसँग जिज्ञासा राखे । 
‘अहँ छैन ।’
‘लौ त्यसो भए यसमा सदस्य बन्नुप¥यो सर । तपाईले तीनजना बनाएपछि उनीहरुले पनि तपाईले जस्तै तीनजना सदस्य थप्दै जान्छन् । त्यसपछि त तपाई के यस्तो पत्रकारिता गर्दै झोला बोकेर हिँड्नुप¥यो ? तपाईका दुखका दिन जान्छन् सर’ अर्काले थपे ।
मलाई सितिमिति अर्काले देखाएको लोभले तान्दैन । क्यान्टिनमा मैले पिएको चियाको पैसा पनि तिर्दै उनीहरु भन्दैगए–‘हामीलाई देख्नुभा छ नि सरले ? समाचारपत्रको मात्र तलबले हामीलाई के हुन्छ र ? हामी यहाँ १० देखि ५ बजेसम्म काम गछौं । समाचारपत्रको यो ब्राण्ड अनि फोरमले गर्दा धेरै ठाउँमा जान्छौं, जनसम्पर्क बढाउन सजिलो भएको छ । हामी त अहिले युनिटीबाट महिनाको ३५ हजार खान्छौं ।’
उनीहरुले एक घण्टा लगाएर युनिटी के हो भन्नेदेखि लिएर यसका लगानीकर्ता को हुन् ? अनि यसमा लाग्दाका फाइदाका बारेमा सुनाए । उनीहरुको कुरा सुन्दा लाग्थ्यो कि यो कतै रत्नपार्कमा बेच्न राखेका औषधि जस्तै त होइन । टाउको दुखेपनि निको बनाउने, पेट दुखेपनि चट्टै पार्ने, । काटेको ठाउँमा दल्दा पनि हुने, गानोगोला जेलाई पनि निको बनाउने औषधि भनेर जो रत्नपार्कमा कराएर बेचिन्छ । 
युनिटीमा लाग्दा निशुल्क बिमा, हुनेदेखि छोराछोरीलाई पठनपाठन सबै सित्तैमा हुनेसम्म भने उनीहरुले । नहुने काम कुनै थिएन युनिटीबाट । सबै मिल्छ–मात्र सदस्य बन्नुप¥यो ।
उनीहरुले मलाई सदस्य बनाउन हरसंभव प्रयास गरे । तर मैले म जे छु त्यसैमा ठीक छु, मलाई कुनै ठूलो महत्वाकांक्षा केही छैन भनेपछि उनीहरु विस्तारै लाखापाखा भए । म पनि समाचारपत्रबाट पाखा लागेर नागरिक दैनिकमा पुगेँ । 
त्यसको झण्डै पाँच वर्षपछि २०६६ को एक हिउँद ती दुई भाईसँग भेट भयो–बानेश्वरस्थित तत्कालिन संविधान सभा भवनको पश्चिमपट्टि सडकमा । युनिटीबाट धेरै मान्छे ठगिएपछि सरकारले प्रतिवन्ध लगायो । अनि त्यसका नाइकेहरुमा भागाभाग भयो । छोटा नाइकेहरु चाँहि संविधान सभा पश्चिमको सडक कव्जा गरेर तत्कालिन सरकार र अर्थमन्त्रि सुरेन्द्र पाण्डेलाई तथानाम गाली गर्दैथिए । अनि त्यही हुलमा भेटिए ती दुई भाई ।
‘हेर्नुस, यो संस्था नराम्रो हुँदै होइन । मान्छे खराब भयो भन्दैमा लाखौ मान्छेको अर्बौै लगानी सरकारले डुबाइदिने ?’ दुईभाई मध्य एकले मसँग जिज्ञासा राखे । ‘मलाई थाहा थियो यो दिन आउँछ भनेर त्यसैले तपाईहरुले जतिनै लोभ देखाउँदा पनि म आकर्षित भइन,’ मेरो जवाफ थियो । उनीहरु पछिल्लो समयमा समाचारपत्र समेत छाडेर पुरै युनिटीमा संलग्न थिए । महिनाको ८०÷९० हजार रुपैयाँ कमाई हुँदो रहेछ । अनि किन समाचारपत्रमै झुण्डिरहनु ?
अन्ततः युनिटी सदाको लागि बन्दै भयो । थाहा छैन ठूलो रकम खेलाउने बानी परिसकेका ती दुई भाई यतिखेर कहाँ भौतारिइरहेका छन् ।
अमेरिकामा यतिखेर ‘इन्सुरेन्स’ का नाममा युनिटीकै जस्तै गरि प्रोडक्ट बिक्री भइरहेको रहेछ । त्यो पनि नेपालीले नेपालीलाईनै फँसाउनेगरि । बिमाका नाममा २० वर्षसम्म डलर तिरिरहने अनि २० वर्षभित्र मरिएन भने त्यो पैसा पुरै फँस्ने, मरियो भने परिवारले रकम पाउने जुन हिसाबले अहिले बाहिर बजारमा चर्चा भएको छ त्यो युनिटीभन्दा कुनैपनि हालतमा अलग प्रकारको होइन । 
नेपालीहरु, जस्ले बिमाको नाममा यो प्रोडक्ट किनेका छन् तिनीहरु यस्तो अवस्थामा छन् कि–नत अघि बढ्नका लागि मनले मान्छ, नत पछि हट्ननै सक्ने स्थिती छ । अघि बढौं भने तिरेको डलर फिर्ता आउने कुनै ग्यारेन्टी छैन । पछि हटौं त अहिलेसम्म जे जति हजारौं डलर तिरिएको छ त्यो सबै ‘ढुस’ हुन्छ । नेपालीको अवस्था ‘भुङ्ग्राबाट उम्केको माछा तावामा’ भनेझैं छ । 
यो टिप्पणीकारले बुझेसम्म बीमा भन्ने चिज भविष्यमा आइपर्ने संभावित कुनै खतरालाई मोल्नका लागि पहिलेदेखिनै गरिने लगानी वा दायित्वको हस्तान्तरण हो । तर अहिले अमेरिकाको नेपाली समाजमा अधिकांशले साथीभाई, चिनजान, नातेदारबाट लिएका केही बीमा नामधारी ‘प्रोडक्ट’ बाट त्यो प्रतिफल पाउन अवस्था नरहेको स्वयम् खरिदकर्ता एवं ग्राहकहरुले बताइरहेका छन् । 
बीमा भन्ने चिज आपूm स्वस्थ हुँदामात्र लिन सकिन्छ । रोगी व्यक्ति कोही कसैलाई पनि बीमा कम्पनीले यो प्रोडक्ट दिँदैनन् । अर्थात रोगीलाई बीमा गर्दा कम्पनीलाई खतराको संभावना ज्यादा हुन्छ, जुनसुकै बेला चुक्ता गर्नुपर्ने कारणले गर्दा बीमा गर्नुपूर्ब राम्रा र स्तरीय कम्पनीहरुले अनिवार्य स्वास्थ परिक्षण गर्छन् । 
अर्को कुरा व्यक्तिको मानवमूल्य भन्दा धेरैको बीमा कम्पनीले स्विकृती पनि दिँदैन । बीमा गर्दा व्यक्तिको आम्दानी, उसको खर्चका क्षेत्रहरु सबै हिसाब गरिन्छ । तिर्नसक्ने रकमलाई मात्र कम्पनीले स्विकार गर्छन । तर अमेरिकाका केही कम्पनीहरुले व्यक्ति वा परिवारको आम्दानी महिनाको एकहजार पाँचसय भएपनि चारसय डलर प्रिमिमय तिराएर बीमा नामका प्रोडकट बेचिरहेको रहस्य समेत यतिखेर खुलेको छ । 
मानवमूल्य भन्दा बढी रकमको बीमा किन्न सल्लाह दिने एजेन्ट वा बीमा अभिकर्तापनि देखिए यतिखेर । अनि कतिपयले त आफ्नो कमिसन ज्यादा आउने भएर यस्तो काममा संलग्न भएको पनि भेटिएका छन् । किनकी उनीहरुले बीमा गर्नेको आर्थिक अवस्था, उसको क्षमताको विचारै नगरि आफ्नो नाफमात्र हेरेर सर्वसाधारण नेपालीलाई फँसाएर कमिसन बढाउने दाउ गरेको तथ्य उजागर भएको छ । 
कति समयसम्मको बीमा ग्राहकलाई आवश्यक परेको हो ? त्यसको बारेमा राम्रोसँग जानकारी दिनुपर्ने, यसका प्रकृयाका विषयमा समेत जानकारी राम्रोसँग जानकारी दिएरमात्र बीमा गर्नुपर्नेमा एजेन्टहरुले ठूलो ‘स्पाइरल बाइण्डिङ’ दिएर गोलमोटल भाषामा बताउने गरेको समेत जानकारी आएको छ । अनि अन्तिममा ‘मलाई विश्वास गर्नुहोस्, यो एक दिनको व्यबसाय होइन, नेपाली समाजका प्रतिष्ठित व्यक्तिहरुका नाम लिँदै फलानो फलानो पनि सदस्य भएर यो बीमा किन्नुभएको छ’ भन्दै भिडाउने गरेको तथ्य समेत बाहिर आइसकेको छ । तर यो विषयमा यतिखेर सबै एजेन्टहरु चुप छन् । बाहिर चर्चा भए अनुसार उनीहरु आफ्ना ग्राहकलाई थामथुम पार्न सामाजीक सञ्जाल र यो विषयमा लेख, समाचार लेख्ने पत्रकार अनि मिडिया विरुद्ध मुद्धा दायर गर्ने धम्की पनि दिदैछन् भन्ने सुनिन्छ । औपचारिक रुपमा कोही बोल्दैनन् । यदि यसो हो भने यो उनीहरुको अर्को ठूलो महाभुल हुनेछ । किनकी एउटा गल्तीबाट जोगिन जसरी सिलसिलेबर रुपमा अपराधीले अरु अपराध गर्दै हिँड्छ नेपाली समाजका सदस्यलाई बीमाको नाममा निकम्मा प्रोडक्ट बेच्नेको हविगत त्यो भन्दा गतिलो अवश्य हुनेछैन । 
उनीहरुले प्राप्त गर्ने कमिशनका विषयमा नेपाली समाजका कसैको पनि गुनासो छैन । मात्र निकम्मा प्रोडक्ट, त्यो पनि गोलमटोल कुरा, विश्वासलाई घात गरेर भिडाइयो भन्नेमा मात्र समाजका सदस्यहरुको चिन्ता र चासो हो । काम गरेपछि कमिसन स्वभाविक रुपमा मिल्ने कुरा हो । तर आफ्नै समाजका आमा–बुबा, दाजुभाई, दिदीबहिनीहरुलाई यस्तो निकम्मा चिज राम्रोसँग बुझाउँदा पनि नबुझाई भिडाउँदा उहाँहरुले धेरैपटक सोचविचार गर्नुपथ्र्यो । अनि लामो समयदेखि यस्तो नियम कानुनको कडाई भएको मुलुकमा बस्दा उहाँहरुले निकै ख्याल पनि गर्नुपथ्र्यो । आफ्नोमात्र स्वार्थलाई हेरेर यस्तो चिज आफ्नै समाजका सदस्यलाई भिडाउनु कुनै पनि हालतमा क्षम्य हुनसक्दैन ।  
संसारमा द्रुतगतिमा जे पनि प्रगति हुन्छ त्यसको टिकाउ लामो हुँदैन । प्राकृतिक रुपमा भएको वृद्धिदरनै लामो समय टिकाउ हुन्छ । अस्वभाविक वृद्धिदर भनेको सुन्निनु हो मोटाउनु होइन । असहज वृद्धिदरको चाँडै अन्त्य हुन्छ भन्ने ध्रुबसत्य हो । जसरी युनिटीमा लागेर सुरुमै मैले उल्लेख गरेका दुई दाजुभाईले कमाए । पछि कम्पनीनै बन्द भएपछि उनीहरु घरनघाटका भए । सञ्चालकहरु जेलमा सडे । अहिले अमेरिकामा नेपाली समाजका सदस्यलाई बीमाको नाममा निल्नु र ओकल्नुको प्रोडक्ट भिडाउनेको अवस्था त्यस्तो नआओस् । काम गर्दा कमजोरी भएको छ भने यति ठूलो प्रजातन्त्र र मानव अधिकारको ग्यारेन्टी भएको मुलुकमा नेपाली समाजकै अघिल्तिर आएर स्विकार्न सक्नुपर्छ । उल्टो बाहिर–बाहिर बाह्र सत्ताइस कुरा गर्दै अरु सर्वसाधारणलाई ‘मुर्गा’ बनाउने योजनामा कोही लागिरहन्छ भने तिनले एकदिन समाज र राज्यबाट अवश्य दण्ड भोग्नुपर्नेछ ।
- See more at: http://www.himalayakhabar.com/detail/60888.html#sthash.R0oOcl3y.dpufhttp://www.himalayakhabar.com/detail/60888.html
बिमा विवाद: सोझै हेर्दा, बेच्नेलाई फाईदा  
म यो जीवन विमा रद्द गरूँ कि श्रीमती ४ वर्षभित्र मरून् भनेर कामना गरौं !?

narayan
- नारायण अधिकारी
अहिले अमेरिकामा जीवन विमासम्बन्धी निकै तातोतातो बहस चलिरहेको छ । जीवन विमा बेच्ने एजेन्टले क्रेताको विमासम्बन्धी अज्ञानताको फाइदा उठाउँदै महँगो दरमा कमसल खालको विमा बेचेको भन्ने आरोप लागेको छ । यस्तो विमाबाट केही व्यक्तिहरू ठगिइसकेको र अब अरू नेपालीहरू नठगिइयून् भन्ने उद्देश्यले विभिन्न सञ्चारमाध्यमहरूदेखि लिएर सामाजिक सञ्जालहरूमा पनि जीवन विमाका नाममा नेपालीहरूले नेपालीहरूलाई ठगिरहेको भनेर व्यापक मिडियावाजी भएको छ ।
यहाँ यति भनिरहँदा मैले यो पनि भन्नै पर्छ कि एक जना जीवन विमा एजेन्टले मेरी श्रीमतीलाई पनि जीवन विमा बेचेका रहेछन् जसको जानकारी मलाई केही महिनापछि मात्र अवगत भयो जसको महिनामरी तिर्नुपर्ने प्रिमियम रकम २०२ डलर रहेको छ ।
जीवन विमा लिने कि नलिने भन्ने बारेमा म स्वयम् दोधारमा छु किनभने यसको फाइदा बेफाइदाको बारेमा मैले गम्भीर भएर अध्ययन गरेको छैन । केही विमा विक्रेताहरूसँग कुरा गरी उनीहरुको कुरा सुन्दा उनीहरूको कुरा उनीहरूले नै बुझ्दैनन् जस्तो लाग्छ मलाई । फेरि यो जीवन विमाको प्रक्रिया यति जटिल तरिकाले बनाइएको छ कि यसलाई बुझ्न एक घण्टाको कक्षाले होइन, एक सेमेष्टरको लागि स्कुल नै जानुपर्ने बिमारी पैदा गर्दछ । तसर्थ, जसले जति जीवन विमा किनेका छन्, बुझेर होइन, नबुझी विश्वासका आधारमा किनेका छन्, साथीको नाताका आधारमा किनेका छन्, विमा आपत्–विपद् पर्दाको आर्थिक क्षति मात्र नभई कुनै विपद् नआए पनि उच्च व्याजदरमा पैसा फिर्ता पाइने लगानी हो भनेर बुझाइएको आधारमा किनेका छन् र त्योभन्दा बढी विमा एजेन्टको कचकच खप्न नसकेर शान्तिका लागि किनेका छन् तर विमा लिइसकेपछि एजेन्टहरु शान्तितिर, क्रेताको घर अशान्तितिर गएको अवस्था छ ।
ल, एजेन्टले भनेको कुरा पनि मानियो, पत्याइयो, तर वास्तवमा त्यो नै आधिकारिक हो कि होइन भन्ने कुराको कुनै ग्यारेन्टी पनि छैन किनभने उनीहरू विमा बेच्ने तालिम प्राप्त बिक्रेताहरू त हुन् तर उनीहरूले दिएको सूचना वास्तविक हो कि होइन भनेर बुझ्न उनीहरूले भनेको विमा कम्पनिको कार्यालयीय सेवा भने उपलब्ध छैन । फोनमा कुरा गर्ने हो भने एउटाले अर्कोलाई, अर्कोले अर्कोलाई ट्रान्सफर गर्दागर्दै कुन चाहिँ आधिकारिक उत्तर हो वा होइनन भन्ने नै थाहा हुँदैन ।
वीमा आफैंमा नराम्रो कुरा होइन । तर यो वीमा कस्तो खालको हो भन्ने कुरा बुझ्न भने अति जरूरी रहेको बुझिन आएको छ अबको परिवेशमा । यसलाई अहिले नै हतारमा ठगी हो, ठगिएकै हो, ठगेकै हो भनेर घोषणा गरिहाल्ने बेला भने भएको छैन । त्यसैले, म अहिले विमाको यो विवादित विषयमाथि अध्ययन गरिहेको छु । फेरि यहाँ माथि उल्लिखित मेरो घरमा प्रवेश गरेको जीवन विमा बारे म नै अनभिज्ञ रहेको छु । यसबारेमा पनि एउटा रोचक प्रसंग नै छ, भनिहालौं ।
मैले श्रीमतीलाई सोधें– तिमीले के बुझेर यो विमा मेरो जानकारी र सहमति विना लियौ ? उनी भन्छिन्, बिक्रेताले भनेको छ– “यो चार वर्षका लागि गरिएको विमा हो । चार वर्षमा म मास छर्न गएँ भने २,५०,००० डलर तिमीले पाउँछौ । यदि म गइँन भने १३ प्रतिशतका दरले ब्याजसहित ४ वर्षपछि सो रकम झिक्न पाइन्छ ।” यसको अतिरिक्त पछि बालबच्चाहरूलाई कलेज पढ्न पाइने सुविधा आदि इत्यादि त कति हो कति ।
मैले सोचें, मासिक २०२ डलरका दरले ४ वर्ष अर्थात् ४८ महिना अर्थात् ९,६९६ डलर तिरेपछि पाइने एकमुष्ट रकम २,५०,००० ??!! अँह, यो हुन सक्दैन । हे प्रभु ! म यो जीवन विमा रद्द गरूँ कि श्रीमती ४ वर्षभित्र मरून् भनेर कामना गरौं । मरून् नै भनेर कामना गर्ने हो भने ४ वर्ष नै किन ? भरे नै भनेर पो कामना गर्नुपर्ने भयो त प्रभु ! छ्या कस्तो, ३५ वर्षकी मेरी श्रीमतीप्रति जीवन विमाले उत्पन्न गराएको यस्तो कुभावनाप्रति म आफैं लज्जित छु ।
अब एजेन्टको भनाइ र मेरी श्रीमतीको बुझाइअनुसार कथंकदाचित म केही भएँ भनें पाउने २,५०,००० डलर वा ४ वर्ष पूरा भएपछि म केही भइँन भनें पनि १३ प्रतिशतका दरले रकम फिर्ता भएपछि त बैंकमा राख्नुभन्दा यही फाइदा भएन त बूढा ? भन्ने श्रीमतीको प्रश्नको जवाफमा विमाको त्यस्तो अपत्यारिलो योजनाप्रति कसरी विश्वास गर्यौ ? भनेर लामै बहस गर्दा पनि मैले उनलाई बुझाउन सकिँन । मेरो कुराभन्दा उनले एजेन्टकै कुरामा बढी विश्वास गरिन् । ए बाबा ! कस्तो मन्त्र लगाइदिएछन् यिनीहरूले ।
यो वहसमै करीब ५ महिना बिते अर्थात् यो बहसको मूल्य १००० डलर परिसक्यो । अब उता कति बढ्ने हो । यही क्रममा, एक दिन अचानक सामाजिक सञ्जालमा एक जना विमा एजेन्टले आफ्नो एक हप्ताको पे–चेक २८,००० छ भनेर फुके । त्यसपछि सुरू भयो विमा एजेन्टहरूको कालो कर्तुत भनेर मिडिया र सामाजिक सञ्जाहरूमा चर्चा परिचर्चा ।
त्यसपछि मैले सुरू गरें मेरो एजेन्टलाई सम्पर्क गर्न । एजेन्ट सम्पर्क आएनन् । उनले मलाई चाँडै भेट्ने र यसबारे सविस्तार बुझाउने भनेर २ पटक सन्देश गरे पनि वास्तवमा भेट्न चाहिँ अहिलेसम्म आएका छैनन् ।
जीवन विमा कानुनी र सही प्रक्रिया भए पनि एजेन्टहरू यस मामालिमा सम्पर्कमा आउन नचाहनु र उनीहरूको आम्दानी अपत्यारिलो छ भनी स्वघोषणा गरिनुले वास्तवमा उनीहरूले नेपालीहरूलाई बेचेको विमा पोलेसी भनेको क्रेतालाई भन्दा विक्रेतालाई सय प्रतिशतले नाफा हुने रहेछ भन्ने कुरा चाहिँ सोझो आँखाले पनि देखिन्छ ।
तसर्थ, यो विश्वास अविश्वासले ठूलो झ्याँग नलिँदै विमा एजेन्टहरू हो, आऊ र प्रतिवाद गर विमाद्वारा हामी ठगियौं भन्नेहरूको मञ्चमा आएर । यदि तिमीहरु सही छौ भने उनीहरु कसरी ठगिए अथवा ठगिएनन् भनेर सार्वजनिक रुपमा भन । यसको लागि उनीहरूले आह्वान पनि गरेका छन् । समस्याको समाधान भागेर हुँदैन, सामना गरेर हुन्छ । - http://www.pearlstjournal.com/np/?p=9924

‘धिक्कार’ मेरा सन्तान–दरसन्तान इन्स्योरेन्स एजेन्ट नबनुन् ! - शिव प्रकाश

 बोस्टनका एक मित्रले इन्स्योरेन्समा आफू ठगिएको दुःखेसो पोख्दै भने– मेरा सन्तान–दरसन्तान इन्स्योरेन्स एजेन्ट नबनुन् ! इन्स्योरेन्सको प्रसंगलाई पुनः जोड्ने छु । यसअघि म किन ‘धिक्कार’ लेख्दै छु ? आफैंमा उब्जिएको यो प्रश्नको जवाफ पनि आफैं दिदै छु ।
‘धिक्कार’ शिर्षक राखेर यसअघि एउटा लेखेको थिएँ । अन्य शिर्षकामा जोडेर थप केही लेखहरु पनि लेखेँ । जसलाई अग्रज तथा पाठकमित्रहरुले रुचाइदिनु भो । खुसी लाग्यो ।
यो शिर्षकमा केही लेखेपछि ‘धिक्कार’लाई अभियानका रुपमा चलाउनु पर्ने सुझाव पुराना पत्रकार तथा लेखक रमेश शर्माले दिनुभयो । यसबारेमा हामीबीच चर्चापरिचर्चा अझै चलिरेको छ ।
एउटा थोत्रो मित्र राजेश मिश्र, जो दशक अगाडिसम्म पत्रकारिता र लेखनमा सक्रिय थियो । खासमा सक्रिय मात्र थिएन, एक कलमबाजका रुपमा थियो । नेपालका थोरै पत्रकार र लेखकमध्ये निर्भिक र इमान्दार मानिन्थ्यो, मेरो नजरमा । तिनै थोरै पत्रकार र लेखक मध्ये उसको कलमको निभ मलाई धारिलो तरबारको तीखो टुप्पो जस्तो लाग्थ्यो, यद्यपि लाग्छ । साँध लगाउँन नछोड्नु है राजेश ।
पत्रपत्रिकामा तरबारको तीखो टुप्पोले कोरेका उसका शब्दहरुको पाठक
थिएँ, म । यद्यपि छु ।
dhikkar1
किन ‘धिक्कार’ लेख्दै छु ? आफैंमा उब्जिएको यो प्रश्नको जवाफ पनि आफैं दिदै छु । ‘धिक्कार’ शिर्षक राखेर यसअघि एउटा लेखेको थिएँ । अन्य शिर्षकामा जोडेर थप केही लेखहरु पनि लेखेँ । जसलाई अग्रज तथा पाठकमित्रहरुले रुचाइदिनु भो । खुसी लाग्यो । यो शिर्षकमा केही लेखेपछि ‘धिक्कार’लाई अभियानका रुपमा चलाउनु पर्ने सुझाव पुराना पत्रकार तथा लेखक रमेश शर्माले दिनुभयो । यसबारेमा हामीबीच चर्चापरिचर्चा अझै चलिरेको छ ।
निष्ठाको बाटो हो, पत्रकारिता र लेखन । राजनीति जस्तो सेवा हैन तर पेशा हो । जसलाई व्यवासाय पनि भन्न सकिन्छ तर व्यपार हैन । धिक्कार भन्नै पर्छ, यस्तो पवित्र पेशालाई पनि कतिले व्यापार बनाएका छन् ।
सेवा ठानिएको राजनीतिको कुरा नगरे हुन्छ । नेपालमा राजनीति व्यवासाय, व्यवसायभन्दा बढी व्यापार र व्यापारभन्दा बढी कालाबजारीको पर्याय भएको छ । लेख्नु र धिक्कार भन्नु बाहेक यिनका लागि हामीले गर्ने दवाई अरु केही छैन । हाम्रो दवाईले कहिल्यै छुदैन, तै पनि हामी गरिरहेका छौं । राजनीतिमा कालाबजारी व्यापार बढ्दो छ, धिक्कार !
पत्रकारिता र लेखनलाई पनि व्यापार बनाउने धेरै छन् । अमेरिकामा जीवन विमाका नाउँमा नेपालीले नेपालीलाई डरलाग्दो किसिमले ठगी गरेर बदनाम् भएजस्तो पत्रकारिता र लेखनका नाउँमा बदनाम भएका कथितहरुको पनि कमी छैन । कुन स्तरका छन् ती कथितहरु धेरै पठाकलाई थाह नै छ । कथिहरुप्रति पनि धिक्कार भन्नु बाहेक केही छैन ।
एउटा कुरामा विश्वस्त छु– मान्छे जे हो त्यही नै हो, सुध्रिए जस्तो देखिन्छ तर असल मान्छे सुध्रिन जरुरत नै छैन । खराब कहिल्यै सुध्रिदैन । खराबले अन्ततः खराबै परिणाम दिन्छ । जिउँदो उदाहरण हो, अमेरिकामा ‘मृत्यु विमा’ प्रकम्प ! धिक्कार !
मेरो विश्वासले भन्छ, राजेश पत्रकारितालाई व्यवसाय बनाउन चाहन्छ तर व्यपार हैन । उनको स्वभाव र आचरण व्यपार गर्ने खालको छैन । स्पष्ट र निर्भिक मान्छेले व्यापार गर्न जान्दैन । सक्दैन । व्यापारमा दलाली चाहिन्छ । त्यस्ता टेढाले के दलाली गर्नु ?
बल्ल बुझ्दै छु, जसले धेरै चिल्लो घस्दैन, त्यसले सायद कहिल्यै चिप्ल्याउँदैन ।
राजेश र मेरो एकदुई स्वाभावमा एकरुपता देखेको छु । ऊ पनि मभन्दा कम खस्रो छैन । म जस्तै अमेरिकामा धेरै वर्ष शितनिद्रामा बसेपछि अहिले जागेको छ । लेख्न थालेको छ । लेखनसँगै पर्लस्ट्रिट जर्नल (pearlstjournal.com),  नेपाली र अँग्रेजी दुबै भाषामा प्रकाशित हुने यो पोर्टल संचालनमा ल्याएको छ । लेख्ने मान्छे न हो, चुपचाप बस्न सक्दैन । विषय र बस्तुहरुले चिमोट्छन् ।
मित्रताको सम्बन्धले यो पोर्टलसँग मलाई पनि जोड्यो । समय–समयमा ‘धिक्कार’ स्तम्भ अन्र्तगत केही लेख्ने बाचा मित्रसँग गरेको छु । भित्री मनले गरेको छु, मित्रप्रति विश्वास गरेर गरेको छु ।
भन्न त बोस्टनका एक मित्रले भनेका थिए, मान्छेसँग मित्रता र सम्बन्ध भित्री मनले गाँस्ने नै हैन । त्यो दिन झल्याँस्स भए, ती मित्रले पनि मसँग कस्तो सम्बन्ध राखेका रहेछन् ? जसलाई भित्रैदेखि विश्वास गर्थे । कमजोरी नै भन्नु प¥यो, मन र बोली कहिल्यै फरक बनाउँन सकिन । प्रयास गर्छु हुदैन । मनमा जे छ मुहारमा झल्कीहाल्छ, टर्रो स्वाद घोलिएको बोली फुटिहाल्छ, हुनु कसरी ? कुटिलता मसँग ‘फिट’ नहुने शब्द भएको छ, अहिलेसम्म ।

scam
जीवन विमा भनेर बेचेका ती बस्तु जुन किन्नका लागि हैन, बेच्नका लागि मात्र बनाएका रहेछन्, तिनैलाई मैले ‘मृत्यु विमा’ नामाकरण गरेको छु । ‘मृत्यु विमा’ जसले किनेका छन् तिनले गुमाउनु बाहेक जीवनभर पाउने केही छैन । विमाले तोकेको वर्ष, दिन र समयभित्र मृत्यु भयो भने हकवालाले केही पाउन सक्छ । त्यो पनि तोकिएको दिन र समयभित्रै मृत्यु नभए सबै गुम्छ । केही पाउन विमाको ‘स्क्याजुएल’ अनुसार मर्नु पर्ने भएकोले ‘मृत्यु विमा’ भनेको हुँ

जे होस्, अमेरिकाका नेपालीमित्रले, नेपालीमित्र र आफन्तलाई विश्वास गरेर ‘जीवन विमा’ नाउँका ‘मृत्यु विमा’को किनबेच जस्तो हुनेछैन हाम्रो समन्ध भन्ने विश्वास छ ।
मित्रतामा कति शक्ति हुन्छ ? हामी देखाउँन सकूँ । मित्रले मित्रसँग ‘मृत्यु बिमा’ किनेर पछुताए जस्तो हामीले पछुताउनु पर्ने छैन भन्ने विश्वास पनि छ । एकले अर्कालाई ‘धिक्कार’ भन्नु पर्ने छैन भन्ने विश्वास झन् बलियो छ । ‘धिक्कार’ स्तम्भमा लेखिरहने छु भन्ने भित्री विश्वासले जितेको छ ।
‘धिक्कार’ स्तम्भ अन्तर्गतको लेखन कतै व्यङ्ग्यात्मक, कतै मूर्त–अमूर्त शैलीमा हुने छ । ‘घागी’मा कथाहरु ‘प्रयोग’ गरिए जस्तै यो स्तम्भ लेखनमा ‘नयाँ प्रयोग’ हुन सक्छ । धिक्कार भन्न लायकका आफ्ना भोगाई र जीवनका रङ्गहरुलाई उतार्ने प्रयत्न गर्ने छु । चित्त नबुझेका र असंगत कामकुरालाई ‘धिक्कार’ भन्छु, चित्त बुझाउँछु ।
भोगाईको मेसोमा अहिले अमेरिकाको नेपाली समाजमा छाएको विमा आतङ्क छ । जीवन विमा भनेर बेचेका ती बस्तु जुन किन्नका लागि हैन, बेच्नका लागि मात्र बनाएका रहेछन्, तिनैलाई मैले ‘मृत्यु विमा’ नामाकरण गरेको छु ।
‘मृत्यु विमा’ जसले किनेका छन् तिनले गुमाउनु बाहेक जीवनभर पाउने केही छैन । विमाले तोकेको वर्ष, दिन र समयभित्र मृत्यु भयो भने हकवालाले केही पाउन सक्छ । त्यो पनि तोकिएको दिन र समयभित्रै मृत्यु नभए सबै गुम्छ । केही पाउन विमाको ‘स्क्याजुएल’ अनुसार मर्नु पर्ने भएकोले ‘मृत्यु विमा’ भनेको हुँ ।
संसारका सबै बस्तु, सबै पशु र सबै मान्छे खराब छैनन् । हामी सुनेको भरमा असल र खराब छुट्याउँछौं जुन आफैंमा खराब हो । त्यो खराब कमजोरी हामी सबैमा हुन्छ नै प्रायः ।
मित्रलाई भने, त्यसैको सिकार हुन भो, खराबका फेला पर्नु भो ।
म बचेँ ! नत्र म पनि फस्ने थिएँ, मित्रताको माखेसाङ्लो नतोडेको भए । नाई भन्न सायद सक्दिनथे । नसक्नुको कारण हुन्थ्यो– भित्री मनले मित्र ठान्नु र विश्वास गर्नु । मन र मुख फरक पार्न आफूले नजान्नु । अरुले पारेको नबुझ्नु ।
मित्रताको माखेसाङ्लोमा फसेका मित्रहरु अहिले ‘मृत्यु विमा’को गहिरो कुवामा फसेका छन् । निस्कन गाह्रो भएको छ ।
मित्रहरु, मान्छे सबैभन्दा बढी दाह्रा र नङ्ग्रा भएका पशुसँग डराउँछ तर अहिले चर्चामा आएको विमा आतंकले मान्छेसँगै मान्छे सबैभन्दा बढी डराउनु पर्ने देखाएको छ ।
इन्स्योरेन्स स्क्याण्डलका बारेमा धेरै लेख्दिन, लेखिसकेको छु । किन लेखेँ भन्ने कुरा पनि लेखिसकेको छु । लेखक–पत्रकारले बाटो देखाउन सक्छ तर डो¥याएर हिड्न सक्दैन । तै पनि केही प्रश्न उब्जिएका छन्– के सबै इन्स्योरेन्स खराब हुन्छन् ? के सबै एजेन्ट पनि उस्तै खराब हुन्छन ? के इन्स्योरेन्स ऐजेन्ट भनेको दलाल हो ? ठग हो ?
अमेरिकामा जीवन विमाका नाउँमा नेपालीले नेपालीलाई डरलाग्दो किसिमले ठगी गरेर बदनाम् भएजस्तो पत्रकारिता र लेखनका नाउँमा बदनाम भएका कथितहरुको पनि कमी छैन । कुन स्तरका छन् ती कथितहरु धेरै पठाकलाई थाह नै छ । कथिहरुप्रति पनि धिक्कार भन्नु बाहेक केही छैन ।
पक्कै होइन, तर पनि यी प्रश्नले सामुहिक उत्तर खोजेका छन् । पेशालाई मर्यादित बनाउनु पर्ने जिम्मेवारी बढेको छ । यो जिम्मेवारी व्यक्तिगत मात्र हैन, सामाजिक पनि हो ।
कुनै पनि पेशा आफैमा खराब हुदैन । यदि खराब छ भने त्यो पेशा हुदैन । त्यो पेशा, जुन पेशाले अर्काको आत्मा रुवाएर आफूलाई खुसी बनाउँछ, त्यो पेशा हुदैन । त्यो पेशा, जुन पेशाले अर्काको गाँस खोसेर आफ्नो मुख मिठ्याइदिन्छ, त्यो पनि पेशा हुदैन । त्यो पेशा, जुन पेशाले अर्काको कपास लुछेर आफू सिँगारिदिन्छ, त्यो पनि पेशा हुदैन । नेपालको ‘हर्वो’ जस्तो धन्धा हुन्छ ।
पेशागत धर्मको सीमान्त रेखा पार ग¥यो भने जुनसुकै पेशा पनि धन्धामा परिणत हुन्छ । त्यतिबेला त्यो धन्धा हुन्छ, जब कसैले मित्रता तथा सामुदायिक साइनो र नाता जोडर अमेरिका जस्तो ठाउँमा जीवन विमाका नाउँमा ‘मृत्यु विमा’ बेचेर रातारात धनी बन्ने र सुखसयलमा बाच्ने सपना बुन्छ ।
मित्रहरु, लेख्दा हामीले जति जिम्मेवार भएर लेख्नु पर्ने हुन्छ, त्योभन्दा बढी जिम्मेवार हरेक पेशाका व्यक्तिले हुन जरुरी छ । नहुदा सम्पूर्ण पेशाप्रति नै घृणा र शङ्का पैदा हुन सक्छ, जसरी अहिले अमेरिकाको नेपाली र भुटानी शरणार्थी समुहमा बेचिएका विमाले पैदा गरेको छ ।
मेरा सन्तान–दरसन्तन विमा एजेन्ट नबनुन् भन्ने अवस्थमा पुगेको यो ‘मत्यु विमा’ प्रकरणका बारेमा ‘धिक्कार’ भन्नु बाहेक अब मसँग अरु कुनै शब्द छैनन्  - http://www.pearlstjournal.com/np/?p=9715
(सन् २००८ तिर बोस्टनको चीसोमा शिवप्रकाश र मेरो लेखन र लेखकीय धर्मबारे तात्तातो बहस हुन्थ्यो, प्रत्येक दिन। ती सबै संग्रह गरेको भए शिवप्रकाशको “घाघी” भन्दा धेरै पहिले एउटा अर्कै पुस्तक प्रकाशित भैसक्नेथियो। तर हामी पछि आफ्नो बाटो लाग्यौं। अहिले समयक्रमले हाम्रो फेरि भेट भएको छ, कहिले उ लेखक, म पाठक, कहिले म लेखक, उ समालोचक। “ठुला ठुला कुरा लेखेर काम छैन, आम जनतालाई चाखलाग्दो तरिकाले झक्झ्क्याउन सके पुग्छ,” उसको सदाबहार बाणी हो यो। झर्रो मान्छेको टर्रो लेखन। )
-राजेश मिश्र (सम्पादक)

 ***************************
-  मिलनकुमार शाही
अहिले अमेरिकी नेपाली समाजमा जीवन बीमाका बारेमा निकै चर्चा–परिचर्चा चलिरहेको छ । अझ भन्नुपर्दा एकअर्काप्रति आरोप–प्रत्यारोप लगाइएका छन् । जीवन बीमा बेच्ने एजेन्टलाई ठगी गरिएको आरोप लगाइएको छ । जहाँ गहुँ पिस्दा घुन पनि पिसिएजस्तै राम्रो मनसाय र नेपाली समाजलाई बीमासम्बन्धी राम्रो ज्ञान बाँडेर आम्दानीअनुसारको उपयुक्त जीवन बीमा बेच्ने एजेन्टहरुसमेत एउटै घानमा परेका छन् । जुन यतिबेला नेपाली समाजले छुट्याउन गाह्रो भइरहेको महसुस गरेका छन् । अमेरिकामा तथ्यांक संकलन गर्ने हो भने अधिकांश नेपालीहरुले जीवन बीमा खरिद गरेको पाइन्छ । जहाँ बीमासम्बन्धी विनाजानकारी र विना ज्ञान बीमा खरिद गरिएको छ ।
समाजलाई दिशानिर्देश गर्ने समाजसेवी, समाजमा भएका गन्धकीहरुलाई गन्हाउन नदिई बाहिर ल्याई उजागर गर्न सक्षम पत्रकार तथा सञ्चारकर्मीहरुसमेत यसबाट अछुतो छैनन् । जीवन बीमालाई सही अर्थमा लिने हो भने यो आफैंमा राम्रो र लाभदायक मानिन्छ । किनकि जीवनको यो गाडी कुन घुम्तीमा कहाँ मोडिंदा कसरी र कतिबेला दुर्घटना हुन्छ, थाहा हुँदैन । प्रत्येक व्यक्तिलाई आफ्नो परिवारको माया हुन्छ र आफू मरेर परिवारलाई सुखी र जीवन्त राख्न चाहन्छ । त्यसकारण मानिस जीवन बीमा किन्छ ।

के हो त जीवन बीमा ?

छोटकरीमा भन्नुपर्दा जीवन बीमा भनेको कुनै पनि व्यक्तिले बीमा कम्पनीसँग गरिने करार, जुन आफ्नो मृत्युपछि आफूमाथि निर्भर रहेका परिवारका सदस्यलाई प्राप्त हुने एकमुष्ठ रकम बुझाउँछ । जसले आफ्नो अनुपस्थितिमा परिवारको गर्जो टार्न सकोस् । यसरी जीवन बीमा बजारमा विभिन्न किसिमका हुन्छन् । औसत नेपालीलाई उपयुक्त हुने बीमाहरुमध्ये होल लाइफ, कस्टम होल लाइफ, टर्म लाइफलगायत छन् । होल लाइफ इन्सुरेन्स तपाईंले करार गरेको दिनदेखि मृत्यु हुँदाका दिनसम्म तिर्नुपर्ने हुन्छ, तर यसो भनिरहँदा जीवनभर नै तपाईंको आफ्नो पकेटबाट तिर्न चाहिं पर्दैन । बरु केही निश्चित समयपछि तपाईंले तिरेको एकमुष्ठ रकमबाट हिसाबमा आउने लाभांशबाट बाँकी समयको प्रिमियम तिरिंदै जान्छ । जुन समय भनेको तत्कालीन समयअनुरुप कम्तीमा १६–२५ वर्षसम्म तिर्नुपर्ने हुन्छ ।
यसैगरी कष्टम होल लाइफमा तपाईंले आफ्नो सुविधाअनुसार टाइम फ्रेम बनाएर करार गर्दाकै दिनमा तोक्न सक्नुहुनेछ, कहिलेसम्म तिर्ने भनेर । बचत भएको सो रकम समयावधि समाप्त भइसकेपछि आफूलाई आवश्यक परेमा आफ्नै जीवनकालमा ७० प्रतिशत रकम प्रयोग गर्न सकिन्छ र बीमा गरिएको कुल रकम पनि सुरक्षित नै रहन्छ । जुन रकम क्यास भ्यालुका रुपमा आफूले जम्मा गरेको रकमभन्दा बढी हुन जान्छ । उदाहरणका लागि २० वर्षको कष्टम होललाइफमा महिनाको २ सय डलर जम्मा गर्दै जाँदा २० वर्षमा ४८ हजार रकम जम्मा गर्नुभयो भने यसको क्यास भ्यालु सोभन्दा बढी हुने हुन्छ । औसतमा यो रकम बजारभाउअनुसार डिभिडेन्ट १.५ गुणासम्म वृद्धि हुने गर्दछ ।
औसतमा यो खालको लाइफ इन्सुरेन्सको मासिक प्रिमियम अलि बढी तिर्नुपर्ने र ग्यारेन्टीसमेत हुने हुन्छ । र, सबै इन्सुरेन्स कम्पनीले यस खालको इन्सुरेन्स बेच्दैनन् ।
टर्म लाइफ इन्सुरेन्स एउटा टाइम फ्रेमभित्र गरिने कररार, जुन समयावधिभित्र इन्सुरेन्स लिने व्यक्तिको मृत्यु भएमा मात्र यसबाट लाभान्वित हुन्छ । अन्यथा बुझाइएको रकम शून्य हुन्छ । यो खालको इन्सुरेन्स सस्तो हुन्छ । जुन अलि उमेर पुगेका पाका व्यक्तिहरुले गर्दा राम्रो हुन्छ । र, यो प्रायःगरी ५ देखि ३० वर्षसम्मका हुन्छन् ।
यसरी यी मुख्य इन्सुरेन्सहरुको परिभाषा हेर्दा लाइफ इन्सुरेन्स लिंदा आफ्नो जीवनको उत्तराद्र्धतिर आइपुग्दा होस् या आफू दुर्घटनामा परेर मृत्यु हुँदा होस्, एक किसिमको आफूमाथि निर्भर रहेका व्यक्तिहरुका लागि आफूले गरिदिएको बचत पनि हो । तर, अहिले आएर यसलाई एक किसिमको जुवाघरजस्तो बनाइएको छ । जुवाघरमा खेल्ने व्यक्तिहरु सधैं घाटामा भए पनि जुवाघर सधैं मुनाफामा नै रहन्छ । ठीक त्यसैगरी अमेरिकी नेपाली समाजमा बीमा गराउने एजेन्टहरु मात्र लाभान्वित भइरहेका छन् । इन्सुरेन्स खरिद गर्ने व्यक्तिहरु मार परेका छन् । कारण इन्सुरेन्स बेच्ने दलालहरु नेपालीहरुको सोझोपन, भाषाको समस्या अति नै छिटो विश्वास गरिहाल्ने बानी र भद्रपनको फाइदा उठाइरहेका छन् । त्यसैले यिनीहरुको व्यापार मौलाइरहेको पाइन्छ । सामान्यतया इन्सुरेन्स बेच्नका लागि त्यस विषयमा पढेर परीक्षा पास गरी लाइसेन्स प्राप्त हुनुपर्दछ । त्यसैगरी इन्सुरेन्स किन्ने व्यक्तिलाई सरल भाषामा सबै कुरा सम्झाई बुझाई अनुमति लिएर मात्र बेच्नुपर्दछ । करकाप गर्न मिल्दैन । परिवारको कुल आम्दानीको औसतले हिसाब गरी सबै खर्च कटाएर बचेको रकमबाट मासिक प्रिमियम तिर्न सक्छ कि सक्दैन भनी एजेन्टले तथ्यांक निकालेर मात्रै बेच्नुपर्दछ ।
तर, यसो भएको छैन यहाँ । यदि इन्सुरेन्स गर्ने परिवारको आम्दानी कम छ भने फर्जी आम्दानी देखाई आम्दानीलाई बढाइचढाइँ गरिदिएर घरका प्रत्येक परिवारका सदस्यहरुलाई इन्सुरेन्स भिडाइएको तथ्यहरु सार्वजनिक भएका छन् । एउटै व्यक्तिलाई होल लाइफ इन्सुरेन्ससँग ५ वर्षे छोटो अवधिको टर्म लाइफ इन्सुरेन्स भिडाइएका छन् । जसले गर्दा एजेन्टलाई २ वटा कमिसन एउटै व्यक्तिबाट पाइने हुन्छ । २५ वर्षको व्यक्तिलाई किन ५ वर्षे टर्म लाइफ इन्सुरेन्स चाहियो ? टर्मलाइफ इन्सुरेन्स भनेको त कम्तीमा ३५–४० वर्ष नाघेका व्यक्तिलाई बढीभन्दा बढी अर्थात् २०–३० वर्षको माथिको लिंदा पो यसको महत्व बढेर जान्छ । कोही पनि ५ वर्षमा मर्ने चाहना त राख्दैन नि । अनि किन जानी–जानी आफ्नो दोब्बर कमिसनको चक्करमा आफ्नै समाजभित्र मन मिल्ने साथीभाइ तथा परिवारलाई फसाइन्छ ?
इन्सुरेन्स गर्नका लागि आवश्यक इन्सुरेन्स किन्नेलाई कि एजेन्टलाई ? यहाँ त इन्सुरेन्स किन्दासम्म फोन आतंक नै हुने, दिनमा दशौं पटक फोन आइरहने । मानिस न हो, फोन आतंकबाट वाक्कदिक्क भएर आफ्नो लागि नभई एजेन्टका लागि इन्सुरेन्स किन्ने व्यक्तिहरु पनि भेटिए । प्रायः अमेरिकी समाजमा हजुरबुबा, हजुरआमाले आफ्ना ससाना नाति–नातिनलाई मायाको चिनो भनेर उनीहरुका नाममा इन्सुरेन्स किनिदिने चलन छ । तर, त्यही देखासिकी गरेर हाम्रा नेपाली एजेन्टहरुले अनेक बहाना, प्रलोभन र ठूल्ठूला सपना देखाई ससाना दुधे बालकको नाममा उनैक बाबुआमालाई इन्सुरेन्स बेचेर आर्थिक भार थोपरिदिएका छन् । जसले गर्दा २ देखि ८–१० वर्षसम्म तिरिसकेकाले आर्थिक बोझ थाम्न नसकेर भटाभट सरेन्डर गरिरहेका छन् । जसले गर्दा त्यस्ता परिवारले आफैले खुन–पसिना एक गरी कमाएको हजारौं डलर गुमाउन बाध्य भएका छन् ।
एकथरी नेटवर्किङ बिजनेससँग सम्बन्धित र सञ्चालित इन्सुरेन्समा लागेका छन् । त्यस्ता कतिपय इन्सुरेन्स छन्, जुन सीमित समयपछि क्यास भ्यालु शून्य भएर जान्छ र त्यसको केही महत्व हुँदैन । जुन कुरा किन्ने व्यक्तिलाई न बताइएको हुन्छ, न त किन्ने व्यक्तिले इन्सुरेन्स किन्दा दिइएको इन्सुरेन्ससम्बन्धी विवरण किताब नै खोलेर पढेको हुन्छ । कारण एजेन्टप्रतिको पूर्ण विश्वास र भाषाको समस्या । यसरी नेपाली समुदायमा यहाँसम्म देखियो कि परिवारको एक जनाले लाइसेन्स लिएको छ भने अनय सदस्यहरुले पनि इन्सुरेन्स बेचेको पाइयो । यस्तो किसिमको घृणित कार्य कानूनतः दण्डनीय हुन्छ ।

कस्ता छन् इन्सुरेन्स एजेन्टहरु ?

प्रायः गरेर अमेरिकी नेपाली समाजमा इन्सुरेन्स एजेन्टहरु समाजसेवामा लागेका, कुनै न कुनै संघसंस्थासँग आबद्ध भएका हुन्छन् । यदि लाइसेन्स लिने बेलासम्ममा समाजसेवी हुन भ्याएको छैन र संघसंस्थामा आबद्ध भइसकेको छैन भने उसको पहिलो प्रमुख काम भनेको कुनै न कुनै संघसंस्थामा आबद्ध भई समाजसेवीका रुपमा परिचय दिनु हो । त्यस्ता व्यक्तिहरुले कुनै पनि संघसंस्थाका कार्यक्रमहरु, कार्यशाला गोष्ठीहरु तथा विभिन्न खाले कार्यक्रमहरुमा भाग लिन पुग्दछन् र आफ्नो बिजनेस कार्ड बाँड्ने, आफ्नो परिचय आफू सम्बन्धित रहेको संस्थासँग गराउने, फोन नम्बर लिने गर्दछन् न कि कार्यक्रमप्रति उसको चासो रहन्छ ।
त्यसैगरी कोही नयाँ व्यक्ति नेपालबाट अमेरिका झरेको अर्को दिनदेखि उसको पछि लाग्ने गरिन्छ । नयाँ व्यक्ति, न जागिर, न आम्दानी, न त बस्ने ठेगान केही हुँदैन । तर पनि उसलाई फकाई फुस्लाई, लालच र प्रलोभन देखाई इन्सुरेन्स बेचिन्छ ।
यसरी नेपाली समुदायमा बढ्दै गइरहेको जीवन बीमासम्बन्धी ठगीलाई विगत केही वर्षदेखि औंल्याउन थालिएको भए पनि अहिले आएर यो अमेरिकामा मात्रै होइन, विश्वमै नेपालीहरुमाझ चर्चाको विषय बनेको छ । समाजसेवी, अधिकारकर्मी, पत्रकार तथा सञ्चारकर्मीहरु यसलाई उदांगो पार्नका लागि एक भएका छन् । अब यतिबेला नेपाली समाजलाई यस्ता चण्डाल, ठगहरुको चंगुलबाट निकाल्नु छ भने पीडित मात्रै होइन, सम्पूर्ण प्रवासी नेपाली एकजुट भई विनापूर्वाग्रह कारबाहीको हदसम्म पुग्नुपर्ने देखिन्छ । जसको परिणामस्वरुप अन्य ठगीहरु जस्तै काम लगाइदिन्छु भन्दै ठग्ने तथा नेपालबाट परिवार झिकाइदिन्छु भन्दै मोटो रकम ठग्ने दलालीहरु पनि निरुत्साहित हुन् ।
हरेक कुरामा एकता जरुरी छ, नेपालीको एकता हरेक बाधा, अड्चन छिचोल्न सफल रहेको विगतमा पनि प्रमाणित भइसकेको छ । आउनुहोस् जातजाति, गुट–उपगुट तथा राजनीतिमा विभाजित नभई केवल नेपाली भनेर चिनौं र चिनाऔं । आऔं सबै मिली एकै स्वरमा भनौं– नेपाली एकता जिन्दावाद ! - http://vishwanews.com/MenuPages/content/details.aspx?cat=20&news_id=10387

अमेरिकामा नेपाली विमा आतंक !

- शरद पोखरेल

पछिल्लो समय अमेरिकाको नेपाली समाजमा विमा ठगी काण्डहरु एक पछि अर्को गर्दे सतहमा आइरहेका छन । विशेषत अमेरिकि नेपाली समाजका लव्ध प्रतिष्ठित देखि विभिन्न उच्च तप्काका व्यक्तिहरु यस काण्डमा मुछिएका छन । जसले सवैमा अन्योलको वातावरण छाएको छ ।   
मूलतः अमेरिकी समाज सयौ वर्ष देखि विमामा आधारित छ । यहाँ प्रायःले आफ्नो व्यक्तिगत स–साना सम्पतिहरु देखि जीवनको विमा पनि गरेका हुन्छन । विमाका प्रकारहरु र त्यसवाट पाउने प्रतिफल पनि यता धेरै प्रकारका छन । यता विमा कंम्पनीहरु पनि पारर्दशी र परेको वेलामा छिटो छरितो सेवा दिने खालका हुन्छन । त्यसैले आज अमेरिकी समाजमा विमा जीवनको एउटा अभिन्न अंग झै विकसित  छ भन्दा अत्युक्ति नहोला । 
कसरी आयो अमेरिकामा नेपाली विमा समस्या ?
सधारणतया विमा गर्दा दुई थरी संलग्न हुन्छन । विमा कम्पनी र विमित व्यक्ति । विमा कम्पनीले विमिति व्यक्तिको सुविधाका लागी विमा अभिकर्ता वा एजेन्ट नियुत्ति गर्छ । जसले कम्पनी र विमित व्यक्तिको सहजकर्ताको भूमिका निर्वाह गर्दछ । मूलतः यस्ता एजेन्टहरुले आफ्ना गा्रहकलाई लिन लागेका विमाको गुण – दोष, मुनाफा आदिको यथार्थ जानकारी गराउछन र विमा कम्पनिका विगत र वर्तमान आदि सवै छर्लङ्ग पार्छन ।  
यस्तै यता विमा पनि धेरै थरीका छन । त्यसमा कति वाध्यकारी छन भने कति चाहि सो इच्छाका । अमेरिकाको नेपाली समाजमा लोकप्रिय रहेको विमा जीवन विमा हो । जुन सो इच्छाको हुन्छ । प्रायः नेपालीहरुले यो विमा
आफ्नो कमाई र विमाको प्रतिफलका आधारमा लिने गर्छन । जसका लागी यहाँ स्थित एजेन्टहरुको सहायता नेपालीहरुले लिन्छन । 
हाल नेपाली विमा एजेन्टहरु अमेरिकामा प्रसस्तै पाइन्छन । प्रत्येक नयाँ गा्रहकवाट कमाई राम्रै हुने हुदा  नेपाली विमा एजेन्टहरु गा्रहकहरुको खोजिमा सधै भौतारिरहेका हुन्छन । यस्ता एजेन्टहरुले अंग्रेजी राम्ररी नवुझ्ने र विश्वासमा विमा लिन खोज्ने सोझा नेपालीहरुलाई एकथरी विमाका नाउँमा अर्को थरी कमसल खालका विमा झुक्काएर भिडाएका प्रसस्त उदाहरणहरु पाइन्छन । प्रायः यस्ता विमा ग्राहक कम एजेन्ट वढि फाइदाका हुन्छन । यसरी एउटा नेपालीवाट अर्को नेपाली ठगिरहेको यता प्रसस्त भेट्टाइन्छन । 
विमा वेच्न के के गर्छन एजेन्टहरु ?
अमेरिकी नेपालीहरु माझ सवभन्दा चल्तीमा रहेको विमा जीवन विमा हो । जसको जालो यहाँको नेपाली समाजमा मज्जाले गाजिएको छ । अनौपचारिक तथ्याङक अनुसार हाल पाँच नेपाली मध्ये एक संग जीवन विमा छ । जीवन विमा लोकप्रिय भएरै हुनपर्छ यसका एजेन्टहरु पनि यता प्रसस्तै भेटिन्छन । 
हुनत जीवन वीमा गराउने सवै एजेन्टहरु खरावै छन भन्ने हैन । यद्यपि केहि कथित सुकिला मुकिला एजेन्टहरुले गलत मनशाय राखि आफ्नो स्वार्थ मात्र हेर्दिदा यो व्यवसाय शंका उपशंका को घेरामा पर्न थालेको छ । विमा गराउनकै लागी हिजो आज केहि सिमित नेपाली एजेन्टहरुले यता अस्वाभाविक हतकण्डा अपनाइ रहेका छन । 
यस्ता एजेन्टहरु घरमा आउने, सम्वन्ध वढाउने, दाई भाईको नाता कायम गर्ने, काम खोज्दिने, एरपोर्टमा पुराउन जाने, लिन आउने मात्र हैन परेको वेलामा ग्रोसरी स्टोरवाट सागसव्जी वोकेर ल्याइदिने काम पनि गर्छन । उता नेपालमा झै अपनत्व नपाएर छटपटि रहेका नेपालीहरु कसैको सानो सहयोग पाउँदा सजिलै विश्वास गर्छन जसको फाइदा उठाउँदै विमा एजेन्टहरुले उनीहरुलाई कमसल विमा सजिलै भिडाउँछन । विमाका कारण  ठगिएका सोझा नेपालीहरुको यथार्थ जान्न हिजो आज यता टाढा जान पर्देन ।
कसरी हुन्छ यो समस्या समाधान ?
हाल अमेरिकि नेपाली समाजका केहि प्रवुद्ध लेखक, समाजसेवी, वुद्धिजिवी र विमा पिडितहरुले आफू विमा एजेन्टहरुवाट ठगिन पुगेको कुरा लगातार विभिन्न माध्यमहरुवाट अगाडि ल्याइरहेका छन । उनीहरुले कसरी मानिसहरु ठगिएका छन ? कस्तो कस्तो विमामा नेपालीहरु वढि ठगिन्छन ? देखि सहि जीवन वीमाका आधारहरु के के हुन र यो कसरी गर्ने ? जस्ता यावत जानकारी मूलक विश्लेषण  लेखका माध्यमद्धारा जनसामु ल्याइरहेका छन । उनीहरुले यस वारेमा छलफल एवं वहस पनि गरिरहेका छन । यसवाहेक विमा एजेन्टहरुलाई समस्या समाधानका लागी खुला वहसमा आउन पनि आव्हान गरिरएको छ । जसलाई सकारात्मक मान्न पर्छ ।
उता एजेन्टहरु भने पिडितहरुको आव्हानलाई वेवास्ता गर्दे आफू कानूनी उपचारमा लाग्ने भन्दै धम्कि पूर्ण मनसायले चिठि पत्र पेरित गरिरहेका छन । जसलाई सहि मान्न सकिदैन । कुरा जे भए पनि  तथ्यहरुलाई पहिल्याउदा भन्न सकिन्छ नेपालीहरु जीवन विमामा ठगिएका छन । अनौपचारीक तथ्याङक् अनुसार नै पनि जीवन विमा गरेका चार जना मध्ये एक नेपाली ठगिएका छन । यद्यपि विडम्वना ठग्ने र ठगिने दुई थरी नेपालीहरु विच हिलो छयाप्पा छयाप् भैरहदा यहाका नेपाली संघ संस्था भने मौन छन । समस्या समाधानका लागी पहलकदमी कतै वाट भएको देखिदैन ।
अमेरिकि कागजलाई आधार मान्दा कानूनी उपचारमा कसैको जीत र कसैको हार त होला नै । सायद अवका दिनमा त्यसले त्यति महत्व पनि नराख्ला । महत्व त त्यसले राख्छ जसले हाम्रो विश्वास जित्छ अनि नैतिकतामा खरो उत्रन्छ । किनकी हाम्रो विश्वास अनि नैतिकता यहाँ देखि नेपाल सम्म गासिएको छ । हाम्रो आधार यहा देखि नेपाल सम्म गासिएको छ । यसैले यो समस्या डर धम्कि भन्दा आपसी सदभावले  सुल्झाउदा जाति होला ।
- See more at: http://www.himalayakhabar.com/detail/60889.html#sthash.vdX7Gjjq.dpuf 
 भिजन फर नेपालको आयोजनामा भर्जिनिया को फेयरफेक्स च्यान्टिलिमा अहिले अमेरिकामा भैरहेको इन्स्योरेन्स ठगी प्रकरणका बारेमा टाउन हल मिटिङ सम्पन्न


भिजन फर नेपालको आयोजनामा भर्जिनिया को फेयरफेक्स च्यान्टिलिमा अहिले अमेरिकामा भैरहेको इन्स्योरेन्स ठगी प्रकरणका बारेमा  एउटा समाजका केही अगुवाहरु, मिडियाकर्मीहरु, ठगी प्रकरणमा परेका पीडितहरुको उपस्थितिमा टाउन हल मिटिङ सम्पन्न भयो । टाउन हल मिटिङ पत्रकार कृष्ण शर्माले सँचालन गर्नुभएको थियो । कार्यक्रममा इन्स्योरेन्स बिशेषज्ञ अनिल खनाल, पीडित ग्राहक मध्ये बाट सम्झना आत्रेय पोखरेल, इन्स्योरेन्स ठगी प्रकरणका पर्दाफासकर्ता, नेपाल मदर डट कमका प्रधान सम्पादक रामप्रसाद खनाल सँग प्रश्नोत्तर गरिएको थियो भने डिसी नेपालका संचालक डा. रामहरि सुबेदी, समाजसेबीहरु अमर प्रसाइ, पवन खनाल बूर्लाकोटी, राम प्रसाद बस्याल, मन थापा मगर, सुदीप भद्र खनाल, दधी ढुंगाना, लक्ष्मी गौडेल लगायतका अन्य सहभागीले इन्स्योरेन्स स्क्यान्डल का बारेमा आ आफ्न धारणा राख्दै नेपाली एजेन्ट हरु द्वारा नेपाली ग्राहक ठगिनु दुर्भाग्य भएको बताउँदै यसको पूर्ण रोकथाम गरिनुपर्ने मा जोड दिनुभयो । उक्त दुई घण्टा लामो टाउन हल मिटिङका भिदियो फोटोहरु तल आफै यसरी बोल्छन ।   



Please visit these all news links about this insurance scandal



 


लोक गायक रामप्रसाद खनालले अमेरिकामा ईन्सुरेन्सबाट ५ बर्षमा ५२ ...
लोक गायक रामप्रसाद खनालले अमेरिकामा ईन्सुरेन्सबाट ५ बर्षमा आँफु करिब ४० हजार डलर ठगिएको गुनासो पोखे ।
Posted by DCnepal on Sunday, February 28, 2016


Life insurance fine
Posted by DCnepal.com on Sunday, February 28, 2016


Insurance
Posted by DCnepal.com on Sunday, February 28, 2016


























                             

 

अमेरिकामा ‘लाइफ इन्स्योरेन्स ठगी’ प्रकरण- फसियो कि क्या हो ?? - पुष्कर बराल

केहि दिन यता अमेरीकी नेपाली समाजमा लाईफ ईन्सुरेन्सको बारे अनेक चर्चा परी चर्चाले ठुलै बहसको रूप लिएको छ । ज-जस्ले बुझि-नबुझी लाईफ ईन्सुरेन्स अर्थात जीवन बिमा लिएका थिए उनिहरुको मन रातदिन अहिले भत्भती पोलेको छ ।
बिडम्बना स्वदेशमा उचित रोजगारी ,सुबिधा र अबसरको अभाबले हजारौ हामी सके ठुला, नसके सानै देश भएपनि जाने आफु र आफ्नो परीवारको स्थिर गिर्दो आर्थीक स्थितिलाई संबृद्ध बनाउने योजना बनाउछौ सपनाहरु सजाउछौ । भारी मन लिएर हामी बिदेसीन्छौ।
भर्खरैको एउटा तथ्याङ्कले करीब ४० लाख नेपाली बिदेशी श्रम बजारमा रहेको तथ्याङ्क बाहिर ल्याएको थियो । यो तथ्याङ्कले कुन नेपालीको मनमा चिसो नपस्ला र। यति ठुलो जनशक्ति आज बिदेशमा पलायन छ।  आफ्नै देशमा किन अबसर र संभावनाहरु खुलेनन् र खुल्दैनन् । यस्को चित्त बुझ्दो उत्तर कुनै देशभक्त राजनेताले कहिले दिन सक्ने छैनन। औंलामा गन्न सकिने केहि देशहरु मध्ये धेरै नेपालीहरु रहेको देशमा अमेरीका पनी पर्छ । डिभी, बिजनेस, स्टूडेण्ट्स, भिजीट, साथै अनेक भिसामा अमेरीका आएर कर्मभूमि बनाएर बस्ने नेपालीको संख्या करीब ३ लाखको हाराहारीमा पुगेको बताइन्छ। आजभोली अमेरीकीसमाज भित्र साह्रै फैलीएको नाफाको बिजनेस हो जीवन बिमा । अमेरीका पनि बिमा बेच्न सके सजिलै पैसा कमाउन सकिने हुनाले यो धन्दामा नेपाली एजेन्टहरु पनि छ्यापछ्याप्ती पाईन्छन् चोक  स्ट्रीट र
कफि सपहरुमा ।
जीवन बिमा २ खालका हुन्छन् अस्थाई र स्थाई ।अस्थाई बिमामा थोरै रकम तिरीरहनु पर्दछ । यो भनेको भईपरी केहि भईहाले आफ्नो परीवारलाई केहि प्रोत्साहन होस भनेर गरीने बिमा हो । यसमा तिरैको रकम फिर्ता हुँदैन । स्थाई भनेको होल लाईफ ईन्सुरेन्स हो ।यसमा निश्चित बर्ष तिरै मात्रै पुग्छ । जानेर बुझेर जीवन बिमा लिएका भन्दा नजानेरै साथी भाईको लहलहैमा, आफ्नै नातागोता र आफ्नै सम्झिएकाहरु बाट जबरजस्त यो पाईन्छ र उ पाईन्छ भन्दै ईन्द्रणी सपना देखाएर भिराईन्छ लाईफ ईन्सुरेन्स । बुझेर लिनेको पो लिएको भनिन्छ त ।
२०/३० बर्ष पछि यति बेनीफिट र उति बेनीफिट आउछ भन्दै झुटा सपना देखाएर बिमा गराउनु भनेको भिराएकै हो । निस्चित बर्ष पुरा भए देखि केहि प्रतिशत कटाएर रकम फिर्ता त आउंछ तर १०० प्रतिशत कुनै हालतमा आउदैन । बिमा कर्ताको बिमा अवधी भित्रै  मृत्यु भईहाले पनि ३० प्रतिशत सम्म कटाएर (कम्पनि हेरी फरक) पैसा आउने रै'छ । आफुले तिरेको सबै प्रीमियम पैसा भन्दा यो पाउने रकम बढी हुनाले बिमाको पैसा पाउने नातोदार चुप लाग्ने सत्य हो ।
एजेन्टहरुले भर्खर नेपाल बाट आएकालाई बढी टार्गेट गरीएको मैले अनगीन्ति देखेको छु ।  म आफै पनि यस्को सिकार भएँ । किन त भन्दा उनिहरुले त्यति बुझ्नै पाएका हुन्नन् । हुन पनि हो आफन्त साथीभाईहरुले नै भने पछि कसरी बिस्वाश नगर्नु । बिस्वाश गरी लियो अनि महिनै पिच्छे १०० देखि ४००/५०० डलर सम्म आफ्नो अकाऊन्ट बाट पैसा काट्न थालेपछि मन कटक्क काट्न थाल्दछ पिरहरुले । हामी आफ्नो मृत्यु कति नजिक देख्छौ र आतिएर जीवन बिमा किन्दछौ।
मैले पनि  १ बर्ष अगाडी बिमा लिएको थिए ।केही नेपाली कलाकारहरुले पनि लिए यो त निकै राम्रो हो भन्दै । म पनि त्यो लहलहैमा संगै दौडिए । मैले त बुझेको थिईन उनिहरुले त बुझेका होलान् भनेको त झनै कोरा पो रहेछन । अलि पछि यता उता सोधे ठिकै होला भने जानेबुझेकाले । अझै चित्त नबुझेर वेबसाईटमा नजर डुलाए । त्यहा त झन अनगीन्ति सपनाहरु रोपिएको रहेछ मख्ख पो परे । संसारमा सबै भन्दा बढी देखिने भनेको आफैले कुल्चीएको धरती र सपनाहरु हो ।
धरती सत्य हुन्छ भने सपना असत्य हुन सक्छन् । तर हामी बिमाका यस्तै सपना हरुमा फसियो । दलालले देखाएका सपनाहरु किनेर पुर्पुरोमा हात लगाएर बस्ने दिन आयो ।
आज भोली त्यहि मैले बिमा किनेको कम्पनि लगाएतले धेरैलाई ठगेको समाचारहरु बाहिर आई रहेका छन् । के म लगायत हजारौ ठगिएकै हौ त ? भर्खरै मात्र बिमा किनेका मित्र राजु शाह भन्छन् 'एजेन्टले मेरो यति पईन्ट पुगेन उति पुगेन तपाईले जसरीनी मेरै ईन्सुरेन्स किनिदिनु भनि रात दिन हैरान पारे पछि महिनावारी ३०० डलर तिर्नु पर्नेगरी बिमा किनेको छु।' उनले थपे - 'संम्बन्धनै बिग्रने भएपछि किनिदीए।  तर आजभोली मन भत्तभती पोल्न थालेको छ।'
आज म र राजु लगाएत हजारौको मनमा फसियोकी क्या हो भनेर छातिमा आगो दन्कन थालेको छ ।आफ्नो लगानी डुब्ने संकामा सबै नेपाली लगायत चिन्तित छन् । ज-जस्लाई आफु ठगीएको जस्तो लागेको छ, फसेको जस्तो लागेको छ आजै बिचार गरौ । खुलेर कुरा गरौ ।  एजेन्टसंग 'बाज संग सर्प' डराएझै डराउनु पर्दैन। यस्तो मुलुकमा पगेर पनि सोझा साझाको कमाईबाट महल ठड्याउने हरुलाई चेतना भया। - साभार ; सेतोपाटी
http://global.setopati.com/america/1536/


See these links too
http://global.setopati.com/america/1536/
http://global.setopati.com/america/1526/
http://global.setopati.com/america/1515/
http://www.nepalmother.com/2016/02/exclusive.html
http://www.nepalmother.com/2016/02/blog-post_44.html
http://www.nepalmother.com/2016/02/blog-post_25.html


https://www.facebook.com/rpkhanal/posts/10207483295013769

 

अमेरिकी नेपालीमा विमा आतंक !


शिव प्रकाश र दिनेश कार्की लेख्नुहुन्छ :  
logoजीवन बिमा के हो ? किन ? केका लागि ? कुरै नबुझी हामी धेरैले किन्यौ । तर किन किन्यौ विश्वासका कारणले किन्यौं । नेपालीले नेपालीमाथि विश्वास गर्यौं । जीवन बिमा अहिले अमेरिकामा रहेका नेपाली र भुटानी नेपाली शरणार्थीका घरघर चर्चा र त्रासको विषय बनेको छ । यो आलेखमा मुख्यतः जीवन बिमामा हामी कहाँ र कसरी ठगिएका हुन सक्छौ भन्नेछ । यससँगै हामी यो विषयमा किन लेख्दैछौं भन्ने प्रश्न पनि अहम् भएको छ ।
हामी किन लेख्दै छौं ?
बजारको हल्ला पछाडि लागेका होइनौं । नेपालीले प्रायशः नेपालीलाई मात्र बेचेको इन्स्योरन्सका बारेमा सामाजिक सञ्जालमा एक्कासी चर्चा परिचर्चा हुन थाले । असन्तुष्टी व्यापक देखियो । धेरैले आफू ठगिएको प्रमाण सहित प्रतिकृयाहरु राखे । धेरै प्रतिकृयाहरु विश्लेषण गर्यौं । असन्तुष्टको भाषाले कतैकतै सामाजिक शिष्ठताका सीमा पनि नाघेको देखियो । त्यसको अर्थ, त्यो उग्र असन्तुष्टीको अभिव्यक्ति हो भन्ने ठान्यौं ।
यति धेरै क्रिया–प्रतिक्रिया भएपछि यो व्यक्तिगत हैन समाजिक विषय हो भन्नेमा हामी पुग्यौं । निक्कै ठूलो नेपाली समुदाय यसमा गाँसिएको देखियो ।
म शिव प्रकाशले एउटा कमेन्ट लेखेँ । विषयले व्यापकता पाउँदै गयो । मलाई फोन र टेक्स म्यासेज आउन थाले । केही मित्रबाट फरक खाले अवधारणा आए । तपाइँ जस्तो मान्छेले यस्ता कुरामा हात हाल्ने हैन, लेख्ने हैन । बरु हामीले के सहयोग गर्नुपर्छ, गर्छौ जस्ता अफर पनि आए । मलाई लाग्यो कतै लालचको चारो त फालिएको हैन ?
यो बिकाउ युगमा आफ्नो मूल्य नतोकी बस्नु पनि साह्रै गाह्रो रहेछ ।
हामी फेरि प्रतिकृया केलाउन थाल्यौं र सोच्न थाल्यौं । यो बिमा व्यापार किन नेपाली–नेपालीबीच मात्र भयो ? किन नेपालीले नेपालीलाई मात्रै बेच्यो ? अरु कसैका गुनासा किन छैनन् ? बिक्रेता पनि नेपाली र क्रेता पनि नेपाली मात्र किन छन् ? प्रतिकृयाहरु पनि यस्तै देखिए ।
त्यतिबेलासम्म एउटा कुनै बिमा कम्पनीको नाउँबाट बिना हस्ताक्षरको धम्कीपूर्ण विज्ञप्ति पनि सामाजिक सञ्जालमा फैलिसकेको थियो । आशय थियो–यसको बारेमा बोल्ने–लेख्नेका विरुद्ध अदालतमा मुद्दा दायर गरिनेछ ।
एक मित्रले राम्रो भाषामा मेरो प्रशंसा गर्दै त्यो धम्कीपूर्ण विज्ञप्ति मेरो म्यासेन्जरमा पठाउनु भयो । हेरेर छक्क परेँ । फोनमा कुरा गरौं भनेर म्यासेज पठाएँ । मित्रले फोन गर्नु भयो । मैले भने–तपाइँहरुले अर्को गल्ति गर्दै हुनुहुन्छ । यति हतारमा यो भाषाशैलीको, बिना हस्ताक्षरको यस्तो उर्दी जारी गर्नु भनेको तपाइँहरुको कामलाई झन् शंकास्पद बनाउनु हो भन्ने पनि बुझ्न सकिन्छ ।
मित्रले काम कस्तो गर्नु भएको छ थाह छैन । तर, कुरा ज्यादै ‘प्रोफेशनल म्यानर’मा गर्नु भयो । एउटा व्यावसायीक मान्छेमा हुनु पर्ने गुण गफमा देखाउनु भयो । जसको म प्रशंसा पनि गर्छु । उहाँलाई सुझाव दिदैं भने–तपाइँहरुले गलत इन्स्योरेन्स बेच्नु भएको छैन भने पब्लिक्ली सामना गर्नुस् । धेरै मान्छेले आफूलाई झुक्याइएको, ढाँटिएको, इन्स्योरेन्स सम्बन्धी सम्पूर्ण जानकारी नदिएको, ठगिएको कुरा लेख्नु भएको छ ।
उहाँहरु सँग कुरा गर्नुस् । उहाँहरुको चित्त बुझाउनुस् । कुनै ऐजेन्टले जानेर–नजानेर गल्ती गरेको छ भने कहाँ
गल्ती गर्यो, के के गर्यो, हल्लामात्र हो कि साच्चै हो, त्यसको खोजी गर्नुस् । गल्ती गर्ने एजेन्टलाई कारबाही गर्नुस् । सच्याउनुस्, आफ्नो र सँस्थाको इमेज बचाउनुस् । हामी सहयोग गर्न तयार छौं ।
मित्रले धम्क्याउन उद्धेश्यले हैन भन्दै विनम्रतापूर्वक सौहार्द्रता देखाउनु भयो । मलाई लाग्यो, एजेन्टहरु सबै खराब छैनन् ।
अर्का एक मित्रसँग कुरा भयो । बिना मेडिकल रिपोर्ट लाखौंको जीवन बिमा गर्न सकिन्छ भनेर सोधेँ । उहाँले सकिदैन भन्नु भयो । तर, आफू स्वयं भने यो व्यवसायमा नभए पनि पारिवारिक संलग्नता रहेको कुरा बताउनु भयो । ती मित्रले पनि मलाई यो विवादबाट टाढा रहन सुझाव दिनु भयो । उहाँले पनि राम्रै मान्छेले गर्ने ढंगले कुरा गर्नु भयो ।
भोलिपल्ट बिहानै फेसबुकमा उही उर्दी आएको छ । तर, फरक मान्छेबाट । मैले उहाँलाई प्रश्न गरेर टेक्स्ट म्यासेज लेखेँ । तपाइँले यो उर्दी मलाई किन पठाउनु भएको ? तपाइँ चाहनु हुन्छ भने कुरा गरौं । मेरो फोन नम्बर मैले पठाएँ । तर, उत्तर आएन ।
हामीलाई लाग्यो यो लरतरो विषय हैन । पिरामिड र नेटवर्किङ् बिजनेश खतरनाक हुन्छ भन्ने पनि सुनेको हो । जति सक्यो गहिराइमा पुग्नु पर्छ भन्ने लाग्यो । इस्योरेन्सका नाउँमा तीन–चार वर्षमै तीसौं–चालीसौं हजार डलर गुमाएका प्रमाणहरु सामाजिक सञ्जालमा फैलिन थाले ।
हामी अनुमान लगाउन थाल्यौं, अमेरिकाम तीन लाख नेपाली छन् भनिए पनि अपुष्ट अनुमानमा सात लाखभन्दा बढी छन् भनिन्छ । यही ‘स्पिड’मा यी मध्येका तीन लाख नेपालीले मात्र चार–पाँच वर्षमा बीस–तीस हजार डरलका दरले गुमाए भने पाँच–सात बिलियन डलर गुम्न सक्छ । पाँच–सात बिलियन भनेको त पाँच–सात खर्ब रुपैयाँ हो । यो भनेको नेपाली समूदायको ठूलो क्षति हो । यति पैसाले डाँडाकाँडा झिलिमिली पारेर नेपाल बनाउन सकिन्छ ।
हामीले सोच्यांै, लेख्ने कि नलेख्ने ? नलेख्ने भए किन नलेख्ने ? लालचमा परेर नलेख्ने ? त्रासका कारणले नलेख्ने ? लेख्ने भए केका लागि लेख्ने ? सधैं आफ्ना कुरा मात्र लेखेर जान्ने सुन्ने मात्र हुने कि समाजका लागि पनि केही लेख्ने ? लेखन भनेको के हो ? कसैलाई टल्काउने र सधैं खादा–माला भिरेर ‘फेसबुकको लाइक क्लव’ (लाइकको साटो लाइक गर्ने झुण्ड)मा रमाउनेहरुको रुद्रगाथा मात्र गाउने, लेख्ने ?
मान्छे समाजका लागि मर्न तयार हुन्छ भने हामी सत्य र फेला परेका तथ्यका बारेमा लेख्न किन तयार नहुने ? हामीले थोरबहुत भए पनि कलम चलाउन जानेको र पत्रकारिता गरेको केको लागि भन्ने सौच्यौं । समाजको हितका लागि लेख्ने निधो गयौंं ।
तर, अदालतमा लाने धम्कीहरु सामाजिक सञ्जालमा फैलिरहेका थिए । अझैं फैलिरहेका छन् । खोज पत्रकारितामा जानकार भाइहरु सहभागी हुनु भयो । यो ‘फ्रिडम अफ् स्पिच’ भएको देश हो । हामी धम्कीको सामना गर्न तयार भयौं ।
यसैबीच, मैलें (शिव प्रकाश) एक जोडीलाई भेटेँ । इन्स्योरेन्सका बारेमा कुरा हुँदै जाँदा मैले भने, मलाई पनि धेरै थाह छैन तर इण्डेक्स युनिभर्सल लाइफका कमजोरीका बारेमा भने केही बताउन सक्छु । मैले उहाँहरुलाई केही नमुना देखाएँ । दुबै छागाँबाट खसेजस्तो हुनु भयो ।
उहाँहरुलाई सोधेँ, एजेन्टलाई सोध्नु भएन ? उहाँहरुको जवाफ थियो–पाँचवर्ष पछि पैसा बढ्छ रे । मैले भने, यदि इन्डेक्स युनिभर्सल लाइफ इन्स्योरेन्स हो भने पाँच वर्षपछि तपाइँको पैसा बढ्ने हैन, यसरी बालुवामा पानी हुन सक्छ भनेर एउटा नमुना देखाएँ । इन्स्योरेन्स सम्बन्धी ज्ञान भएको मान्छेलाई वाइण्डिङ कपी देखाउनुस्, सबै छर्लङ्ग हुन्छ भन्ने सुझाव पनि दिएँ ।
न्याउँरो मुख लगाउनु भयो । जसले अरु कुनै कम्पनीबाट झण्डै साढे दुई वर्ष अघि इन्स्योरेन्स लिइसक्नु भएको रहेछ । करीब साढे चार हजार डलर तिरिसक्नु भएको रहेछ । त्यो पनि ल्याप्स भएछ ।
मनमनै लाग्यो, के मान्छेले यतिसम्म बेइमानी गर्न सक्छ ? हुन त मान्छे जस्तो बेइमान् प्राणी यो संसारमा अर्को छैन ।
दुःखको कमाई गुम्दाको अनुहार र सुन्दाको त्यो कथा कारुणिक थियो । धेरैले फोन गर्न थाल्नु भयो । धेरैका कथा र आक्रोस सुनिए । त्यसमध्ये एक मित्रले मलिन स्वरमा भन्नु भयो, सर म त बर्वाद भएँ, मेरो पुरै परिवारको छ । घरमा बस्न नसक्ने भएँ ।
हामीलाई कर्तव्य र दायित्वबोधले झन् थिच्यो । हामीले समूह बनायौं । इन्स्योरेन्स सम्बन्धि जानकार व्यक्तिबाट एउटै विषयमा तीन–चार जनाको मत लियौं । इन्स्योरेन्समा उल्लेख भएका तथ्याङ्का बारेमा पनि सबैलाई सोध्यौं । सबैको जवाफ उस्तै आयो । उहाँहरुले हामीलाई बुझाएका कुरा लेख्ने निधो गर्यौं । लेखनको प्रतिनिधित्व शिव प्रकाश र दिनेश कार्कीले गर्यौं । सोसियल इस्यूमा लेख्नु हामी लेखक/पत्रकारको कर्तव्य हो भन्ठान्यौं ।
यी कुरा लेख्दा अदालतमा जानु पर्छ र वयान दिनु पर्छ भने हामी तयार छौं । अदालतमै गएर उपभोक्ता अधिकार अर्थात ‘कन्जुमर राइट्’का बारेमा कुरा गर्न तयार छौं । त्यो दिन र समयको प्रतिक्षामा पनि हुन्छौं ।
जीवन बिमा बेच्दा ग्राहकलाई आफूले बेचेको बिमा सम्बन्धि सम्पूर्ण जानकारी दिएको छ, छैन ? त्यसको राम्रो–नराम्रो पक्षका बारेमा ग्राहकले बुझ्ने सरल भाषामा बुझाएको छ, छैन ? उसले बुझेर लियो कि नबुझी लियो ? भएका बिमा के भनेर क्यान्सिल गराइयो ? त्यसबाट हुन गएको क्षति कसले भर्ने ? इत्यादिका बारेमा पनि जवाफ दिन हामी तयार छौं ।
जीवन बिमाका बारेमा जान्नु पर्ने समान्य कुराः
सकेसम्म सामान्य र सबैले बुझ्ने भाषामा राख्ने प्रयत्न गरिएको छ । पूर्णतः भन्ने कुरा धेरै कुरामा नहुन सक्छ, यहाँ लेखिएका कुरालाई मात्र पूर्ण नमान्नु होला । आफैंले थप सोधीखोजी गरेर थप जानकारी पनि लिनु होला ।
१) आफूले तिरेको प्रिमियम ट्याक्स डिडक्टेबल हुन्छ कि न हुदैन ? हुदैन । यदि कुनै एजेन्टले भनेको छ भने त्यो पनि सरासर गलत हो ।
२) मेडिकल ट्रिटमेन्ट खर्च पाइन्छ कि पाइदैन ? साधरणतया पाइदैन । यदि तपाइँले त्यो अप्सन भएको बिमा किन्नु भएको छ भने पाउन सकिन्छ तर शतप्रतिश हैन । त्यो हेर्न र बुझ्न जरुरी छ, कति पाउनु हुन्छ ?
३) मेडिकल रिपोर्ट बिना कतिसम्मको जीवन बिमा गर्न सकिन्छ ? साधरणतया ५० हजार डलरसम्मको मात्र । यदि कसैले मेडिकल रिपोर्ट नै चाहिदै अथवा मेडिकल सम्बन्धी आवश्यक विवरण खुलाइएको छैन वा ढाटेर बिमा गराएको छ भने भोलि समस्या हुन सक्ने कुरा जानकारहरुले बताएका छन् ।
मेडिकल हिस्ट्री लुकाउँदा परेको बेलामा अप्ठ्यारो हुन सक्ने जानकारहरुको राय थियो । उमेरमा ४० वर्ष माथिको र रकममा लाख डलरभन्दा माथिको बिमा, मेडिकल रिपोर्ट बिना ‘नो वे’ अर्थात हुनै सक्दैन पनि भनेका छन् उनीहरुले । बिमा एजेन्टको ‘इथिक्स’ हुन्छ त्यो इथिक्सभन्दा बाहिर गएर कसैले यस्तो काम गरेको हुन सक्छ तर इन्स्योरेन्सको कपी नहेरी ग्यारेन्टी गर्न नसक्ने बताए । यससम्बन्धि तेस्रो पक्षको जानकार व्यक्ति सँग वा बिमा कम्पनी (एजेन्ट हैन)मा सिधै सम्पर्क गरेर बुझ्नु र निश्चित गर्नु बुद्धिमानी हुन सक्छ ।
बिमा किन्नु अघि हेल्थ इस्युका बारेमा सोधिने प्रश्नहरुको नमुना कपी यहाँ राखिएको छ । सबैसँग सबैको मिल्दोजुल्दो नहुन सक्छ तर लगभग यस्तै हुन्छ । यसको पनि जाँच गर्नु राम्रो हुन्छ ।

मूल प्रश्न, इन्स्योरेन्समा हामी कहाँ–कसरी ठगिएका हुन सक्छौ ?
संसारका सबै बस्त,सबै पशुहरु र सबै मान्छेहरु खराब नभए जस्तै सबै बिमा पनि खराब हुदैनन् । बिमा व्यवसायका मान्छे पनि सबै खराब हुदैनन् तर, अमेरिकाको नेपाली समुदायमा नेपालीद्वारा नै खराब बिमाको खेती प्रशस्त गरिएका कुरा सतहमा आइसकेका छन् ।
कस्ता हुन्छन् खराब बिमा ? तपाइँको पोलेसीको वाइण्डिङ् बुक पल्टाउनुहोस् । आफ्नो इन्स्योरेन्स इण्डेक्स युनिभर्सल लाइफ हो कि हैन, पत्ता लगाउनुहोस् । आफूलाई थाह नभए कुनै जानकार व्यक्तिलाई सोध्नुहोस् । कम्पनीमा फोन गरेर पनि थाहा पाउन सकिन्छ, आफ्नो इस्योरेन्स कस्तो हो ।
यदि हो भने पोलसीभित्रको कुनै पेजमा ग्यारेन्टेड इलुष्ट्रेटेड रेट देखाइएको हुन्छ । हामीलाई प्राप्त इण्डेक्स युनिभर्सल लाइफको एउटा नमूना १६औं पेजमा छ भने अर्को नमूना १४औंमा छ । कम्पनी पिच्छे यसको पेज फरक हुन सक्छ तर चार्ट उस्तै हुन सक्छ ।

त्यसको पहिलो कोलममा पोसली इयर, दोस्रोमा एज, तेस्रोमा प्लाण्ड एन्युलाइज्ड प्रिमियम, चौथोमा एक्युमुलेटेड भ्यालू, पाँचौमा क्यास सरण्डर भ्यालू र छटौंमा नेट डेथ बेनिफिट हुन्छ ।
न्यूजर्सी बस्ने ४० वर्षिय एक नेपाली पुरुषलाई बेचिएको बिमाको पेज हो, यो । यसमा हेर्नुस्, उसलाई दुई लाख ५० हजार डलर डेथभ्यालू भएको बिमा बेचिएको छ । जसको प्रिमियम मासिक दुई सय डलर छ ।
माथिको तालिकाले देखाएको छ– यो बिमा लिनेले पहिलो वर्ष २ हजार ४ सय डलर तिर्छ उसको बिमाले १ हजार १ सय ४३ डलर आर्जन गर्ने देखाइएको छ, जसलाई एक्युमुलेटेड भ्यालू भनिन्छ तर उसले पाउने पैसा जसलाई क्याश सरण्डर भ्यालू भनिन्छ, यो भने जिरो छ । दोस्रो र तेस्रो वर्षसम्म पनि जिरो छ ।
धेरै एजेन्टले अहिले हतासमा चार–पाँच वर्ष पछि तपाइँको पैसा बढ्छ भन्ने जवाफ आफ्ना ग्राहकलाई दिने गरेको पाइएको छ । तर बढ्ने हैन, चौथो वर्षदेखि थोरै पैसा क्याश सरण्डर भ्यालूमा देखिन थालेको छ । जुन उसले तिरेको भन्दा धेरै कम हुन्छ । यो पोलेसी अनुसार दश वर्ष पुग्दा उसले चौबीस हजार डलर तिर्छ तर पाउने पैसा ८ हजार ३ सय ९६ डलर मात्र हुन्छ त्यसमा सरण्डर चार्ज र अनेक ‘हिडन’ चार्ज कति हुन्छ थाह हुदैन । जे होस् हात लाग्ने ज्यादै न्यून हुन सक्छ । यही हिसाबले जाँदा २० वर्षमा उसले ४८ हजार डलर खन्याउँछ, छोड्नु परे जम्मा ८ हजर ९ सय ६४ डरलमा अनेक चार्ज घटाउँदा कति पाउँछ त्यो पनि थाह हुँदैन । २६ वर्ष पुग्दा उसले ६० हजार ४ सय डलर तिर्छ तर उसले पाउने सबै जिरो, जिरो र जिरो अर्थात ल्याप्स हुन्छ । बिमा सकिन्छ । डेथ भ्यालू पनि सकिन्छ । त्यतिबेला मान्छेलाई अरु कुनै रोग लाग्नु पर्दैन । काल पर्खनु पर्दैन । हर्ट अट्याक भएर मर्न सक्छ ।
२५ वर्षसम्म डेथ अर्थात मृत्यु भएपछि पाउने रकम २ लाख ५० हजार ७ सय ६ देखिन्छ तर यदि २५ औं वर्षको अन्तिम दिनसम्ममा मृत्यु भएन भने भोलिपल्ट सबै शून्य हुन्छ । यत्रो वर्षको लगानी बालुवामा पानी सरह हुन्छ ।
यो कुरा तपाइँहरुका एजेन्टले बताएका, देखाएका र बुझाएका छन् कि छैनन् ? छैनन् भने तपाइँले कानुनी लडाइँ लड्न सक्ने कुरा यस सम्बन्धी जानकार व्यक्तिले बताएका छन् ।
यदि आफू पीडित भएका ठान्नु हुन्छ भने आफ्नो स्टेटको इन्स्योरेन्स ब्युरोमा सिधै कम्प्लेन गर्न सकिन्छ । आफ्नो स्टेट वा सिटीको बार एसोसिएसन मार्फत निशुल्क पाइने वकिलको सहयोगमा क्षतिपूर्ति भराउन सकिने व्यवस्था हुन सक्छ । . http://www.naic.org/ मा पनि कम्प्लेन लेखाउन सकिने छ । तर, यस्ता कंपनीहरु भोलि बैकरप्सीमा गएभने टेक्ने समाउने ठाउँ हुँदैन, क्षतिपूर्तिको त कुरै छोडौं ।
अहिले नेपाली समुदायमा बेचिएका बिमा एउटै कम्पनीको नभएर विभिन्न कम्पनीको नाउँमा छन् । यसको कारण के हुन सक्छ ? यो पनि खोजीको विषय हुन जरुरी छ । सम्भावनाहरू केलाउँदा भोलि गएर कुनै एक दुई कम्पनी नपल्टिएलान् भन्न सकिन्न् ।
अमेरिकको राष्ट्रपतीय चुनावमा रिपब्लिकनका तर्फबाट उमेद्वार बनेका डोनाल्ड ट्रम्पका चार कम्पनीले बैंकरप्सी गरिसेकेका छन् तर पनि उनी राजनीतिदेखि व्यवसाय गर्न अयोग्य भएका छैनन् । व्यवसायिक बैंकरप्सी सम्बन्धि यो एउटा बलियो उदाहरण हो ।
माथि देखाइएको यो बिमामा महत्वपूर्ण कुरा अर्को के पनि छ भने दुई लाखको डेथ बेनिफिटका लागि हामी ६० हजार डलरभन्दा बढी रकम लगाउँछौं र इन्स्योरेन्स कम्पनीको तालिका अनुसार मृत्यु भएन भने सारा गुमाउँछौं । अर्थात यो इन्स्योरेन्सको पैसा पाउन उसको तालिक अनुसार इन्स्योरेन्स किन्ने मान्छे मर्नु पर्ने हुन्छ ।
यही रकम बराबरको इन्स्योरेन्स बजारमा धेरै सस्तोमा पाइने कुरा जानकारहरु बताउँछन् ।
यो भन्दा खराब इन्स्योरेन्स बोस्टन क्षेत्रमा बेचिएको कपी पनि हामीले प्राप्त गरेका छौं । जसको २० वर्षपछि नै क्यास शरण्डर भ्यालू र डेथ बेनिफिट समाप्त हुन्छ । त्यो २० वर्षसम्म डेथ बेनिफिट पनि वढ्दैन । वर्षको चार हजार डलरका दरले ८० हजार डरल खन्याइसके पछि सबै शून्य हुन्छ ।

मानांै एउटा २० वर्षको मान्छेले यो बिमा लियो । ४० वर्ष पुग्दा उसले ८० हजार डलर खर्च गर्छ त्यसपछि सबै लगानी शून्य हुन्छ भने त्यातिबेला त्यो मान्छे माथि के बित्तो हो ? हेर्नुस् तालिका आफैं बोल्छ । जानकारहरुले बताएका कुरा नै हामीले यहाँ राखेका हौं ।
यो बिमामा तपाइले लगानी गरेको रकम ५० प्रतिशतले बृद्धि हुने भनिए पनि जुनसुकै कागज देखाए पनि अन्ततः तपाइले पाउने माथिको ग्यारेन्टेड इलुस्ट्रेटेड रेट (नमूना २ र ३) अनुसार हो भन्ने कुरा हामीलाई उनै जानकारहरुले बताए । जुन कुरा बिमाको कागजले पनि स्पष्ट पार्छ ।
यसको खण्डन यहाँ देखाइएको यो तलको नमूना चार पेजले गर्न सक्ने तर्क पनि बिमा बिक्रेताको हुन सक्छ, जसलाई करेन्ट इलुस्टे«टेड रेट भनिएको छ । यसमा पनि तपाइको इन्भेष्टमेन्टको तुलनामा रिटर्न घट्छ र अन्त्यमा शून्य अर्थात ल्याप्स नै हुन्छ । यसमा बुझ्नु पर्ने सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यो ‘एजुम्प्सन’ अर्थात अनुमान वा कल्पना मात्रै हो । यो पेजको पुछारमा भनिएको छ–यहाँ देखाइएको बेनिफिट्स् र भ्यालुहरुको ग्यारेन्टी छैन । यहाँ देखाइएका सबै कुरालाई बिमाकर्ता कम्पनीले जुनसुकै समय परिवर्तन गर्ने अधिकार पनि राखेको हुन्छ भन्ने आशय पेजको पुछारमा फूटनोटले जनाउँछ । अघिल्लो पेजको ग्यारेन्टेड भ्यालू अनुसार नै हुन्छ भन्ने कुरा यसको अन्त्यमा पनि लेखिएको छ । यो पेजको फूटनोटमा लेखिएको कुरा तपाइहरुलाई बिमा बिक्रेता एजेन्ट नबताएको भए त्यसलाई सिधा बेइमानी भन्न सकिन्छ । यो पेजको फूटनोटका बारेमा अंग्रेजी भाषामा राम्रो दलख भएको मान्छेबाट पनि बुझ्न जरुरी छ, के भनिएको छ यसमा ?

यहाँ देखाइएका कुरा सत्य होइनन् भने यसलाई खण्डन गर्न सक्नु पर्छ । हुन् र यदि कसैले यस्ता इन्स्योरेन्स कसैलाई बेचेको छ भने थप झूठो बोलेर व्यक्तिलाई थप क्षति पुर्याउनु भन्दा इन्स्योरेन्स रद्द गर्ने सुझाव आफ्ना ग्राहकलाई दिनु बुद्धिमता हुन्छ । थोरै भए पनि इमान्दारिता देखिन सक्छ । ग्राहकले माफ गर्न सक्छन् ।
सबै कुरा नियतवश हुदैनन् । कहिलेकाँही विषयगत ज्ञानको अभावले अन्जानवश पनि हुन सक्छन् । अन्जानवश नै भएको छ भने आफूलाई सच्याउने ठाउँ सधैं बाँकी रहन्छ । कुनै पनि विषय सामाजिक सञ्जाल र संचार माध्यममा आइसकेपछि त्यसमा आफूले गल्ती गरेको भए स्वीकार्नु पहिलो बुद्धिमानी हुन्छ । नभए सामाजिक रुपले सामना गर्ने साहस र गुण कुनै पनि प्रोफेशनल मान्छेमा हुनु पर्छ ।
यदि कुनै पनि व्यक्ति साच्चिकै प्रोफेशन हो भने सामाजिक सञ्जाल र सञ्चार माध्यमा आएका कुरालाई शेयर गरेमा, लाइक गरेमा, प्रतिकृया दिएमा जो सुकैलाई अदालतमा लाने, कारबाही गर्ने जस्ता निम्न स्तरका कुरा गरेर हिड्दैन । यदि कसैले गरेर हिड्छ भने यसैबाट थाह हुन्छ त्यो व्यक्ति कुन स्तरको हो ? यस्ता हर्कत गर्नुभन्दा बिमाका बारेमा विवादित यी कुराहरुलाई प्रस्ट्याउनु व्यवसायीक धर्म हुन आउँछ ।
ढाटेर बेच्नु र सत्यता सतहमा आएपछि फेरि पनि ढाट्नु भनेको हत्केलाले सूर्य छेके भन्ठानु सरह हो । हत्केलाले सूर्य छेक्न सकिन्छ तर आफनो अनुहार मात्र छेकिन्छ । आफ्नो अनुहार छेकियो भनेर संसारलाई छेकेको भ्रममा नपर्नु ।
अमेरिका ठूलो छ । वास्तवमै यो ल्याण्ड अफ अपरच्युनिटी हो । धेरै अवसरहरु छन् । पैसा कमाउने अरु पनि सयौं असल बाटा होलान् । यस्ता इस्योरेन्स बेचेर मान्छेको दुःखको कमाई बालुवामा पानी बनाउनु भनेको शतप्रतिशत ठगी हुनसक्छ । गरेको भए आजैदेखि रोक्नु सबैका लागि श्रेयकर पनि हुन्छ । - साभार : १२ खरी
 see this link too.
baahrakhari.com/np/2016/02/28/4554/

Exclusive : अमेरिकी नेपाली समाजमा इन्स्योरेन्स स्क्याण्डल - शिव प्रकाश

"सोझा साझा नेपाली र नेपाली मुलका भुटानी हरुलाई चुर्लुम्म डुबाएर एजेन्ट हरु हप्तामा म यती कमाउँछु र उती कमाउंछु भन्दै पे चेक का कुरा फेसबुकमा शेयर गरिरहँदा ठगिएका ग्राहकहरुको रुवाबाशी छ । यस्तो बेला पनि कलम चलाईँदैन भने हामी के का पत्रकार ?? के को समाजसेबी ?? केको अाँखा देख्ने मान्छे ?? सबैले सोँचौ, गलत कुरालाई निरुत्साहित र सहि कुरालाई प्रोत्साहन दिउँ । हामी चाहन्छौँ हाम्रा अरु थुप्रै नेपाली हरु पनि उपेन्द्र महतो, जिबा लामिछाने, शेस घले बन्न सकुन तर अशल काम गरेर ।" - नेपाल मदर डट कम www.Nepalmother.com
********
इन्स्योरेन्स इस्क्याडलका बारेमा हामी किन लेख्दैछौं ?
मित्रहरु, मित्रतामा जति ठूलो शक्ति केहीमा हुँदैन भन्ने विश्वास हामीलाई भायो तर त्यसले घातको घनत्व त्योभन्दा बढी बोकेको हुन्छ भन्ने कुरा हामीलाई कहिल्यै विश्वास भएन। इन्स्योरेन्समा पनि हामीलाई मित्रताले नै तान्यो ।
* अमेरिकामा रहेका व्यक्ति विशेष र समाजलार्इ सुसूचित गर्नु र थप क्षति हुनबाट बचाउने प्रयासलार्इ हामीले हाम्रो कर्तव्य ठान्यौं । अर्थात म एउटा लेखक हुनु र मेरा केही भाइमित्र पत्रकार हुनुको दायित्व र कर्तव्यले हामीलाई घचघच्यायो ।
* यो एपेटाइजर मात्र हो, मेन कोर्श आउन बाँकी छ । मेन कोर्षमा, जीवन वीमामा हामी कसरी ठगिएका छौं ? हाम्रो दुःखको कमाइ केही वर्षपछि कसरी वालुवामा पानी हुन्छ ? के के कुराहरू लुकाइएका हुन्छन् ? के के देखाइएका हुन्छन् ? हाम्रा थप त्रुटीहरू के के भए ? मेडिकल बिना कतिसम्मको इन्स्योरेन्स हुन्छ ? कुनै अर्को कम्पनीको इन्स्योरेन्स ट्रान्सफर हुन्छ कि हुदैन ?
* आगामी दश वर्षमा नेपाली समुदायले कति विलियन डलर गुमाउन सक्छ ?
* त्यो पैसा कहाँ जान्छ ?
* एउटा एजेन्टले हप्ताको 28 हजार डलर कमाए भनेर फेसबुकमा गर्वका साथ किन शेयर गर्छ ?
खोज पत्रकारितामा दखल राख्ने केही पत्रकार भाइमित्रको सहयोग र संलग्नतामा हामीले केही डकुमेन्ट प्राप्त गरिसकेका छौं । पीडितहरूबाट पनि त्यस्ता डकुमेन्टहरू प्राप्त भएका छन् तिनको विश्लेषण सहित हामी फेरि केही दिनभित्रै लेख्ने छौं ।
* मित्रहरू, इन्स्योरेन्सबाट फाइदा नहुने हैन, धेरै हुन्छ तर किन्नेलाई हैन, बेच्नेलाई। 

- शिव प्रकाशको सनसनी पूर्ण लेख प्रमाण सहित । 
 'These Products are designed to be sold, not bought!'
  अर्थात ती बस्तुहरु बेच्नका लागि बनाइका हुन्छन्, किन्नका लागि हैन । बेच्नका लागि बनाएका ती कयौ वस्तुमध्ये केही जीवन बीमा पर्दा रहेछन् । बेच्नका लागि बनाएको त्यो बस्तु मैले पनि किने । तर दोष बेच्नको हैन, मेरै हो । किन्ने म हुँ बेच्नेको काम आफ्नो माल जसरी भएपनि बेच्ने हो । किन्ने काम त्यो मालको गुण–दोष ठम्याएर मात्र किन्ने हो । त्यो गरिन, नगर्नु मेरै गल्ती हो । आफ्नो गल्तीप्रति आफैंलाई धिक्कार ! प्रसंग हो, अमेरिकाको नेपाली
समुदायमा फैलिएको इन्स्योरेन्स स्क्याण्डलको ! यो स्क्याण्डल कति डरलाग्दो छ ? समयले बताउने छ, सत्यहरु क्रमशः उद्घाटित हुदै छन् । तर अहिले नै नेपाली समाजमा छताछुल्ल भएको छ । म जस्ता कति लगनी कर्ताले मभन्दा न्याउरो मुख लगाएका छन् । मैले ११ वर्ष अघि जीवन बीमा किनेको रहेछु । अहिले फायक पल्टाएर हेर्दै छु, कति गुमाए ? अझै भेउ पाउन सकेको छैन । त्यहाँ प्रयोग गरिएका भाषा र इण्डेक्समा देखाइएका अंकहरुको अर्थ र हिसाब नबुझ्नु अहिले पनि मेरो प्रमुख कमजोरी भएको छ । तर अहिलेसम्म जति बुझाएँ त्यो रकम निक्कै फराकिलो दायरामा घटेको छ । घट्ने कारणहरु धेरै रहेछन् ती कुराको जानकारी वीमा खरिद गर्ने बेलामा भएन । बढ्ने कारणहरु थोरै भएपनि धेरै दिइयो मन लोभियो, महिनाको तीनसय डलरका दरले तिरेँ । वीमा लिनुभन्दा अगाडि मलाई बीमा आवश्यक छ कि छैन ? न मैले साचेँ, न मैले सोधेँ । बीमा चाहिन्छ तर कुन साइजको, कति रकमको, कति प्रिमियको ? कस्तो ? केही सोधिन । बेच्नेले जे भन्छ त्यो सुने, वीमा लिएँ । बेच्नेले सबै राम्रै र सधैं राम्रो हुने बतायो । आफ्नो लगानीमा वार्षिक १३ प्रतिशतसम्म मुनाफा हुने देखायो । जीवन बीमा चाहिन्छ । त्यसमाथि सबै राम्रै राम्रो, नराम्रो भन्ने केही नभएपछि नलिने भन्ने प्रश्न पनि भएन । अझ त्यसमाथि राम्रोसँग चिनेजानेको मान्छे । १० वर्षपछि तेरो क्यासभ्यालु यति हुन्छ भनेर लोभलाग्दो फिगर देखायो । मानौ, ४० वर्षपछि मृत्यु भएमा परिवारले यति रकम एकमुष्ट पाउँछ भन्ने अर्को झन् लोभलाग्दो रकमले लोभ्यायो । उसले जे जे भन्यो, विश्वास गरेँ, कुनै प्रश्न गरिन । प्रश्न किन गरिन ? बीमाका बारेमा मूल प्रश्न पनि त्यही रहेछ त त्यो नै गरिन । पहिलो कुरा, मैले उसलाई विश्वास गरेँ । किन गरेँ ? मित्रताका कारणले गरेँ । त्यसैले कुनै प्रश्न गरिन । सँस्थागत संलग्नताका कारणले धेरैपछिसम्म पनि गरिरहेँ । सामाजिक र समुदायीक साइनोका कारणले पनि गरिरहेँ । त्यसैले म उसालाई दोष दिन्न, दोषी मै हुँ । विश्वास गर्नु नै मेरो दोष हो । मूल कमजोरी पनि हो । उसको पेशा र
पेशागत कर्म उसले ग¥यो, वीमा बोच्यो । तर कर्म गर्नेले पेशागत धर्म कति निभाएको छ ? मैले कहिल्यै सोचिन । हेरिन, खोजिन । गल्ती मेरो भयो । मेरै जस्तो गल्ती धेरैले गर्नु भएको रहेछ भन्ने अहिले देखियो । हामीले प्रश्न नगर्नुको कारण अर्को पनि छ । इन्स्योरेन्सको त्यो २० औं पेजको बाइण्डिङ् बुकमा प्रयोग गरिएको भाषा । भाषा नबुझ्नु । बुझेर पनि नपढ्नु अर्को ठूलो कमजोरी हुन गयो । तर हाम्रो यो कमजोरीको कारण पनि मित्रता र मित्रतामाथिको विश्वास नै हो । मित्रहरु, मित्रतामा जति ठूलो शक्ति केहीमा हुदैन भन्ने विश्वास हामीलाई भायो तर त्यसले घातको घनत्व त्योभन्दा बढी बोकेको हुन्छ भन्ने कुरा हामीलाई कहिल्यै विश्वास भएन । मित्रले जे भन्यो त्यसैमा विश्वास ग¥यौं । जहाँजहाँ भन्यो त्यहाँत्यहाँ सही ठोक्यौं । दिउँसै देखाएको सपानामा रमायौं । २० वर्षपछि मेरो पैसा १० औं गुना बढेर यति र उति हुन्छ भनेर दंग प¥यौं । दोष उसको हैन, हाम्रै हो । सयप्रतिशत हाम्रो हो । बैंकमा पैसा राखे एक प्रतिशत पनि व्याज नआउने इन्स्योरेन्समा १३ प्रतिशतसम्म बढ्ने । मीठो चारोले तान्यो । हामी फस्यौं । अहिले अरुलाई दोष दिएर हुदैन । अमेरिकाका नेपाली समुदायलाई बेचिएका इन्स्योरेन्स मध्ये राम्रो इन्स्योरेन्समा गनिएको मेरो त यो हालत छ भने अहिले चर्चामा आएका र विगत २–३ वर्षमा हजारौं नेपालीलाई बेचिएका इन्स्योरेन्सको हालत के होला ? अहिले पनि धेरै नेपालीको समस्या मेरोभन्दा जटिल र डरलाग्दो हुन सक्छ । फेसबुकमा व्यक्त आक्रोशले यस्तै देखाएको छ । प्रायसबै आक्रोश मिल्दाजुल्दा पनि छन् । इन्स्योरेन्सबाट फाइदा नहुने हैन, धेरै हुन्छ तर किन्नेलाई हैन, बेच्नेलाई । बेच्नेलाई धेरै फाइदा हुन्छ भने किन्नेले धेरै घाटा बेहोर्नै पर्छ । सामान्य सिद्धान्त पनि हो यो । हामीमा यही सिद्धान्त लागू भएको हो । वैश्य युग हो तर व्यवसायमा ‘इथिक’ पनि हुन्छ भन्ने कुरा पुरै गौण हुन गयो भने वैश्यकर्म हुदैन, अधर्म हुन्छ । मुख्य कुरा, आफ्नै समुदायको कोही मान्छेले केही काम गर्छ र त्यो कामले उसको पनि उन्नती हुन्छ र आफूलाई पनि राम्रो हुन्छ भने कसले नाई भन्छ । समुदायको मान्छे माथि उठ्दा, उन्नति–प्रगति गर्दा कुन नेपालीलाई गर्व हुदैन । शेष घलेप्रति गर्व गर्ने हामी नेपाली कति छौं ? अमेरिकामा पनि यस्तै शेष घलेहरु जन्मिउन भन्ने चाहना राख्ने धेरै हुन सक्छन् । भएको यो पनि हो, विश्वासको मूख्य कारण पनि यही हो ।

एउटा नमूना जस्ताको तस्तै राख्न चाहन्छु– ‘आज म जे लेख्न लागेको छु, यो मेरो लेखाईले मेलै घमण्ड गर्न खोजेको लगायत तपाइँहरुले सोच्ने सम्भावना छ भन्नेमा सचेत हुदै विनम्रतापूर्वक भन्छु, त्यस्तो नसोचिदिनु होला । मेरो आजको साप्ताहिक Pay Check ko रकम २८, ००० (अट्ठाईस हजार डलर रहेछ) मैले अमेरिका बसाईको शुरुको १० वर्ष एकाउण्टेण्टको काम गर्दा यति ठूलो रकम वर्षभरिमा पनि कमाउन सकेको थिइन । आज यो सम्भव हुनुमा मैले Land of Opportunity को उपयोग गर्न पाएर हो ।’ एक व्यक्तिले फेब्रुअरी ११, बिहान १०ः५२ गर्वका साथ आफ्नो स्ट्याटश शेयर गरेका रहेछन् । त्यसलाई मेरा एक मित्रले फेब्रुअरी १७ मा रिशेयर गरे । त्यसैदिन मित्रसँग भेट भयो । मित्रले भने– ‘हाम्रो दुःखको कमाई कहाँ जाँदो रहेछ बल्ल थाह भो ।’ उनले तिनै गर्विला मान्छेसँग जीवन वीमा किनेका रहेछन् ।
 यो लेख तयार गर्दा गर्दै भर्जिनिया, अमेरिका निवासी सम्झना आत्रेयको आक्रोस पनि फेसबुकमा उग्र भएर पोखियो । जो स्वयं भुक्तभोगी थिइन् । स्क्रिन प्रिन्टको कपी पनि राखिएको छ । एकतिर व्रम्हलूट र अर्कोतिर कथित समाजसेवी भएर रिकिम्म परेर हिडेको निर्लज्जतालाई पनि उनले औल्याएकी छिन् । विषयगत ज्ञान नभएको झूण्ड भनेकी छिन् । नेपाली सामाजिक सँस्थाहरुप्रति आम नेपालीको उदाशिन हुनु र दूरदूर गर्नुको कारण पनि सम्झनाजीले भनेजस्तो समाजसेवाको जामा नै हो । यो जामाभित्र के लुकेको छ हामीले खोजेनौ ।
त्यसमाथि हामीलाई लोभलालचले फसायो । धोती खुस्किएको अहिले थाह भो– वास्तवमै यो किन्नका लागि हैन, बेच्नका लागि मात्रै रहेछ । खासाको माल जस्तै हेर्दा साह्रै सुन्दर, साह्रै राम्रो तर प्रयोग नै नगरी राखेकै ठाउँमा बिग्रिने । फेसबुकमा एउटा कमेन्टका रुपमा पनि लेखेको थिए, यहाँ पनि उल्लेख गर्छु– मोन्छे देखेर हैन, भोगेर चिनिन्छ । बोलेर पनि हैन, बेहोरेर मात्र चिनिन्छ । चिन्न नसक्नु हाम्रै गल्ती हो । चामलका गेडा हेरेर कुहिएको कनिका किन्ने मूर्खता हामीले नै ग¥यौं । सम्झना आत्रेयजीले औंल्याए जस्तो के हामीले एजेन्टको योग्यता, अनुभव, विषयतग ज्ञानबारे सोध्यो, खोज्यौं ? सोधेनौ खोजेनौ । किन भने मित्रता, चिनजान, चिनजानवालाको सिफारिस र भएभरका सँस्थामा भएको संलग्नताका कारणले हामी विश्वास ग¥यौं र गरिरहेका छौं । मित्रहरु, गल्ती र दोष एजेन्टको हैन । आफ्नै हो ।

  साभार : Setopati.com + थप सामग्री लेखक शिव प्रकाशबाटै थप गरी पठाइएको 
 http://global.setopati.com/america/1515/

अमेरिकामा जीवन विमा ठगी प्रकरण : हजारौं नेपाली र भुटानी शरणार्थी समूदाय मार्कामा !

- दिनेश कार्की,  बोष्टन , अमेरिका

मल्टिलेवल मार्केटिङमा आधारित बिमा कम्पनीहरुबाट जीवन विमा गर्ने अमेरिकामा बसोबास गर्ने नेपालीहरुले ठगिएको महसुस गर्न थालेका छन्। नेपाली बिमा अभिकर्ताले बिमित व्यक्तिलाई सम्पूर्ण जानकारी नदिइ गलत जानकारीमात्र दिंदा यस्तो स्थिति आएको हो।
बिमा अभिकर्ता (एजेन्ट)हरुले आश्चर्यजनक ढंगबाट कमिशन प्राप्त गरिरहने तर बिमा गर्ने व्यक्तिले आश्वासन दिइएको बचत व्याजदर नपाउँदा अमेरिका स्थित हजारौं नेपाली र भुटानी शरणार्थी समूदाय अहिले मार्कामा परेको मेरिल्याण्ड स्थित इण्डियन हेड शहरका उपमेयर किरण सिटौलाको भनाइ छ।
नेपाली समूदायबाट लोकतान्त्रिक तबरबाट चुनिएका प्रथम उपमेयर सिटौलाका अनुसार अंग्रेजी भाषा राम्रोसँग नबुझ्ने नेपाली र भुटानी समूदायका व्यक्तिहरुलाई समेत कुनै दोभासेको व्यबस्था नगरिकन बिमा बेच्नु भनेको सरासर अपराध हो । ‘राम्रो सँग नबुझिकन बुझें भनेर हस्ताक्षर गर्नु पनि बिमित व्यक्तिको गल्ती हो’, सिटौलाले भने ।
आफन्त र साथीभाइलाइ हदैसम्मको विश्वास गर्ने र भर पर्ने बानी नेपालीहरुको छ । नेपालीहरुको यो सोझोपनलाई उनीहरुका चलाख बिमा अधिकर्ताले फाइदाको रुपमा लिने गरेका छन् ।
सिटौला थप्छन्, ‘अहिले भएको ठ्याक्कै त्यस्तै हो, असम्बन्धित क्षेत्रका व्यक्तिले जव बिमा बेच्न थाल्दछन् वा बिमा भिडाउनका लागि तपाईं र तपाईंका परिवारका कलिला बालबालीकाको भविष्यको बारेमा अस्वाभाविक चिन्ता
व्यक्त गर्दछन् भने ठान्नुहोस् त्यहा पक्कै केही गडबडी छ।’ सिटौलाले सुझाए ।
इन्डेक्स्ड युनिभर्सल लाइफ अन्तरगत पर्ने बिमा उत्पादनहरु ठगीमा परेको भनिएका अधिकांश नेपालीले किनेका छन् । बिमा अभिकर्तालाई मात्र धेरै नाफा हुने यस किसिमको बिमा अधिकांश शिक्षित अमेरिकनमाझ त्यति चल्तीमा छैन । यसमा ग्राहकलाई निश्चित रकम वा इक्विटी इन्डेक्सड एकाउन्टको छनौट दिए पनि बजारमूल्य र सञ्चालन खर्च आदिका कारण बिमा गर्ने व्यक्तिले खासै फाइदा नपाउने विज्ञहरुको भनाइ छ ।
जीवन बिमा गरि परिवारका सात सदस्यको मासिक १ हजार १ सय डलर तिर्दैआएका भर्जिनिया बस्ने रामप्रसाद खनाल त्यतिवेला छाँगोबाट खसेजस्तै भए जतिवेला उनलेथाहा पाए कि विमा गरेको चार बर्षमा उनको बचत शून्य बराबर रहेछ । उनको विमा गरिदिने नेपाली बिमा अभिकर्ताले उक्त बिमा कम्पनीबाट १५ प्रतिशत व्याज प्राप्त गर्न सकिने आश्वासन दिएको खनाल बताउछन् । ‘पैसा बैंकमा बचत गर्दा राम्रो व्याजदर प्राप्त नहुने स्थितिमा जिवन बिमा पनि हुने र बचत गरेवापत राम्रो व्याज पनि प्राप्त हुने यो प्याकेज आकर्षक लाग्यो ।’
विश्वास गरेका एक नेपालीले आफ्नो विमा कम्पनीमा आवद्ध गर्नकालागि नभएका स्किमहरु देखाए र उनले पनि साथी र विश्वासको आधारमा मौखिक कुरालाई पत्याए । उक्त विमाका विभिन्न शर्त तथा जानकारीहरु आफैंले पढ्न जरुरी ठानेनन् । ‘एजेन्टलाई धेरै विश्वास गर्नु र त्यसका शर्तहरु अक्षरश नपढ्नु मेरै गल्ती थियो।’ खनालले भने ।
उनले आफ्नो नाममा मात्र बिमा गरेनन् आफ्नै परिवारका भाइसहित ७ जना अनि आफ्नो वरपरका मानिसहरु गरी करिब ४० जनाको बिमा गराउन सहयोग गरे । ति नेपाली एजेन्टले ग्राहक खोजिदिएवापत कमिशन लिन आग्रह गरेको तर आफूले नलिएको खनाल दावी गर्छन। ‘हामीलाई विमा बेचिसकेपछि ति नेपाली हामीबाट टाढाटाढा हुने र हाम्रो सम्पर्कमैं आउन छाडे ।’ खनालले अगाडी भने ‘त्यसपछि विमाको बारेमा यसका जानकारहरुसँज बुझ्न थालें ।’ आफ्नो परिवार पूर्णरुपमा ठगिएको कुरा खनालले ४ वर्षसम्म विमा प्रिमियम मात्रै ५० हजार डलर तिरेपछि मात्र थाहा पाएको बताए ।
चिनजानका मानिसको चिप्ला कुराहरुको चंगूलमा पर्नेहरुको लिष्ट लामो छ । राजधानी डिसी वरपरको क्षेत्रमा बसोबास गर्ने नेपाल अमेरिका पत्रकार संघ नेजाका सस्थापक अध्यक्ष गिरिश पोखरेलको परिवारले पनि यस्तै बिमामा ३० हजार अमेरिकी डलर गुमाएको बताए। ‘त्यो बेला बुझिएन। अहिले खोलो फर्किदैन।’
पारिवारिक मित्रको रुपमा रहेका एक व्यक्तिले छोरीहरुको भविष्यको लागि भन्दै इमोशनल व्ल्याकमेलिंग गरेपछि विमा गर्न उनी राजी भए । ‘कुनैबेला एउटै घरमा बसेको मानिसबाट यसरी ठगिनसकिन्छ भन्नेकुराको अनुमान गर्न सकिन, पोखरेलले भने ।’
अहिले अमेरिकामा रहेका नेपाली र भूटानी शरणार्थीसमूदायबीच विमा कम्पनीका नेपाली एजेन्टले विमा पोलिसीका बारेमा झुट्टा कुरा बताएर विमा गर्न लगाएको विषयले सामाजिक सन्जालहरुमा हाल विशेष चर्चा पाइरहेको छ । -साभार ; सेतोपाटी

रगत पसिनाको कमाई लुटेर सपना बेच्दै अमेरिकी सपना साकार पर्ने घरभित्रका ठग र लुटेराहरुलाई अमेरिकी कानुनको दयारामा ल्याउने काममा हामी सबै लागौं

10606045_868204129880257_7345423498580241580_nसंसारमा सबभन्दा बढी बिक्रि हुने चिज सपना रहेछ त्यो राजनीति देखि ब्यापारसम्म त्यहि रफ्तारमा बिक्रि हुन्छ | तर कुनै कुनै किनिएको अथवा स्वीकार गरिएको सपना यति महँगो हुन्छ कि त्यो जीवन पर्यन्त पिडा र घात भएर बल्झिरहन्छ | सपना अनि सम्भावनाको देश भनेर जानिने अमेरिकामा त्यो सपनाको आकार पनि ठुलै हुन्छ अनि त्यहि ठुलो आकारको सपना नै आखिरमा गएर चटके ठगहरुले चक्रब्यूह रच्ने फराकिलो धरातल बन्दछ |हामी अक्सर हाम्रै र आफ्नै मान्छेबाट ठगिएका, मिचिएका, थिचिएका र बेचिएका छौं चाहे त्यो मातृभूमी नेपालमा होस अथवा त्यहि रंगीन सपनाको कर्मभुमी अमेरिकामा | सगर्व श्रम बेचेर खान पाईने अमेरिकामा पनि हामी हाम्रै मान्छेलाई ठग्ने बहाना र अप्ठेरा ठाउंहरु खोज्छौं: जीवन बीमा (लाईफ ईन्स्योरेन्स), काम लगाई दिने (एम्प्लोईमेंट एजेन्सी), मान्छे ल्याउने (मेनपावर कम्पनी) अनि अरु के के के के | नचाहिएको ठाउंमा छुच्चो र कडा जस्ता लाग्ने हाम्रा मान्छेहरु चाहिएको बेलामा कि त लाछी अथवा अधिक क्षमाशिलता बनिदिन्छन | तिम्रा श्रीमान र छोरालाई अमेरिका ल्याईदिन्छु भनेर बीसौं हजार ठग्नेलाई अमेरिकी कानुन अनुसार कारवाही गरौँ भन्दा “होइन हौ बाबु छाडी दिउँ त्यो पापीलाई अब त्यसलाई अमेरिकी जेलमा कोचेर के गर्नु मेरो पैसा असुल हुने होइन | त्यसको पनि श्रीमती लालाबाला होलान तिनको बिजोक हुन्छ |” भन्छन अनि प्रवासी समाजमा त्यस्ता हुडारहरु अर्को शिकारको बहाना खोज्छ | यो मैले आफैले
भोगेको यथार्थ र घटना हो |

अहिले चर्चाको शिखरमा छ जीबन बीमा (लाईफ ईन्स्योरेन्स) को नाममा नेपाली एजेन्टहरुले गर्ने गरेको ठगी धन्दा | यो प्रोडक्ट आफैमा खराब होइन तर अधिकांश नेपाली एजेन्टहरुले यो उत्पादन बिक्रि गर्दा गलत सुचना, तथ्याङ्क र गणित दिएर ग्राहक (सेवाग्राही) लाई ईन्स्योरेन्स प्लान होइन कोरा सपना बेचेका हुँदा रैछन | त्यो सत्यको ढिलै भएपनि अहिले पर्दाफास हुँदैछ | अघिल्लो हप्ता संचारकर्मी राम प्रसाद खनालले यसै बिषयका ज्ञाता अनिल खनालसंग वार्तालाप गरेको श्रब्य-दृश्य सार्वजनिक सम्प्रेषण भएपछी यो बिषय प्रवासी नेपाली समाजमा भाईरल बनेको छ | प्रवासी नेपालीहरुको बाक्लो आवादी भएको सहरको घर-आँगन, चौक, गल्लि, मोहल्ला अनि डबलीहरुमा यहि बिषय र सम्भावित ठगहरुको बारेमा चर्चा-परिचर्चा सुरु भएको छ |
यसो गरिरहँदा अथवा भनिरहँदा गहुँ पिस्दा घुन चाही पिस्नु हुँदैन त्यो बिषयमा हामी संचारकर्मीहरु सचेत र संबेदनशील हुनुपर्दछ किनकी त्यो उनीहरुले स्वेच्छाले अङ्गीकार गरेको पेशा हो तर उत्पादन नबेचेर उनीहरुले पनि सिर्फ उडन्ते सपना मात्र बेचेका रहेछन भने अमेरिकी कानुन र कानुनले तोकेको दण्डबाट चाँही कुनै पनि बहानामा उनीहरुले उन्मुक्ति पाउनु हुँदैन | राम प्रसाद खनालले आरम्भ गरेको यो साहसिक अभियानले अहिले सपना बेचेर महल ठड्याउने सपना बोकेका ठगहरुको मनमा ८.५ रेक्टर स्केलको भुकम्प आएको छ | त्यसो परकम्पनले अहिले अरु खाले पेशेवर ठगहरुको पनि ओंठमुख सुक्न थालेको छ | यो चेतनामुलक अभियानले बृहद परिबेग ल्याएको छ | अहिले पछिल्लो चरणमा थुप्रै संचारकर्मीहरुले यथार्थपरक अनि खोजमुलक आलेख तथा समाचारहरु सम्प्रेषण गरिरहेका छन | पछिल्ला दिनहरुमा लेखक शिब प्रकाश, दिनेश कार्की, गुणराज लुइंटेल, चन्द्र खतिवडा, भोला आचार्य, सहदेब पौडेल, सम्झना आत्रेय, ससंग लामा जस्ता संचारकर्मीहरुले आफ्ना विचार र अनुभब सम्प्रेषण गरिरहेका छन |
यस खाले दण्डहिनता हामी आफ्नै कारणले मौलाईरहेको छ | हामी देख्छौं तर बोल्दैनौं, चुपचाप सहन्छौँ त्यसैको फाईदा उठाएर प्रवासमा पनि हाम्रो समाज परपीडक बनिरहेको छ | लुटको साम्राज्य बनिरहेको छ | तपाई हाम्रो रगत पसिनाको कमाई लुटेर सपना बेच्दै अमेरिकी सपना साकार पर्ने घरभित्रमा ठग र लुटेराहरुलाई अमेरिकी कानुनको दयारामा ल्याउने काममा हामी सबै लागौं |
न्युयोर्कको रेल स्टेशनको डिब्बा भित्र र बाहिर होर्डिंग बोर्डहरुमा एमटीएले लेख्ने गरेको छ “इफ यु सी समथिङ्ग, से समथिङ्ग” यत्ति गर्न सके हाम्रो प्रवासी नेपाली समाज एक कदम अगाडी बढ्छ |
 - plz see this link too - http://sampreshan.org/?p=92499








 





 



जनचेतना अभियान शुरु गरिए पछी अनिल खनाल र नेपाल मदर सँग फोन गरेर, भेटेर, मेसेज पठाएर हामीलाई त बर्बाद पारे हजुर के गर्ने होला ? भन्दै प्रश्न गर्ने पीडितहरु को सँख्या दुई सय भन्दा बढी नाघेको छ । नेपाल मदर डट कम र ब्यक्तिगत रुपमा म इन्स्योरेन्सको धेरै जानकारी राख्दैनौँ तर हाम्रा श्रोत ब्यक्ती इन्स्योरेन्स बिशेषज्ञ अनिल खनालले यि टिप्सहरु दिनुभएको तपाईंका लागि ।
१ - जो जस सँग, जुन कम्पनी सँग, एजेन्टसँग तपाईंहरुले इन्स्योरेन्स लिनुभएको छ सबै भन्दा पहिला तिनलाई कल गर्नुस बोलाउनुस, तपाईंलाई दिइएको जुन इन्स्योरेन्स बाइन्डर छ त्यसको शुरु देखी अन्त्य सम्मका सबै कुरा बुझाउन भन्नोस । उसलाई सोध्नुस् मैले अहिले सम्म कती पैसा तिरेँ ? मेरो एकाउन्टमा कती पैसा जम्मा भएको छ ? यदी मैले आज सरेन्डर गरेँ भने मैले कती फिर्ता पाउँछु ?? एक्कुमुलेट भ्यालु होइन क्यास भ्यालु कती मेरो हात मा पर्छ सोध्नुस् ।
यो भन्न नभुल्नुस् - मलाई अनुमानित डाटा होइन ग्यारेन्टी पार्ट मात्र देखाउ । लङ टर्म, सर्ट टर्म दुबै । भोली कम्पनी फाईदामा गए हामीले यती दिन्छौँ भन्ने छन त्यो कुरा होइन मैले ग्यारेन्टी कती पाउँछु यो सोध्नुस् । आज पाउने अथवा बिस देखी पच्चिस बर्ष पछी पाउने ग्यारेन्टी भ्यालु कती हो ?? अनी मैले सरेन्डर गर्दा बिभिन्न नाममा कती फि र शुल्क काटिन्छ ? त्यो पनि सोध्नुस् । बर्सेनी मेरो उमेर बढ्दै जाँदा मेरो कस्ट अफ इन्स्योरेन्स कुन दरले बढ्दै जान्छ ?? सोध्नुस् । लिखित रुपमा माग्नुस ।

२- यस बिषयमा आफूलाई लागेका हरेक कुरा सोध्नुस् एजेन्ट सँग, उनिहरुले तपाईंलाई जबाफ दिनै पर्छ ।
३ - त्यस पछी सम्बन्धित कम्पनीमा फोन गर्नुस् र सोध्नुस् तिनै कुरा । यदी एजेन्टले तपाईंलाई मिस रिप्रिजेन्ट गरेको रहेछ भने पनि सम्बन्धित कम्पनीले तपाईंलाई वास्तविक कुरा बताउन कर लाग्छ । इन्स्योरेन्सको बिज्ञ कसै सँग पनि प्रोडक्ट को बारेमा, यसका बिबिध पक्षको बारेमा सोध्नुस्, अहिले त गुगल गरेर पनि धेरै कुरा थाहा पाउन सकिन्छ हेर्नुस् ।
४- अनी आफूलाई उचित लाग्छ रहनुस, लाग्दैन भने उचित निर्णय लिनुस् ।
" नेपाली र भुटानी मुलका नेपाली समुदायलाई इन्स्योरेन्सबाट हुने ठगीबाट सचेत गराउने अभियान भाग - ४ "
हाम्रो यो अभियान इन्स्योरेन्स ठगी हुन नदिने र भैरहेको ठगीलाई रोक्ने मात्र हो । हाम्रो कोही कसै सँग कुनै रिस द्वेस छैन र हुने पनि छैन । हाम्रो यो जनचेतना जगाउने अभियान कुनै ब्यक्ती वा कम्पनिका बिरुद्ध वा समर्थनमा लक्षित छैन । तर ठगी गर्ने, मिस रिप्रिजेन्ट गर्नेका बिरुद्ध अबस्य छ । सभ्य ढंगले प्रतिकृया लेखौँ । बदम्नाशी गर्ने लाई अगाडि ल्याउँ तर अनुशासन मर्यादा सभ्यता लाई ख्याल गर्न अनुरोध छ । राम्रा इन्स्योरेन्स कम्पनी र त्यहा कार्यरत परिपक्व, राम्रा इन्स्योरेन्स एजेन्टहरु प्रती हाम्रो सधैं सम्मान छ । उनिहरुमा कुनै भ्रम नपरोस । हाम्रो निशाना ठगी गर्ने तिर मात्र हो ।
तपाईंलाई लागेका कुरा अनुभब पनि शेयर गर्दै गर्नुहोला ।
* इन्स्योरेन्स बिशेषज्ञ अनिल खनाल सँग तपाईंलाई लागेका कुरा, जिज्ञासा वा प्रश्न भए वहाँ सँग सोध्न सक्नुहुन्छ वहाँको फोन नम्बर हो - 703-789-2307, Face Book मा अनिल खनाल https://www.facebook.com/anil.khanal2010
, Email - anil.khanal@yahoo.com ,
visit www.nepalmother.com too.
******************

ठगिएका, भ्रमित, पीडित ग्राहक सँग, अर्थात frustrated Client सँग कुनै पनि कम्पनी, पार्टी, बिजनेस हाउस, इन्स्योरेन्स कम्पनी, दलाल, वा दलाल कम्पनीले माफी माग्छन, भुल सुधार गर्छन्, अगाडिको बाटो क्लियर गर्छन्, ग्राहक सन्तुस्ट पार्छन अमेरिकामा । तर आश्यर्यको कुरा यहाँ त ठगी गर्ने, ग्राहकलाई मिसरेप्रिजेन्ट गर्ने दलालहरु ग्राहकलाई उल्टै अदालत लैजाने र मुद्दा मामिलाको झँझटमा फसाउने भन्दै अरु ग्राहकलाई थम्थम्याउने प्रयास पो गर्दारहेछन बा ! यिनको कुबुद्धी ! यिनलाई के थाहा अदालत जाँदा मिस रेप्रिजेन्ट गरिएका ग्राहक लाइन लागेर बयान दिन गए भने के हुन्छ ?? उनिहरुको कम्प्लाएन्स हेर्ने board मा गए के हुन्छ ?? ठगी खाने बुद्धीले राम्रो र भबिस्यको कुरा कसरी आँकलन गर्न सकोस र ! बिचराहरु ! बुझ्दै नबुझी चिउ चिउ गर्ने सहयोगी एजेन्टहरु ले पनि भबिस्य सोँचुन, परिवार सोँचुन । हेर्दै जाउँ अब कतिको बिल्ली बाँठ हुने हो !!! भिरमा जाने गोरुलाई राम राम भन्न सकिन्छ तर काँध थाप्न सकिन्न क्यारे होइन र ??
जनचेतना अभियान शुरु गरिए पछी अनिल खनाल र नेपाल मदर सँग फोन गरेर, भेटेर, मेसेज पठाएर हामीलाई त बर्बाद पारे हजुर के गर्ने होला ? भन्दै प्रश्न गर्ने पीडितहरु को सँख्या दुई सय भन्दा बढी नाघेको छ ।
नेपाल मदर डट कम र ब्यक्तिगत रुपमा म इन्स्योरेन्सको धेरै जानकारी राख्दैनौँ तर हाम्रा श्रोत ब्यक्ती इन्स्योरेन्स बिशेषज्ञ अनिल खनालले यि टिप्सहरु दिनुभएको तपाईंका लागि ।
१ - जो जस सँग, जुन कम्पनी सँग, एजेन्टसँग तपाईंहरुले इन्स्योरेन्स लिनुभएको छ सबै भन्दा पहिला तिनलाई कल गर्नुस बोलाउनुस, तपाईंलाई दिइएको जुन इन्स्योरेन्स बाइन्डर छ त्यसको शुरु देखी अन्त्य सम्मका सबै कुरा बुझाउन भन्नोस । उसलाई सोध्नुस् मैले अहिले सम्म कती पैसा तिरेँ ? मेरो एकाउन्टमा कती पैसा जम्मा भएको छ ? यदी मैले आज सरेन्डर गरेँ भने मैले कती फिर्ता पाउँछु ?? एक्कुमुलेट भ्यालु होइन क्यास भ्यालु कती मेरो हात मा पर्छ सोध्नुस् ।
यो भन्न नभुल्नुस् - मलाई अनुमानित डाटा होइन ग्यारेन्टी पार्ट मात्र देखाउ । लङ टर्म, सर्ट टर्म दुबै । भोली कम्पनी फाईदामा गए हामीले यती दिन्छौँ भन्ने छन त्यो कुरा होइन मैले ग्यारेन्टी कती पाउँछु यो सोध्नुस् । आज पाउने अथवा बिस देखी पच्चिस बर्ष पछी पाउने ग्यारेन्टी भ्यालु कती हो ?? अनी मैले सरेन्डर गर्दा बिभिन्न नाममा कती फि र शुल्क काटिन्छ ? त्यो पनि सोध्नुस् । बर्सेनी मेरो उमेर बढ्दै जाँदा मेरो कस्ट अफ इन्स्योरेन्स कुन दरले बढ्दै जान्छ ?? सोध्नुस् । लिखित रुपमा माग्नुस ।
२- यस बिषयमा आफूलाई लागेका हरेक कुरा सोध्नुस् एजेन्ट सँग, उनिहरुले तपाईंलाई जबाफ दिनै पर्छ ।
३ - त्यस पछी सम्बन्धित कम्पनीमा फोन गर्नुस् र सोध्नुस् तिनै कुरा । यदी एजेन्टले तपाईंलाई मिस रिप्रिजेन्ट गरेको रहेछ भने पनि सम्बन्धित कम्पनीले तपाईंलाई वास्तविक कुरा बताउन कर लाग्छ । इन्स्योरेन्सको बिज्ञ कसै सँग पनि प्रोडक्ट को बारेमा, यसका बिबिध पक्षको बारेमा सोध्नुस्, अहिले त गुगल गरेर पनि धेरै कुरा थाहा पाउन सकिन्छ हेर्नुस् ।
४- अनी आफूलाई उचित लाग्छ रहनुस, लाग्दैन भने उचित निर्णय लिनुस् ।
" नेपाली र भुटानी मुलका नेपाली समुदायलाई इन्स्योरेन्सबाट हुने ठगीबाट सचेत गराउने अभियान भाग - ४ "
हाम्रो यो अभियान इन्स्योरेन्स ठगी हुन नदिने र भैरहेको ठगीलाई रोक्ने मात्र हो । हाम्रो कोही कसै सँग कुनै रिस द्वेस छैन र हुने पनि छैन । हाम्रो यो जनचेतना जगाउने अभियान कुनै ब्यक्ती वा कम्पनिका बिरुद्ध वा समर्थनमा लक्षित छैन । तर ठगी गर्ने, मिस रिप्रिजेन्ट गर्नेका बिरुद्ध अबस्य छ । सभ्य ढंगले प्रतिकृया लेखौँ । बदम्नाशी गर्ने लाई अगाडि ल्याउँ तर अनुशासन मर्यादा सभ्यता लाई ख्याल गर्न अनुरोध छ । राम्रा इन्स्योरेन्स कम्पनी र त्यहा कार्यरत परिपक्व, राम्रा इन्स्योरेन्स एजेन्टहरु प्रती हाम्रो सधैं सम्मान छ । उनिहरुमा कुनै भ्रम नपरोस । हाम्रो निशाना ठगी गर्ने तिर मात्र हो ।
तपाईंलाई लागेका कुरा अनुभब पनि शेयर गर्दै गर्नुहोला ।
* इन्स्योरेन्स बिशेषज्ञ अनिल खनाल सँग तपाईंलाई लागेका कुरा, जिज्ञासा वा प्रश्न भए वहाँ सँग सोध्न सक्नुहुन्छ वहाँको फोन नम्बर हो - 703-789-2307, Face Book मा अनिल खनाल https://www.facebook.com/anil.khanal2010
, Email - anil.khanal@yahoo.com ,
visit www.nepalmother.com too.
*****************************************

" नेपाली र भुटानी मुलका नेपाली समुदायलाई इन्स्योरेन्सबाट हुने ठगीबाट सचेत गराउने अभियान भाग - ३" (visit www.Nepalmother.com too)
सोझा साझा, अङ्रेजी भाषामा दख्खल नभएका, सानो तिनो काम गेरेर अमेरिकामा जिबिको पार्जन गर्ने देखी हर तह तप्कामा रहेका सम्म नेपालीहरु र भुटानी मुलका नेपालीहरुलाई इन्स्योरेन्सका नाममा सपना बाँडेर नबुझाईकन यहाँ साइन गर्नुस भन्दै साइन गराउँदै, १३ देखी २२ प्रतिशत सम्म हरेक बर्ष लाभाँश दिन्छौँ भन्दै झुठो सपना बाँड्ने र इन्स्योरेन्स बेच्ने एउटा ब्रोकर कम्पनीमा कार्यरत ७० देखी १२० प्रतिशत सम्म कमिशन खाएर ग्राहकको आर्थिक शोसण गरिरहेका केही नेपाली एजेन्टहरुको हिजो राती कल कन्फेरेन्स मिटिङ भएछ । कल कन्फेरेन्स मिटिङको विवरण रेकर्ड सुनियो जहाँ अनिल खनाल र रामप्रसाद खनालले गरेको कुराकानीले आफ्नो ब्यवसाय चौपट भएको र अब समाजमा मुख देखाउन, पोलिसी बेच्न गार्हो हुने भयो, बर्बाद भइयो । जे जे हुन्छ हुन्छ एउटा लयर हायर गरेर अदालतमा उनिहरु बिरुद्ध मानहानी को ल सुट गरौ, यसो गरे हाम्रा ग्राहकलाई हामीले ल सुट गरेका छौं भन्दै देखाउन सिजिलो हुन्छ होइन भने त अब हामी फेरी घन्टे जागिर तिर फर्किनु पर्ने हुन्छ भन्दै रुवाबास गरेछन केही अपरिपक्व एजेन्टहरुले । अर्को एउटा अपरिपक्व एजेन्टले भिडियोलाई नेपाली बाट अङ्रेजीमा उल्था गर्ने र कम्पनीमा पठाउने जिम्मा लिएछन र हिँजो राती देखी अहिले सम्म त्यही काम मा खाना समेत बिर्सेंर लागिरहेको थाहा पाइयो ।
यसै बिचमा केही थप अपडेट गर्न मन लाग्यो ।
१ - एक जना इन्स्योरेन्स सम्बन्धी लयरका अनुसार ग्राहकलाई नबुझाई र गलत जानकारी दिँदै साइन गराउँने मिस रेप्रेजेन्ट गर्ने त्यस्ता एजेन्ट लाई अमेरिकी कानून अनुसार एक लाख डलर जरिवाना, लाइसेन्स खारेज र पाँच बर्ष सम्मको जेल सजायँ वा दुबै सजाय हुन सक्छ ।
२ - लयरका अनुसार ग्राहकलाई इन्स्योरेन्स पोलिसी मा हस्ताक्षर गराउनु पूर्व ग्राहकलाई त्यसका सबै पक्षहरु पूर्ण जानकारी दिनु पर्छ । यदी गलत र नहुने कुरा को सपना बाँडेर हस्ताक्षर गराएको भनी केही त्यस्ता ठगिएका ग्राहकले अदालतमा साबिती बयान दिएमा अदालतले कन्जुमर राइट अनुसार कन्जुमर कै पक्षमा फैसला गरेका हजारौं नजिर हरु छन ।
३ - आफु ठगिएको महशुस गर्ने हरेकलाई ठगिएको छु भन्ने अधिकार हुन्छ अमेरिकामा । अमेरिकी संबिधानले यहाँ आफूलाई लागेका कुरा बोल्न पाउने अधिकार ग्यारेन्टी गरेको छ ।
४ - प्रेस स्वतन्त्रता भएको देश हो अमेरिका । यहाँ कुनै पत्र पत्रिका मिडियालाई कुनै पनि इस्यु मा छलफल गर्न, बोल्न, कुराकानी गर्न, अन्तर्वार्ता गर्न स्वतन्त्रता छ ।
५- हामी सँग ठगिएका ग्राहक एक होइन सय भन्दा बढी प्रमाण साहित संपर्कमा आइसकेकेका छन नेपाली र भुटानी समुदायका । ल सुट एजेन्टहरुले गरिदिए हामीलाई झन क्या बात भन्दै ति भुक्त भोगी को लर्को लिएर अदालत जान र ति ठगहरुलाई त्यही अदालत बाटै सिधै जेल तिर लैजाँदै गरेको द्रिस्य हेर्न मन छ र यस पछी कुनै ठगले अमेरिकामा बसेर ठगी गर्न हिम्मत नगर्ने परिस्थिती हेर्न मन छ ।
६ - ति रुवाबासी गर्ने र अनिल खनाल र राम प्रसाद खनालले शुरु गरेको जन चेतना अभियान ले आजित अपरिपक्व एजेन्टहरुलाई अझ अर्को चुनौती दिन मन लाग्यो - तिम्रा मुख्य एजेन्टलाई सोध । शुरुमा हामीले नै इन्स्योरेन्स पोलिसी किनेका थियौँ उनी सँग, पछी जब जब पोलिसिका बारेमा प्रश्न गर्न थालियो, तिमीहरुका मुख्य एजेन्ट किन भागी रहे ?? फोन गर्दा ईमेल गर्दा जबाफ नदिने, टेक्स गर्दा जबाफ नदिने, भ्वाइस मेल गर्दा जबाफ नफर्काउने, भेट भयो भने भागी हाल्ने किन गरेका तिनिहरुले ?? एक बर्ष भन्दा बढी कती पर्खिने जबाफका लागि ?? प्रमाण छन हेर्न आउ । हिम्मत छ ?? एजेन्टले ग्राहक बनाए पछी ग्राहक सँग भाग्ने किन ?? जबाफ दिन किन अलमल ?? जबाफ फर्काउन, इन्स्योरेन्सको बारे व्याख्या गर्न किन असमर्थ भएका ?? कृपया एक पटक यो प्रश्न सोधी हेरत उनै मुख्य एजेन्ट सँग होकी होइन भनेर !
७ - कृपया तर्साउने दुस्साहस नगर बरु नियम कानून फेस गर्न तिमीहरु तयार होउ । हामी नियम कानून फेस गर्न तयार भएरै जन चेतनाको अभियान मा सामेल भएका हौँ । एक सय भन्दा बढी ग्राहक र तिमीहरुले झुक्काएर एजेन्ट बनाएका पीडितहरु समेत तिमीहरुलाई सबक सिकाउन सप्रमाण पूर्ण तयार छौं । चेतना भया ।
८ - हाम्रो यो अभियान इन्स्योरेन्स ठगी हुन नदिने र भैरहेको ठगीलाई रोक्ने मात्र हो । हाम्रो कोही कसै सँग कुनै रिस द्वेस छैन र हुने पनि छैन तर गलत काम गर्ने लाई सारा समुदायका अगाडि नाँगेझार नपारी यो अभियान रोकीने छैन । सभ्य ढंगले प्रतिकृया लेखौँ । बदम्नाशी गर्ने लाई अगाडि ल्याउँ तर अनुशासन मर्यादा सभ्यता लाई ख्याल गर्न अनुरोध छ । राम्रा इन्स्योरेन्स कम्पनी र त्यहा कार्यरत परिपक्व, राम्रा इन्स्योरेन्स एजेन्टहरु प्रती हाम्रो सधैं सम्मान छ । उनिहरुमा कुनै भ्रम नपरोस । हाम्रो निशाना ठगी गर्ने तिर मात्र हो ।
९ - नेपाली र भुटानी मुलका नेपाली बाहेक यि एजेन्टहरुले कुनै एक जना अमेरिकन लाई उनिहरुको इन्योरेन्स बेच्न किन नसकेका ?? जबाफ छ ?
१० - अझै पनि हामी सँयमता अपनाएर त्यस्ता एजेन्टहरुको नाम र प्रमाण पुरै सार्वजनिक गरिसकेका छैनौँ । उनिहरु परिवर्तन होउन, आफ्नो कमिशन मात्र नहेरुन । नराम्रो प्रोडक्ट र सम्पना मात्र नबेचुन । ग्राहकको हितलाई पनि ख्याल गरुन, सच्चिउन । हामी लाई त ठगे ठगे अरुलाई नठगुन भनेर धैर्यताको सीमा कायम राखेका छौं । हेर्दैछौं हरकत । अब स प्रमाण विवरण एजेन्टहरुको नाली बेली प्रकाशन र कानुनी उपचार तिर पनि अबस्य पछी परिने छैन । आगे उनिहरुकै जो मर्जी ।
- www.nepalmother.com
********************************

यहाँ बाट शुरु भएको थियो हाम्रो जन चेतना जगाउने अभियान ! 
* इन्स्योरेन्स बिशेषज्ञ अनिल खनाल भन्नुहुन्छ - "अमेरिकामा इन्स्योरेन्सका नाममा यसरी ठगिन्छन नेपाली, नेपाली एजेन्टबाटै ! लाइफ इन्स्योरेन्स एजेन्टहरूले 100 प्रतिशत सम्म कमिशन खाएर घटिया इन्स्योरेन्स भिडाउछन् !"
* नेपाली समुदायलाई ठगीन बाट सचेत गराउने अभियान भाग - १, हाम्रो यो अभियान क्रमश जारी रहनेछ । तपाईंलाई लागेका कुरा अनुभब पनि शेयर गर्दै गर्नुहोला ।
* इन्स्योरेन्स बिशेषज्ञ अनिल खनाल सँग तपाईंलाई लागेका कुरा, जिज्ञासा वा प्रश्न भए वहाँ सँग सोध्न सक्नुहुन्छ वहाँको फोन नम्बर हो - 703-789-2307, Face Book मा अनिल खनाल https://www.facebook.com/anil.khanal2010
, Email - anil.khanal@yahoo.com ,
visit www.nepalmother.com too.
**************************************
Updated.......
02/12/2016
हिजो साँझ इन्स्योरेन्सको बिषयमा हामीले इन्स्योरेन्स बिशेषज्ञ अनिल खनाल जी सँग गरेको कुराकानी पछी हजारौँले यो कुराकानी हेरेर, लाइक गरेर, कम्मेन्ट गरेर, शेयर गरेर इन्स्योरेन्सको बारेमा समाजमा नयाँ तरँग उत्पन्न गराइदिनु भएको छ । हाम्रो उद्देस्य पनि के हो भने नराम्रो प्रोडक्टमा कोही नफसुन, नठगीउन, एजेन्टले पनि आफ्नो स्वार्थ र कमिशन मात्र नहेरेर Client लाई पनि फाईदा पुग्ने काम गरुन भन्ने मात्र हो । समाजमा बस्ने हरेकलाई फाईदा पुगोस भनेर यो अभियान शुरु गरिएको हो । कसै सँग रिस द्वेस भएर वा कसैलाई बिगार्न वा कसैलाई सपार्न यो अभियान शुरु गरिएको होइन । कुनै कम्पनीको बिरोध वा कुनै कम्पनीको समर्थन पनि हाम्रो लक्ष हुँदै होइन । चेतना आओस । हरेक Client ले हेरेर बुझेर इन्स्योरेन्स लिउन, नराम्रो प्रोडक्ट मा नफसुन, एजेन्ट पनि जिम्मेवार बनुन हाम्रो भन्नु मात्र त्यत्ती हो ।
अनिल खनाल जी को भनाइ सँग कसैको असहमती छ भने वहाँ सँग आफै कुरा गर्न सक्नुहुन्छ । हामीले अनिलजी सँग कुरा गरेर वहाँ को भनाइ राखेका हौँ । त्यसैले हामीले वहाँको फोन ईमेल सबै इन्फर्मेशन दिएका छौं माथि नै । तर हजारौंं ले यो कुरा मन पराए पनि ७ -८ जना एजेन्ट मित्रहरुलाई पटक्कै मन परेनछ । वहाँहरुले अनिल खनाल जी को भनाइ गलत भनेर भन्दै हुनुहुन्छ । केहीले त मज्जाले गाली गर्न समेत भ्याउनुभएछ वहाँ हरुलाई बिशेष धन्यवाद । नभुल्नुहोला म आफै पनि यस बाट ठगीइसकेको भुक्तभोगी हुँं । सभ्य भाषामा हामीले यो अभियान जारी राख्ने छौं जनचेतना जगाउन । 99.9 प्रतिशतले सहि भनेर हामीलाई फिडब्याक दिइरहनु भएको छ । सबैलाई आ आफ्नो तर्क र बिस्लेशणका लागि धन्यवाद ।
१२ घण्टा भित्र, मलाई जबरजस्ती एजेन्ट बनाइयो, मेरो फोटो दुरुपयोग गरिएको छ म पनि मेरा कुरा राख्छु भन्दै आफु पनि पीडित भएको बताउने देखी मलाई बर्षको 13% आम्दानी हुन्छ भन्दै झुक्काएर साइन गराए म पनि ठगिएँ के गर्ने होला ? भन्दै गुहार खोज्ने हरुको आवाज पनि आइसकेको छ, हामी बिस्तारै ति आवाज पनि सार्वजनिक गर्ने छौं आबस्यक परेमा ! प्रतिक्षा गर्नुस ।
गाली गलौज र असभ्य भाषा प्रयोग गर्ने दुई जना 120% कमिशन खाने वाला एजेन्टको भनाइ डिलिट गरिएको छ । सभ्य भाषामा अाफ्ना भनाइ राख्ने हरेकलाई स्वागत गरिएको छ । आउनुस स्वस्थ बहस गरौँ । यथार्थ कुरा जनमानसमा पुर्याउँ, यो पनि धर्म हो । महायज्ञ हो मलाई त्यस्तो लाग्छ ।
***********************************************
सहि एजेन्ट, सहि इन्स्योरेन्स र राम्रा प्रोडक्ट बेच्ने हरेकलाई स्वागत छ आउनुस गलत के हो सहि के हो तपाईंले छातीमा हात राखेर आफुले जानेको कुरा बताइदिनुस हामी Client हरुलाई । हामी धन्य हुने छौं ।
*****************************
हामी नेपाल बाट अमेरिका आएका छौं । यहाँ काम गरेर खान पाईन्छ रोजगारीको कुनै समस्या छैन । कृपया कोही पनि गलत बाटो मा नजाउँ । ५ बर्ष पछी , १० बर्ष पछी बाटोमा भेट्दा हाँसेर राम्रो सँग बोल्न पाइयोस । हार्दिकता होस । त्यस्तो व्यबहार गर्न पाइयोस नकी फलानाले मलाई डुबाएको हो भनेर Client हिंड्ने, एजेन्ट टाउको लुकाएर भाग्नुपर्ने दिन नआवोस । सबैलाई चेतना भया ।
*********************************************************
जो जो साथीहरु एजेन्ट बनेर त्यस्ता आफूलाई कमिशन धेरै आउने तर Client मर्ने प्रोडक्ट बेच्नुहुन्छ, त्यस्ता कम्पनिमा काम गर्नुहुन्छ । जानेर वा नजानेर त्यो पाप गर्दै हुनुहुन्छ, त्यस्ता मित्रहरु कृपया मेरो वाल र स्टाटस फोहोर पार्न नआउनुहोला बिन्ती छ । यस भन्दा माथि त्यस्ता प्रोडक्ट बेच्ने केही एजेन्ट मित्र हरु चोर भन्नु भन्दा पहिला चोरले खुट्टा ताने झै खुट्टा तान्दै हुनुहुन्छ । साबधान ! पर्दा खुल्दै छ । पर्खनोस केही समय ।
सबै इन्स्योरेन्स गलत हुँदैनन र सबै एजेन्ट पनि गलत हुँदैनन । सहि एजेन्ट सहि इन्स्योरेन्स र राम्रा प्रोडक्ट बेच्ने हरेकलाई स्वागत छ । काम गरेर खानु पर्छ, खान पाउनुपर्छ, तर ठगी गर्न कदापी पाइँदैन । मैले भनिसकेको छु म आफै ठगिएको छु प्रमाण छ । मलाई इन्स्योरेन्स बेच्ने एजेन्ट एक बर्ष सम्म फोन, ईमेल, टेक्स र भोइस मेल मा जबाफ दिन असमर्थ किन भएको हो ?? सबै कुरा एकै चोटि किन खोलौँ भनेर मात्र सँयमता अपनाएको हुँँ बिस्तारै खुल्दै जाने नै छ ।
पर्दे मे रहेने दो पर्दा न उठाओ
पर्दा जो उठ्गयातो फिर खुल जायगा .....
भन्ने गीत ति आफ्नो मात्र कमिशन हेर्ने र Client मर्ने प्रोडक्ट बेच्ने साथीहरु याद दिलाउन चाहन्छु । हिम्मत छ भने म सँग आउनोस प्रमाण हेर्न । एजेन्ट को कर्म के हो ?? धर्म केहो ?? केबल आफ्नो कमिशन मात्र हेर्ने हो ?? Client को पक्ष बाट हेर्न पनि म चुनौती दिन्छु किन कि म Client हुँँ ।
*****************************************************
मलाई थाहा छ आफूलाई कमिशन धेरै आउने तर Client मर्ने प्रोडक्ट बेच्ने मित्र हरु यो भिडियो हेरेर म सँग अनिल जी सँग आगो हुनुहुने छ । हामी माथि खनिनुहुने छ । तर केही समय भित्रै वहाँ हरुले मनन गर्नुहुने छ । केही २०-२२ बर्से केही नबुझी त्यता लागेका ठिटा ठिटी देखी परिपक्व भएका सम्मले पनि एक दिन पक्कै यो रियलाइज गर्नुहुने छ । यती कुरा म दाबिका साथ भन्छु । सत्य कुरा तितो हुन्छ ।
***********************************
कृपया सबै सँग एउटा अनुरोध : यो कसैका बिपक्षमा वा कसैका पक्षमा चलाईएको बहस वा कसैलाई बिगार्न वा कसैलाई सपार्न गरिएको पहल पनि होइन । यथार्थ कुरा राखेर आँखा खुलाउन गरिएको एउटा सत्प्रयास हो । मनन गर्ने सबैलाई यसले लाभ दिने छ । अती भए पछी पर्दा खुलाउन थालिएको मात्र हो सम्बन्धितहरुले बुझुन ।

https://www.facebook.com/rpkhanal/posts/10207483295013769

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक