20160307

म पनि यस बिमा ठगी प्रकरण को पीडित मध्येको एक पात्र, म त फंसे, अरु पनि फंसेको टुलुटुलु हेरौं ?

अझ उनिले त विमाको समाचार ल्याउने तथा अरु  पि एफ ए बिरुद्द लाग्नेहरु लाई समेत कार्बाही तथा डिपोट हुने सम्मको धम्की दिन भ्याइन ।
- सन्तोष के.सी.
मेरो धैर्यताले अब सिमा नाघ्यो । अन्याय गर्ने भन्दा अन्याय सहनु ठुलो पाप भन्छन । मैले पनि लेख्नुनै पर्ने भयो । प्रसङ्ग अमेरिका को बिमा प्रकरण । मलाई राम्ररी थाहा छ कि विमा आफैमा नराम्रो हुँदैन । न त सबै विमा
कम्पनी नै ठगी म सङ्लग्न छन । यहाँ सन्दर्भ कुनै एक कम्पनी बिशेस तथा सोही कम्पनी को पनि खास पोलिसी (प्रडक्ट) का कारण समग्र विमा कम्पनि, पोलिसी तथा विमा एजेन्ट हरु प्रती केहि नकरात्मक भावना समेत सिर्जना हुन सक्छन जस्को निम्ती बहस हुन जरुरी छ र हुनु पनि पर्छ । एस प्रकरण ले अमेरिकि नेपाली समाज मा आफु ले लिएका विमा पोलिसी का बारेमा सुसुचित हुने मौका समेत प्रदान भएको छ । चाहे ति सही ढङ्ग वाट चलेका विमा कम्पनी हुन वा झुठा प्रलोभन तथा तथ्याङ्क देखाइ नेपाली दाजुभाइ नै ठग्न उद्दत बेइमानी दलाल सङ्लग्न रहेको पि एफ ए ( नेसनल लाईफ ग्रुप्) होस । म पनि यस बिमा ठगी प्रकरण को पीडित मध्यको एक पात्र त्यो पनि आफ्नो सबै भन्दा नजिक को मित्र वाट । अबत मित्र पनि मानौ या नमानौ ।
जसरी मेरा मित्र ले मलाई पोलिसी लिन लगाऊनु भो त्यस्कोत कुरै नगरौ । जब उहा ले लाईसेन्स लिने तयारी मा हुनुहुन्थ्यो उहा भन्दा माथिका महा- एजेन्ट सहित मलाई उहाको घर मै बोलाईयो अनि प्रवचन सुनाइयो, ल्यापटप
बाट स्लाईड सो मार्फत यती सुन्दर कुरा देखाइयो र सुनाइयो कि! मेरो उमेर ६५ को हुँदा उक्त समय सम्म मैले तिरेको रकम ($५४०००) १३% सम्म को ब्याज सहित फिर्ता पाइने, तत पश्चात पनि पोलिसी आफै स्वत निरन्तरता भैरहने साथै अन्त्य मा डेथ बेनिफिट पनि प्राप्त हुने, बैंक मा जम्मा गरिने बचत रकम बैंक को मा राख्नु को साटो
त्यस्मा नै लगाउदा १३% सम्म ब्याज पाइने र चाहेको बेलामा सम्पूर्ण बचत रकम फिर्ता लिन मिल्ने आदी आदी। यस्ता यस्ता प्रलोभन भन्दानी घनिस्ट मित्र भएका कारण लाइसेन्स लिय पछी मेरो लागि उत्तम र मैले तिर्न सक्ने खाल को एउटा प्रडक्ट लिन्छु नि भन्न वाध्य भए । त्यसको केही हप्ता पछी जब म CVS Pharmacy मा काम सकी स्टोर बन्द गरेर रातीको १०:०० बजे बाहिर निस्किए स्टोर बाहिर कुरेर बस्नु भएका मेरा मित्रका जोडी बिमा आबेदन फारम मा दस्तखत गराउन तयारी अवस्थामा बस्नुभएको रहेछ। म आस्चर्य मा मात्र परिन कि अलिकती रिसाये पनि शायद म रिसाएको जस्तो लागेछ क्यार बिदाको दिन पारेर आउछु भन्दै फर्कनु भो। सोही अनुरुप june २५ २०१२ आईतवार का दिन मेरा मित्र मेरो कोठामा आउनु भयो अनी मेरो जीवन विमा गराउनु भयो र म PFA को ग्राहक बन्न पुगे।
जब बिमा ठगी प्रकरण यु ट्युब बाट प्रसारण भयो सो समाचार को हल्ला मैले पनि सुने तर त्यती ध्यान दिइन । मेरी श्रीमतिले सो समाचार राम्ररी सुनिछन तर मैले लिएको बिमा कम्पनिको बारेमा राम्रो जानकारी नभएको कारण मात्र बिमा ठगी समाचार आएको सुनाइन । त्यती हुँदा सम्मनी मैले ध्यान दिएको थिइन । त्यस्तै सायद १ हप्ता पछी मेरी श्रीमती ले मेरा मित्र कि श्रीमती सँग कुराकानीकै क्रममा समाचारमा आएको बिमा प्रकरणका बारेमा कुरा गर्दा ‘व्यक्तिगत रिस र इगो का कारण राम प्रसाद खनाल ले समाचार सम्प्रेसण गरेको’ भन्ने कुरा जब सुनिछन तब मलाई जानाकारी गराइन । त्यस पछी भने म पनि झासङ्ग बने र राम्रो सँग उक्त्त समाचार सुने । जब थाहा भयोकी सो प्रकरण मैले नै लिएको बिमा कम्पनी पि एफ ए भन्ने तब आफ्नो पोलिसी पल्टाएर हेरे । उक्त्त पोलिसीमा मैले मेरो उमेर १२० वर्श हुँदा सम्म प्रती महिना $१२५ का दर ले तिर्नु पर्ने रहेछ । तत पस्चात अझ बढी जानाकारी लिन मैले कस्टमर सर्भिस मा फोन गरे र पोलिसी क्यन्सिल का बिसय मा कुरा गरे । साथै अबको बाटो र के गर्दा उपयुक्त्त हुन्छ,के कती फिर्ता प्राप्त हुन्छ, कस्ता कभरेज मेरो पोलिसी मा छन र यस प्रकरण को यथार्थका बारेमा जान्नका लागि मेरो मित्र लाई घर मै बोलाए उहा सँग पोलिसी लिएका अरु २ जना साथी सहित । उहा मेरो घर मा आउनु त भयो तर पोलिसी को डिटेल्स दिने सफ्टवएर जुन बिमा लिनुपूर्व कस्टमर्स लाई देखाइन्छ त्यो ल्याउनु भएन । हामी तीन ब्यक्त्ती जो उहा बाट बिमा लिएका थियौ यस प्रकरण बारेमा र आफ्ना पोलिसी का बारेमा जानकारी का लागि आनुरोध गर्यौ ।
साथै मैले आफ्नो बिमा २०१२ को जुन देखी १२५ डलर प्रती महिना को दर ले हाल सम्म ५७५० डलर तिरेको थिए, कहिले सम्म तिर्ने,अनी जब म ६५ वर्स को हुन्छु तेतिबेला कती फिर्ता हुन्छ ,मेरो पोलिसी क्यन्सिल गर्दा के
हुन्छ, अथवा अरु केहि उपाय छन ? भनेर गरेको प्रश्न को जवाफ एस्तो पाए कि म चकित परे ।उनको उत्तर बाट म अवाक बने ।उनले मलाई एस्तो जवाफ दिएकी एदी मैले अतिरिक्त्त रकम जम्मा नगरेमा मैले तिर्दै आएको १२५ डलर प्रती महिना को रकम कत्ती पनि फिर्ता नपाउने तथा सिमित समय पस्चात (१५-१८ वर्स पछि) मेरो पोलिसी नै कोल्याप्स भएर जाने कुरा मेरो पोलिसी बूक हेरेर वताए ।साथै पि एफ ए बाहेक अरु कुनै बिमा कम्पनी एत्तिकै कभरेज्,सस्तो र एत्तिकै राम्रो बिमा पोलिसी ल्याएर देखाउन समेत चुनौती दिन भ्याए । यती सम्मकी मैले मेरो एजेन्ट मेरा मित्र हुन वा उनकी श्रीमती हुन छुट्टाउन समेत सकिन । अझ उनिले त विमाको समाचार यु ट्युबमा ल्याउने तथा अरु जो पि एफ ए बिरुद्द लाग्ने हरु लाई समेत कार्बाही तथा डिपोट हुने सम्मको धम्की दिन भ्याइन । त्यती सुनी सकेपछी म न केहि बोल्न सके न त प्रतिबाद नै गरे मात्र त्यस को निदान तथा अब के गर्दा उपयुक्त्त हुन्छ ? भन्ने प्रश्न गरे किनकी मलाई राम्ररी थाहा थियो कि मैले मैले जती पैसा लगानी गरे पनि त्यस बाट हुने रिटन्स डेथ बेनिफिट बाहेक केहि थिएन । तब उनले मलाई थप उपाय सुझाए की पोलिसी क्यन्शिल नगर्नु बरु अरु ८-१० हजार डलर बढी लगानी पोलिसी मा गर्नुस या दुइलाख को पोलिसी एक लाख मा घटाउनुस या पोलिसी ट्रान्स्फर गरी अरु सस्तो पोलिसी आफ्नै कम्पनी वा अरु कुनै अर्को कम्पनी मा सार्दा हाल सम्म तिरेको रकम सुरक्षित राख्नुस भन्ने सुझाब दिन सम्म भ्याए ।
तेती हुँदा सम्म पनि मैले खासै प्रतिबाद गरिन्, मात्र एती भने कि दुइ लाख को डेथ बेनिफिट कै १२५ डलर प्रती महिना किन तिर्ने जबकी बजार मा सजिलै १५-२० डलर मै मिलियन डलर सम्म का डेथ बेनिफिट बिमा पाइन्छन
। जब पैसा फिर्ता आउन्न भने अझ बढी लगानी किन गर्ने ? तत पस्चात मैले पोलिसी रद्ध गर्नु नै उपयुक्त हुने सन्केत गरे । म के गर्ने, कसो गर्ने,के भन्ने, के नभन्ने, कुनै कुरा सोच्न सकिरहेको थिईन । अर्को दिन फेरी कस्टमर सर्भिस मा फोन गरी मैले तिर्ने रकम्, प्राप्त हुने बेनिफिट तथा फिर्ता हुने रकम को बार्सिक बिबर्ण मगाए । सो बिबर्ण प्राप्त गरे पछी एजेन्ट्ले दियको कोरा बिबर्ण सँग जुदाइ हेरे जुन कुरा एक दमै फरक थियो जसरि हामी लाई फिर्ता आउने रकम ब्याज लगाएत अरु बेनिफिट दिईइन्छ भनिइको थियो ति सबै गलत रहेछन एती सम्म कि एत्रो हल्ला का बाबजुत र हामिले गुमाउने रकम बिबर्ण को समेत जानकारी पछी उनले दियका सुझाब जुन मैले माथि उल्लेख गरेको छु ति समेत गलत तथा हुनै नसक्ने उपाय बताउन पछी परेनन । दुइ लाख को पोलिसी एक लाख मा झारे पनि, तेही कम्पनी मा कुनै अर्को फरक पोलिसी लिय पनि, अर्को कम्पनी मा सारेपनी आखिर हुने भनेकै हालको पोलिसी पूर्ण रुप मा रद्ध गरी ३६५ डलर फिर्ता हुने तथा अर्को नयाँ पोलिसी आजको मिती देखी सुरु हुने रहेछ नकी उन्ले भनेजस्तो मेरो हाल सम्म तिरेको ५,७५० डलर सुरक्षित हुने रहेछ ।
एती ठुलो क्षति पस्चात पनि यस्ता गलत र बेबुनियाद सल्लाह सुझाब दिने ? यदी १५-१८ बर्स पछी मेरो बिमा पोलिसी लाई निरन्तरता दिन (रन हुन) सक्दैन भन्ने थाहा हुँदा हुँदै बिमा लिन लगाइयो ? किन बिमा लिदा मेरो उमेर ६५ बर्स को हुँदा तिरेको सबै रकम फिर्ता आउछ र पोलिसी आफै रन हुन्छ भनियो ? किन पोलिसी बाराबर को आतिरिक्त रकम राख्दा ६५ बर्स मा जम्मा भएको दोब्बर पैसा १३% ब्याज सहित फिर्ताआउछ भनियो ? जबकी हाल सो ब्याज ५% भन्दा पनि कम छ । किन १० बर्स पछी पोलिसी रद्द गर्न चाहेमा सेवा सुल्क पनि नलागि तिरेको समपुर्ण रकम फिर्ता आउछ भनियो ? के यहाँ सँग यि कुरा हरुको जवाफ छ ? के एही हो एउटा मित्र ले गर्ने व्यबहार ? के एही हो धर्म ? के एही हो इज्जत, सत्कर्म ? के पैसा नै सबै थोक हो ? एदी मेरो ठाउँ मा तपाईं र तपाईं को ठाउँ मा म भएको भय के सम्म गर्नु हुन्थ्यो भन्ने कुरा त म कल्पना गर्न पनि सक्दिन् !
मलाई राम्ररी थाहा छ कि हरेक ब्यक्ती का कमी कम्जोरी हुन्छन । केहि कम्जोरी मेरा पनि भय होलान केहि तपाईंका । कती दुख आसुले त कती सुख खुशी ले साटियो होला, कती आरोह अबरोह सङ्गै पार गरियो होला, कती यात्रा सङ्गै गरियो होला, मित्रता मा न त घट्बड न त मोलमोलाई नै हुन्छ, तर ति सबै कुरा तपाईं ले नै आखा चिम्ली लत्याउनु भयो । यि सबै का बाबाजुत पनि म मौन बसे, घोत्लिए,छट्पटाए । के यि सब मेरा मित्रले जानाजान गरे ? वा अन्जानमा ? हुन त अन्जान मा भन्ने ठाउँ त छैन किनकी उनि बिमा लाईसेन्स प्राप्त ब्यक्ती हुन । तर पनि म आफ्नो गुमेको रकम भन्दा नि साथी नै ठुलो हो भन्ने निस्कर्स मा पुगे । हरेक सुख दुख राम्रा नराम्रा खुशी पिडा एक आपस मा साटासाट हुने साथी ले तेत्रो बिमा ठगी प्रकरण का समाचार का बारेमा थाहा हुँदा हुँदै पनि न त भन्ने चेस्टा गर्नुभयो ? न त भन्न उचित ठान्नुभो । अरु २ पीडित साथी सहित घरमै बोलाय ताकी हामी लाई सान्त्वना देलान अनि मिलेर नै समाधान को बाटो खोज्न प्रेरित गर्लान्, त्यो पनि भएन आझै उल्टै चुनौती दिन पछी परेनन । तेस पछी पनि २ हप्ता कुरे ता कि आफ्नो गल्ती को महसुस गर्लान्, तेही बिमा कम्पनिको झुटो वकालत गर्न छाड्लान त्यो पनि भएन! यती सम्म कि आझै पनि सोही कम्पनी पि एफ ए (नेसनल लाईफ ग्रुप्) कै सोही प्रडक्ट जुन मा म लगाएत कैयौ नेपाली ठगिइसकेका छन तेही प्रडक्ट अरु साथिहरु (जो हामी सङ्गै काम गर्नु हुन्छ)लाई समेत लिनका निम्ती प्रस्ताब गर्दै हिडेका तथा बिमा प्रकरण झुटो र बेबुनियाद भनेर वकालत गरेको सुन्दा मेरो धर्यताको बाध टुट्यो । मैले त ५,३८५ डलर रकम गुमाइनै सके अझ भनम ठगिइनै सके भने के अब म अरु पनि तेही खाडल मा फसिएको वा ठगिएको टुलुटुलु हेरेर बसौ ?- https://www.facebook.com/santoskc.kc

Please visit these all news links about this insurance scandal

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक